पोखरा: आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयोग गर्ने सम्बन्धमा आइतबार कम्पनीका तर्फबाट अध्यक्ष दीपक बराल र मञ्च अध्यक्ष दीननाथ बरालविच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतावापत कम्पनीले मञ्चलाई ५० हजार रुपैयाँ सहयोग गर्ने छ । काठमाडौको कान्तिपथमा केन्द्रीय कार्यालय रहेको कम्पनीले जलविद्युत् तथा रंगशाला लगायतका आयोजना निर्माण गर्दै आएको छ । रंगशालासम्बन्धी विशेष दक्षता राख्ने कम्पनीले पोखरा र दाङ रंगशाला निर्माण सम्पन्न गरिसकेको छ भने सुर्खेत रंगशाला निर्माण गरिरहेको छ । साथै पोखरा र इलाममा विभिन्न जलविद्युत् आयोजना निर्माार्णाधीन रहेको कम्पनी अध्यक्ष बरालले बताए । यस्तै पोखरा स्पोर्टस् अवार्डलाई पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सो सम्बन्धमा स्पोर्टस् अवार्ड आर्थिक संयोजक एवं मञ्च कोषाध्यक्ष कविता घर्तिमगर र पब्लिक फो के टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षत्रीबीच समझदारीपत्रमा हस्ताक्षर भयो । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ७ विधामा अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहनेछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा।लि।, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा।लि। लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चले अवार्ड अन्र्तगत लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । ७ विधामा वितरण अवार्ड अन्र्तगत , वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चले बैशाख २८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०८० आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहनेछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा ९विष्ट मुस्ताङ गल्फकोर्ष०, लक्ष्मी हाउस प्रा।लि। थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर एण्ड एकेडेमी प्रा।लि।, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा।लि। लगायत सहयोगी रहेका छन् । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
पोखरा: राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा रु।७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिनुभयो । महायज्ञ सञ्चालनका क्रममा रु।२३ लाख ७२ हजार ७२७ खर्च भएको आयोजकले जनाएको छ । महायज्ञमा रु।४६ लाख ३५ हजार ४० बचत भएको छ । सङ्कलित दान रकममा रु।१ लाख ६६ हजार ६६६ बराबरको चेक नसाटिएको आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्र स्थलका रूपमा विकास गर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संसाधनको विकास समेत अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले परम्परागत संस्कार र संस्कृतिको समेत रक्षा गर्नुपर्ने बताउनुभयो । कुनै पनि पशुचौपाय अनुत्पादक भएपछि त्यसलाई सडकमा छोड्ने कार्य दण्डनीय हुने भन्दै त्यस्तो कानुन विपरीत र अमानवीय कार्य नगर्न.नगराउन उहाँले आग्रह समेत गर्नुभयो । फोहोरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा गोकुलधाम सञ्चालनमा आएपछि पोखराको सहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको प्रमुख आचार्यले बताउनुभयो । गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने बताउनुभयो । वर्षौँदेखि फोहोर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा १४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्र स्थलका रूपमा विकसित हुँदै गएको उहाँले बताउनुभयो । राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत आदिशास्त्र बाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले गोकुल धामको प्रारम्भ गरिएको बताउनुभयो । उहाँले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न यो महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो । ‘यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठ मात्र होइन, नजरले हेर्यो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ, गौतमले भन्नुभयो, यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउस होइन यो, कान्जी हाउस पहिला थियो, अव यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।’ गोबर र गौमुत्रको प्रशोधनको प्रक्रिया सुरु गरिएको र जसको उपयोग मार्फत दशौँ रोपनी बन्जर जमिनलाई अग्र्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उहाँले बताउनुभयो । आफूहरू गौशाला परिसरमा ३६५ प्रजातिका डाले घाँसका बिरुवाहरू रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले बताउनुभयो । गो बंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन भन्ने कुरा जगलाई स्मरण गराउनका लागि यो अभियानको थालनी गर्न लागिएको उहाँले बताउनुभयो । गौशालाले विशुद्ध गौ मातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामाग्रीहरू उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजना समेत गौतमले सुनाउनुभयो । गौ माताको महिमा अपरम्पार रहेको बताउँदै गौतमले विष पान गरेर पनि अमृत प्रदान गर्ने गौहरूको आश्रय स्थल गौशालालाई जीवन्त पाठशालाका रूपमा चित्रण गर्नुभयो । पोखरा आउने पर्यटकहरू, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूहहरू, विद्यार्थीहरू सवैसवैलाई गौशालासम्म पुग्ने अवस्थाको सृजना गरिने उहाँले बताउनुभयो । पवित्र उद्देश्यले थालिएको असल कर्मलाई भगवान्ले पूर्णता प्रदान गर्ने उल्लेख गर्दै भागवत भास्कर गौतमले असल कर्मका लागि उद्धत हुन प्रेरणा समेत प्रदान गर्नुभयो । राष्ट्रिय परोपकार महासंघको १६ औँ वार्षिक उत्सवका अवसरमा गत पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा माघ ४ गतेसम्म सञ्चालित ज्ञान महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनहरूले कथा श्रवण गरेका थिए । महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिनेछ । हाल गौशालामा ३५० बढी गाईवस्तुहरु संरक्षित छन् । यसैबिच राष्ट्रिय परोपकार महासंघले नयाँ वर्षको भिट्टेपात्रो समेत विमोचन गरेको छ । नगर प्रमुख आचार्य, महासंघका संस्थापक भागवत भास्कर युवा पण्डित गौतम र महासंघका जिल्ला अध्यक्ष जेबी कुँवर लगायतले भिट्टेपात्रोको विमोचन गर्नुभएको हो । सो क्रममा विभिन्न अक्षयकोष दाताहरूलाई सम्मान समेत गरिएको छ । पोखरा महानगरपालिकाले महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीहरूलाई जथाभाबी रूपमा सडकमा पशुचौपाय नछोड्न आग्रह गरेको छ । अन्यथा सडकमा छोडिएका पशुचौपायहरुको पहिचान गरी सडकमा छोड्नेलाई आवश्यक कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घुस लिएको अभियोगमा दुई इन्जिनियरसहित तीनजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पोखरा महानगरपालिकाका इन्जिनियर शिवराज बराल, सब–इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियर कन्सल्टेन्सीका सुरज कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । अख्तियार पोखराको टोलीले इन्जिनियर बराल र सब इन्जिनियर रोकायालाई पक्राउ गरी अनुसन्धानका लागि अख्तियार मुख्यालय टङ्गाल पठाएको थियो । अख्तियार पोखराको टोलिले सब–इन्जिनियर रोकाय र कन्सल्टेन्सीका कुँवरलाई १ लाख ५० हजार घुस लिइसकेको अवस्थामा चैत २८ गते प्रकाउ गरेको थियो । तीनै जना मिलेर घर निर्माणको प्रमाणपत्र दिन ३ लाख ५० हजार रुपैयाँ घूस माग गरेको अनुसन्धानमा खुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । गोदार इन्जिनियरिङका कर्मचारी कुँवरमार्फत रकम लिई दुई लाख बरालले आफ्नै खातामा राखेको देखिएको छ । तीनै जनाविरुद्ध भ्रष्ट्राचार निवारण ऐन २०५९ बमोजिम तीन लाख पचास हजार बिगो कायम गरी ऐन अनुसार बिगो र जरिवाना मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए ।
