पोखरा:     पोखरा महानगरपालिकालाई ‘स्वच्छ शहरः हरित सहर’ को रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।  वन विज्ञान अध्य...

पोखरा:    नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गर्दै ५९ औं स्थापना दिवस मनाएको छ । महासंघ कास्कीले पत्रकार गंगाधर पराजुलीलाई २०७९ र राजु भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो । शुक्रबार पत्रकार महासंघको सभाहलमा भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।   पत्रकार गंगाधर पराजुलीलाई नगद ५० हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । भने, भण्डारी परिवारलाई पत्रकार महासंघको संस्थागत विकासमा टेवा पु¥याएकाले दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको हो ।   स्थापना दिवसकै अवसरमा पत्रकार महासंघ कास्कीले ‘पत्रकारितामा देखिएको संकट र समाधानका उपायहरु’ विषयमा संवाद पनि गरेको थियो । संवाद कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी रहेको बताउनुभएको थियो । ‘स्वतन्त्रता र छाडातन्त्र भनेको के हो भनेर मुलधारमा काम गर्ने पत्रकारहरुले अन्यलाई बुझाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भन्ने आम जनतालाई बुझाउन सकिएको छैन् । यो पत्रकार र सरकारका लागि चूनौति हो ।’ यो भ्रम चिर्नका लागि साझा प्रयासको जरुरी रहेको उहाँले बताउनुभयो । सोही अवसर गण्डकी प्रदेश सरकाले सञ्चारको क्षेत्रमा धेरै काम गरिहेको सुनाउनुभयो । ‘हामीले आमसञ्चार विधेयक पारित गरिसकेका छौं । त्यसमा प्रेस रजिष्टारको कार्यालय पनि छ,’ उहाँले भन्नुभयो, ‘यो कार्यान्वयनमा गएपछि सरकारको खासै आवश्यकता पर्दैन् । पत्रकारिताका लागि जे गर्नुपर्छ विधेयकमा परिकल्पना गरिएको काम प्रेस रजिष्टार कार्यालयले नै गर्छ ।’ यो बाहेक पनि सरकारले गर्नुपर्ने काम गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम बनाउने क्रममा पनि पत्रकार महासंघ कास्कीसँग सहकार्य गरिरहेको उहाँले सुनाउनुभयो । ‘छलफलपछि लोक कल्याणकारी विज्ञापनमा पहिला भएकोमा ५० प्रतिशत वृद्धि गरेको छु । पत्रकारको स्वास्थ्य विमा हुनुपर्छ भनेर त्यो कार्यक्रम पनि ल्याएको हो,’ उहाँले भन्नुभयो, पत्रकारहरुका लागि फेलोसिप दिने भनेर २० लाख पनि छुट्याएको छु । आगामी दिन आर्थिक अवस्था हेरेर नीति कार्यक्रम बनाउँला ।’ कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष बद्रीविनोद प्रतिकले पत्रकारितामा देखिएको समस्या र चूनौति समाधानका लागि पत्रकारहरु नै जागरुक हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकार सरकारको स्थायी प्रतिपक्ष रहेकोले सोही अनुसार कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारिता बौद्धिक पेश भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले आफूहरु पत्रकारहरुको हकहितका पक्षमा काम गरिरहेको बताउनुभयो । काम गर्ने समयमा केही कमजोरी भए आगामी दिनमा सच्याउँदै अघि बढ्ने उहाँले सुनाउनुभयो । कार्यक्रममा सम्मानित गंगाधर पराजुलीले पुरस्कारले पत्रकारिता क्षेत्रमा कमल चलाउन हौसल बढेको बताउनुभयो । ‘म केही समय अघिसम्म सक्रिय रुपमा पत्रकारितामा थिए । पछिल्लो समय केही निस्क्रिय जस्तै थिरु,’ उहाँले भन्नुभयो, ‘यो पुरस्कारले यही क्षेत्रमा रहिरहनुपर्छ भनेर हौसला मिलेको छ ।’ सम्मानित व्याक्ति राजु भण्डारीले संस्थागत रुपमा गरिएको सम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताउनुभयो । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना दिदैं पत्रकार महासंघका सदस्यहरुलाई परेको समस्यामा सधैं साथमा रहेको बताउनुभयो । महासंघ कास्कीमा आएका लिखित तथा मौखिक उजुरीका साथै जानकारी भएसम्ममा समस्या समाधानका लागि पत्रकार महासंघ कास्कीले कुनैपनि कसर बाँकी नराखी काम गरेको सुनाउनुभयो । समस्या र चूनौतिका बिचमा पनि धेरै काम गरिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपालका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, संसदीय पत्रकार महासंघ गण्डकीका अध्यक्ष भरत कोइराला, नेकपा एमाले कास्कीका सचिव दर्शन लामालगायतले पत्रकारिता क्षेत्रको चूनौति समाधानका लागि पत्रकार नै सक्रिय र जिम्मेवार हुनेपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक कोमलनाथ बरालले सम्मानति व्याक्तिहरुको बारेमा परिचय दिनुभएको थियो । महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव माधव बरालले गर्नुभएको थियो ।

पोखरा:    सेती नदीमा हाम फालेर बेपत्ता भएका पोखरा–१६का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो ड्याम खोलिने भएको छ ।  गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोला नभेटिएिपछि कास्की प्रहरीले भोलि (बिहीबार) ड्याम खोलेर खोज्ने तयारी गरेको हो ।  पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।  पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम भोलि (बिहीबार)खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने प्रहरी निरीक्षक रानाले बताए ।  गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलालाई प्रहरीले परिवारको आग्रहपछि फागुन २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो ।  बास्तोलाको परिवारले पुनः दोस्रो ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:     पोखराको सहारा क्लबले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटबल एकेडेमीमा थप १७ जना बालकलाई व्यवस्थापन गर्ने भएको छ । पोखरा १७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौंथो ब्याजको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लबले जनाएको छ ।  एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लबले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्य बुवा वा आमा गुमाएको वा दुवै गुमाएको, बुबाआमा अपांगता भएको, प्रशिक्षार्थी बालक २०८० चैत मसान्तरमा १० वर्ष पूरा भएर १२ वर्ष ननाघेको, जन्म मितिः २०७० बैशाख देखि चैत्र सम्म जन्म भएको तथा कक्षा ५ वा ६ उत्तिर्ण गरेको हुनुपर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।  शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त भएको, नजिकको नातेदार वा बालक आश्रित संघ संस्थाको आवेदन, बालकको बुवाआमाको वा नजिकको नातेदारकी नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय निकायको सिफारिसको सक्कल, जन्मदर्ताको प्रमाणपत्र (हस्पिटलको जन्म दर्ता समेत), सम्बन्धित बालकको चलअचल सम्पत्ति भए सोको निस्साको फोटोकपी, बालकको हालसालै खिचेको फोटो २ थान सहित आवेदन फाराम यही चैत मसान्तर भित्र बुझाउनु पर्ने क्लवले जनाएको छ । सहारा एकेडेमीमा हाल ७ जिल्लाका १३ जना बालकहरु रहनु भएको छ । 