पोखरा: जिल्ला ट्राफिक कार्यालय कास्कीले समयमा नै सवारी साधनहरुको सर्भिसिङ नगर्ने, सवारी साधनको जाँचपास नगरेको ११ वटा बसलाई नियन्त्रणमा लिएको छ । सवारी साधनहरुको समयमा नै सर्भिसिङ नगर्ने, सवारी साधनेको जाँचपास नगरेको कारण सवारी साधनबाट कालो धुवा फाल्ने सवारी साधनबाट उत्सर्जन प्रदुषणले वायु प्रदुषण गराउने जनगुनासोपछि ट्राफिक प्रहरीले अनुगमनपछि सर्भिसिङ समयमा नगर्ने र जाँचपास फेल भएका बस नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरीले पोखरा महानगर क्षेत्रभित्र चल्ने जाँचपास फेल भएका ९ वटा र जाँचपास नभएका २ वटा सार्वजनिक बसलाई नियन्त्रणमा लिएको हो । यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीको सयुक्त रुपमा खटिएको टोलिले पोखरा महानगर–४ बिपीचोकमा घुम्ति प्रदुषण अनुगमन गर्दा ३५ मध्ये ३० वटा सवारी साधन मापदण्ड विपरित फेला भएको पाइएपछि कानूनी कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको छ ।
पोखरा: आगिलागीबाट पुर्ण रुपमा क्षति भएको पोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ । संघको पहलमा संकलित २ लाख ११ हजार ६ सय १० रुपैयाँ राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बनोद श्रेष्ठको नेतृत्वको टोलिले नैना दोहोरी सांझका सञ्चालक विष्णु आचार्य कमल र आचार्यका श्रीमती सुनिता आचार्यलाई प्रदान गरिएको हो । सो अवसरमा बोल्दै नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले व्यवसायीहरु एक अर्कालाई परेको दुःखमा साथ दिन तयार रहेको बताउदै विभिन्न ठाँउमा छरिएर रहेको व्यवसायीहरु बीच सहकार्य गरेर सहयोग गर्न पाउदा खुसी लागेको बताए । अर्कालाई परेको दुख पिडा लाई पनि आफ्नै ठानेर सहयोग गर्ने सम्पूर्ण संघ संस्था र ब्यवशायीहरुलाई समेत उनले धन्यवाद ब्यक्त गरे । नैना दोहोरी सांझका सञ्चालक सुनिता आचार्यले आफुहरुको पिडामा मलम लगाउने काम गरेकोमा सहयोगी प्रति धन्यवाद ब्यक्त गरिन । संघको पहलमा संकलित रकम राष्ट्रिय लोकदोहोरी ब्यवशायी संघ बाट ५५ हजार ५ सय ५५, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघबाट ५० हजार, नेपाल रात्रिकालीन मनोरन्जन ब्यवसायी संघ कोटेश्वर बाट ५१ हजार, रात्रिकालिन मनोरन्जन ब्यवसायी संघ चाबहिलबाट २० हजार, पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघबाट २५ हजार, गोधुली दोहोरी सांझ बुटवलका सञ्चालक राम न्यौपानेबाट ५ हजार, मादी सेती दोहोरी सांझ दमौलीका सञ्चालक सुभद्रा श्रेष्ठबाट ५ हजार ५५ गरि जम्मा २ लाख ११ हजार ६ सय १० रुपैया प्रदान गरिएको पोखरा लोकदोहोरी ब्यवसायी संघको अध्यक्ष जीवन गुरुङले जानकारी दिए । गुरुङका अनुसार संघले अफ्ठेरोमा परेका ब्यवसायी तथा कलाकारहरुलाई कोरोनाको समयमा पनि सहयोग गरेको बताउदै आगामी दिनमा पनि ब्यवसायी र कलाकारहरुको संरक्षणमा संघ कटिवद्ध भएर लाग्ने बताए । सहयोग कार्यक्रममा पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघका सल्लाहकार चन्द्र गुरुङ, उपाध्यक्ष बिरेन्द्र के.सी., कोषाध्यक्ष विष्णु गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषका लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरे । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था मगर सहभागी थिए । मञ्चका पूर्व सल्लाहकार पौडेलको २०७९ साल माघ १ गते विमान दुर्घटनामा परि निधन भएको थियो । पौडेलको सपना साकार बनाउने उद्धेश्यले सुरु भएको उक्त अक्षयकोषमा केही मात्रामा भएपनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष बरालले बताए । महासंघ गण्डकीले संस्थापक अध्यक्षसमेत रहेका स्वर्गीय पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना गर्ने जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका– १० अमरसिंहचोक स्थित एक बिजुली पसलको गोदाममा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षति भएको छ । पोखरा महानगर–१४ चाउथे बस्ने ४९ वर्षीय धुव्र मरासिनीले सञ्चालन गरेको संग्रीला सप्लायर्स को गोदाममा हिजो (बुधबार) बेलुका आगलागी हुँदा ८०–९० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरी अनुसारका संग्रीला सप्लायर्सको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ । आगलागी कारण गोदाममा भएका बिजुलीका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