पोखरा:     सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले मैत्रीपूर्ण अवलोकन भ्रमण गरेको छ । नुवकोट जिल्लाको नुवाकोट दरवार, ऐतिासिक धार्मिक स्थल देवि घाट, वनदेवि मन्दिर, जिल्ला प्रहरी कार्यालय रसुवा, धुन्चे, नेपाल चीनको सिमाना रसुवागढीका महत्वपूर्ण ठाउँहरुको अवलोकन गरिएको थियो ।  केन्द्रले हरेक वर्ष गरेका कार्यक्रमको अनुभव आदानप्रदान र त्यस क्षेत्रमा रहेका सामुदायिक र प्रहरी कार्यालयका गतिविधि वारे जानकारी लिने उद्देश्यले अवालोकन भ्रमण गर्दै आएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । ‘विशेष गरी ती जिल्लामा भएका सामुदायिक सेवा केन्द्रका बारेमा जानकारी लिइ अनुभव साटासट गर्ने उद्देश्यले अवलोकन भ्रमण रहेको थियो’ अध्यक्ष अधिकारीले भने, ‘धेरै जिल्लामा सामुदायिक सेवा केन्द्र गठन हुन नसेको भएका पनि सक्रियता नभएकाले सामुदायिक सेव केन्द्र स्थापन र सक्रिया बढाउन आवश्यक रहेको छ ।’ त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय रसुवामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सुवाष वुढाथोकीले कास्की जिल्लाम सामुदायिक प्रहरीको सक्रियता अरु जिल्लाले पनि सिको गर्नु पर्ने बताए । ‘कास्की जिल्लामा गठन भएका सामुदायिक प्रहरी सेवाको सक्रियताबारे नजिकबाट नियाल्ने अवसर मिलेको थिएन आज रसुवामा नै आएर त्यहाँको वारेमा जानकारी लिने मौका मिल्यो’ प्रहरी उपरीक्षक बुढाथोकीले भने, ‘समुदायक सँग प्रहरीको समन्वय गर्नका लागि हरेक जिल्लामा सामुदायिक सेवा केन्द्र आवश्यक रहेको छ ।’ रसुवामा सामुदायिक सेवा केन्द्र नरहेको उल्लेख गर्दै उनले समुदायसँग नजिक हुनका लागि प्रत्येक घरमा प्रहरीको महत्वपूर्ण फोन नम्वर सहितको स्टिकर टास्ने अभियान गरिएको जानकारी दिए ।  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले सामुदायिक सेवा केन्द्र वगरले गरेका गतिविधि जानकारी दिए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी पूर्व अध्यक्ष तथा सल्लाहकार जीवन अधिकारीले समुदाय र प्रहरी वीचको समन्वमा समाजका विकृति विसंगती न्यूनिकरण गर्न सहजता हुने बताइन् ।  अवलोक भ्रमणमा ३४ जनाको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण बहादुर तामाङले जानकारी दिए । कार्यक्रमको सहजिकरण प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले गरेका थिए ।    

पोखरा:    पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।  गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक  गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम गर्न,  शिक्षा क्षेत्र सुधारको सुरुवात ९ नम्बर वडाबाट भएको सन्देश  राष्ट्रव्यापी रुपमा दिन आग्रह गरे ।   सामुदायिक विद्यालय प्रदान गरेको शिक्षामा  ९ नं. वडा कार्यालयलले चासो देखाउँदै सरकारी विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलन गरिएको वडा सचिव कुलराज पौडेले जानकारी दिए ।  गोष्ठीमा तिन समूहले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोलविकास संस्था र वडा कार्यालयको भूमिकामा समूहगत छलफल गरी प्रस्तुतिमा आएका सुझावहरूलाई नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न गराउन सहमत भई वडा अध्यक्ष दिपेन्द्र मर्सानी, सदस्यहरू गिता चर्माकार, नन्दराम गिरी, भावना श्रेष्ठ र लक्ष्मी पहारीको रोहवरमा प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । वडा कार्यालयले प्रतिवद्धतालाई कार्यान्वयन गर्न आवश्यक बजेट र लगानी गर्ने घोषणा गरेको छ ।  महेन्द्र माध्यमिक विद्यालय व्यववस्थापन समितिका अध्यक्ष जगतबहादुर खत्री, प्रधानाध्यापक रामदत्त पौडेल, नवप्रभावत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिती पाण्डे, प्रधानाध्यापक मायाकुमारी थापा, सहरा बाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीले ९ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गर्दै नयाँ शैक्षिक २०८१ बाट शैक्षिक गुणस्तर अभिवृद्धि र एकरुपताका लागि सहमति जनाएका हुन् ।  प्रतिवद्धतामा ९ नं. वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा न्यायोचित बजेट विनियोजन गर्ने, अभिभावकलाई वडा शिक्षा समितिमार्फत् अभिभावक शिक्षा सञ्चालन गर्ने, पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, प्रधानाध्यापकहरूले वार्षिक शैक्षिक कार्ययोजना निर्माण गरी लागु गर्ने, कार्यसम्पादनका आधारमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीले कठिन ठानेका विषयमा आवश्यकता अनुसार अतिरिक्त कक्षा सञ्चालन गर्ने, विपन्न विद्यार्थी पहिचान गरी आर्य आर्जनका लागि सिपमुलक र उद्यमशीलता तालिम सञ्चालन गर्ने, अतिरिक्त सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्न शिक्षकको व्यवस्थापन गर्ने, वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई एकरूपताको लागि एकै प्रकारको व्याचको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।  टोलविकास संस्था वडा समन्वय समिति पोखरा ९ को समन्वयमा आयोजित गोष्ठीमा अध्यक्ष उत्तम जोशी, वडा बाल मञ्चकी उपाध्यक्ष परी बस्नेत, महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर खत्री, नवप्रभात माध्यमिक विद्यालयक व्यवस्थापन समितका अध्यक्ष प्रिती पाण्डे, सहारा बाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकाली, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मी, सञ्चारकर्मी सुरेश रानाभाट,  शिक्षक जितबहादुर खनाल, रुपा केसी लगायतका वक्ताले वडाभित्रका ३ वटा सरकारी विद्यालयको सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वडाले गरेको पहल प्रशसनीय रहेको धारणा राखे ।  वडा अध्यक्ष दिपेन्द्र मर्सानीको सभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीमा वडा सदस्य नन्दराम गिरीले स्वागत मन्तव्य राखेका थिए भने वडा सचिव कुलराल पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । 