पोखरा: ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा।लि।द्वारा उत्पादित ‘ग्लेज’ अफिसियल ड्रिङ्किङ वाटरको रुपमा जोडिएको हो । बुधबार सो सम्बन्धी ग्लेजका सञ्चालक विनोद बराल र मञ्चका अध्यक्ष दीननाथ बरालविच समझदारी पत्र आदन प्रदान भएको छ । पोखरा–१३ आर्वामा समुदायस्ततरमा सञ्चालित ग्लेज मुलबाट निस्केको प्राकृतिक मिनरलयुक्त पिउने पानी हो । प्रतिघण्टा ४ हजार लिटर क्षमता भएको उद्योगबाट २० लिटरको जार, एक लिटर र ५ सय मि.लि.को बोत्तलमा बजारमा उपलब्ध छ । यसैगरिसहारा क्लव हङकङले संस्थागत सहयोग गर्ने भएको छ । बुधबारनै क्लवका कार्यवहाक अध्यक्ष खमबहादुर गुरुङ ९सरोज०ले अवार्डलाई नगद रु। १५ हजार संस्थागतरुपमा उक्त सहयोग गरेका हुन् । मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै उनले सहयोग गरेको बताए । यस्तै नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले उक्त अवार्डलाई नगद रु २५ हजार सहयोग गरेकी छन् । अवार्डको मिति नजिकिँदै गर्दा नेपाल बाहिरबाट समेत सहयोगी संघसंस्था तथा मनहरु जोडिने क्रममा जारी रहेको अन्तराष्ट्रिय समन्वय समिति सह–संयोजक सुर्दशन रञ्जितले जानकरी दिए । मञ्चले अवार्ड अन्र्तगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । ७ विधामा वितरण अवार्ड अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवाड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चले बैशाख २८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०८० आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा।लि।, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर , परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।
पोखरा: आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्री गर्दै आएको छ । यसैगरि मंगलबारनै नेपाली महिला राष्ट्रिय भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले उक्त अवार्डलाई नगद रु २५ हजार सहयोग गर्ने घोषणा गरेकी छन् । मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै आफुले सहयोग घोषणा गरेको उनले बताइन् । प्रथम पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फकीे विजेतासमेत गुरुङ हाल हङकङमा छिन् । कास्कीकी गुरुङले पोखराको ज्ञानु बाबा आवासिय मा.वि.बाट भलिबल खेलको शुरुवात गरेकी थिइन् । अवार्डको मिति नजिकिदै गर्दा सहयोगी संघसंस्था तथा मनहरु जोडिने क्रममा जारी रहेको मञ्चका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तिमगरले जानकरा दिइन् । मञ्चले सोमबारमात्रै अवार्ड अन्र्तगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ । बाँकी ३ विधा लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवाड र वर्ष उत्कृष्ट खेल संघ अवार्डको छनौट केहि दिनपछि गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चले बैशाख २८ गते पोखरा सभागृहमा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्दैछ । जहाँ सर्वोत्कृष्ट पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, लाईफटाईम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । सहयोग विवरण आगामी दिनमा जानकारी दिँदै जाने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको हो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् ।