पोखरा:      बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तीब्र पारिएको छ ।  चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको आइतबार  मुल आयोजक समिति तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । बैठकमा टिकट, स्थानीय पास तथा एक दिने पासको बारेमा छलफल गरिएको छ । यही चैत १५ गतेदेखि स्थानीय पास वितरण गरिने महोत्सव मुल आयोजक समितिका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको तयारी स्वरुप आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ । साथै विभिन्न स्थानमा गेट बनाउने काम भइरहेको छ।त्यसै गरि सार्वजनिक बसमा ब्यानर राखिएको छ। महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।  महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् । कोरोना भाइसरका कारण बीचमा ३ वर्ष रोकिएको महोत्सवलाई गत वर्षदेखि क्लबले निरन्तरता दिएको हो ।यस वर्ष महोत्सवमा करिब ५० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ ।

पोखरा:   रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्युजिक फेष्टिवल–२०८०’ हुने भएको छ ।  पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आइतबार पोखराको लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्युजिक फेष्टिवल गर्न लागेको हो ।  २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्युजिक फेष्टिवल हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने जनाइएको छ ।  प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्युजिक फेष्टिवलमा ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ बोलको गीतका ओरिजिनल सिंगर तथा नेपथ्य व्याण्डका पूर्व भोकलिष्ट गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारहरुले प्रस्तुती दिने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।  कार्यक्रममा देउराली व्याण्डका आनन्द बज्राचार्य, विनोद बानिया, पखेरी व्याण्डका ईन्द्र गुरुङ, उषा गुरुङ, मीलन गुरुङ, प्रिया गुरुङ, ब्रोसिस व्याण्डका प्रकाश राना र रोहनजंग कार्कीले प्रस्तुती दिने उनले बताए । कार्यक्रमको अन्त्यमा डिजे भिटिजे बिजयले डिजेईङको मज्जा चखाउँदै समापन गर्ने कार्यक्रम संयोजक तथा संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । टुबोर्गको मुख्य प्रायोजक र सिग्नेचर सहप्रायोजक रहेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ नेपालले जनाएको छ ।  राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावका कारण अकालमै मृत्युको मुखमा पुग्ने अवस्था अहिलेपनि रहेकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष गुरुङले बताए । उनले कला संगीतको विकास अनि संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्न कार्यक्रमले सघाउने बताए ।  संघका सचिव तथा कार्यक्रम संयोजक भाष्करध्वज श्रेष्ठले फागु पूर्णिमाको दिन रंगसँग संगीत जोडेर होलीलाई विशेष बनाउने प्रयास गरिएको बताए ।  उनले भने,‘पर्वलाई विशेष रुपमा मनाएर रमाइलोसँगै संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा सघाउनु कार्यक्रमको उद्देश्य हो । कलाकारहरु माग्न जान्दैनन् ।  अवस्था जतिसुकै दयनीय भएपनि सहयोगका लागि हात फैलाउँदैनन् । तर अवस्था नाजुक भने हुन्छ त्यसैले ती सबै कलाकारको उपचारका लागि अक्षय कोष र कलाकार कोषको अभिबृद्धि गर्ने कार्यक्रमको उद्देश्य छ ।’  

पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ। मेयर आचार्यकी आमा जमुना आचार्यको मंगलबार निधन भएको हो । मंगलबार बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको मेयरको सचिवालयले जनाएको छ । आचार्यको पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने सचिवालयले जनाएको छ ।