पोखरा:   आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित १३ वटै विभिन्न उपसमिति मार्फत एकसाथ ...

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद बिकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँमा सञ्चालित तीन दिने अर्धवार्षिक समिक्षामा आर्थिक वर्ष ०८१/०८१ मा प्रदेशका ११ वटै जिल्लामा सम्पन्न भएका विभिन्न गतिविधिहरुकाका बारेमा गम्भिर छलफल गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् । कार्यक्रममा जिल्लाका अध्यक्ष, पदाधिकारी एवं कार्यालय प्रमुखहरुको उपस्थितीमा सम्पन्न समिक्षा कार्यक्रममा जिल्लामा भए गरेका खेलकुद गतिविधि, कार्यालय सञ्चालन एवं आगामी वर्षका योजनाहरुका बारेमा समेत छलफल गरिएको सदस्य सचिव शर्माले बताए । नवलपुरमा हालै सम्पन्न १४ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको समिक्षा, चैत्र २ गतेबाट सुरु हुने बाग्मती प्रदेशस्तरीय प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितको तयारी र खेलाडी छनौटका बारेमा समेत् छलफल गरिएको परिषदले जनाएको छ । त्यसै गरी जिल्ला खेलकुद विकास समितिहरुले आ–आफ्नो प्रतिबेदन प्रस्तुतीमा जिल्ला खेलकुद संघहरुको गठन, रेफ्रि, प्रशिक्षक, निर्णायकहरुको सुचिकृत विवरण पेश गरेको विषयमा सदस्य सचिव शर्मा सदस्य सचिव शर्माले सबै जिल्ला खेल संघहरुलाई ७ दिन भित्र नविकरण गरिसक्न जिल्ला खेलकुद विकास समितिहरुलाई निर्देशन दिएका छन् । जिल्ला खेलकुदहरु बाट दिइने सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिंदै सदस्य सचिव शर्माले जवाफदेहिता र क्षमता बढाउन आग्रह गर्दै खेलकुद क्षेत्रलाई मर्यादित बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे । खेलकुद विगतमा जस्तो कर्मकाण्डी समय विताउने थलोको रुपमा मात्र हेर्न नहुने भन्दै आ–आफ्नो तोकिएको जिम्मेवारीलाई पुरा गर्न उनले निर्देशन समेत् दिए । सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकालले समेत छुट्टा छुट्टै विषयमा आ–आफ्ना भनाईहरु राखेका थिए ।

पोखरा:   नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न भएको दोस्रो केपी ओली सडक दौड प्रतियोगितामा सपन्न भएको छ ।  शनिबार सम्पन्न विद्यालयस्तरीय ५ किलोमिटर दौडमा कास्की मोडनाईजका बादल कार्की प्रथम, छोरेपाटन माविका तेन्जोङ रोका द्धितीय र सैनिक आवासिय माविका नारायण रानाभाट तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।  यस्तै विद्यालयस्तरीय छात्रातर्फ छोरेपाटन माविका विष्णु थापा प्रथम, गौरीशंक माविका करिवा मगर द्धितीय र मेधराज सामुदायिक विद्यालय घाचोकका एन्जिला जिटी तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै खुल्ला महिला ५  किलोमिटर सडक दौडतर्फ नितु तामाङ प्रथम, तनहुँ भिमादका ममता कुमाल द्धितीय र पोखराका रेवती तिमल्सिना तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै पुरुष भेट्रानतर्फ पोखराका विष्णुलाल श्रेष्ठ प्रथम, शंकर शाह द्धितीय र ओमबहादुर थापा तृतीय भए । उनीहरुले क्रमशः ७, ५ र ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । नेपाल खेलकुद महासंघ गण्डकी र सूर्य तारा क्लब पोखराको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिता वार्षिक परीक्षाको कारण निर्धारित मितिबाट अगाडि नै सञ्चालन गरिएको संयोजक विष्णु पुनले बताए ।  उनका अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता चैत २६ देखि सञ्चालन हुनेछ । खेलकुद महोत्सवमा पुरुष फुटबल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुनेछ ।   

पोखरा:   पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ । पोखरा महानगरपालिका– ७ बुलौदीमा आज बिहान अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।    उनीहरुको शवलाई पोष्टमार्टमको लागि अहिले अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

पोखरा:    सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चारदिनपछि मृत फेला परेका छन् । आइतबार बेलुका देखि नदीमा बेपत्ता भएका तामाङलाई शुक्रबार बिहान पोखरा–१५ पट्नेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  गएको आइतबार पोखरा–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा उनीसँगै २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका मंगा तामाङलाई भने सोही दिन प्रहरीले मृत फेला पारेको थियो ।  प्रहरीले नदीमा बेपत्ता भएका तामाङलाई बिहीबार सेती नदीको ड्याम खोलेर समेत खोजतलाज गर्दा भेटाउन सकेको थिएन । आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सार्की लामा तामाङ बेपत्ता भएका थिए ।   नदीमा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल रहेको कास्की प्रहरीले जनाएको छ ।    

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए ।  अवार्ड कार्यक्रममा सहयोग जुटाउन उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य राजु गिरी सहितको टोलीसँगको भेटमा सदस्य सचिव घिसिङले पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउनका लागि आफ्नो र राखेपको साथ रहने बताएका थिए । मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरिसकेको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । थप सहयोगी जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।

पोखरा:   पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चार दिन देखि नदीमा बेपत्ता छन् । आइतबार बेलुका नदीमा माछा मार्ने क्रममा उनीसहित मंगा तामाङ बेपत्ता भएका थिए ।  नदीमा मानिस बेपत्ता भएको खबरपछि उद्धारका लागि खटिएको वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको नम्बर २४ कालिका गणको टोलीले मध्यरातको १ः१० बजे मंगा तामाङलाई मृत फेला पारेको थियो ।  पोखरा– १ सिम्पानी घर भएका सार्की लामा तामाङ (मानबहादुर) नदीमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तामाङको परिवारले सेती नदीमा बनाइएको ड्याम खोलेर खोजी गर्न अनुरोध गरेपछि आज (बिहीबार) ड्याम खोलेर खोजी गरेपनि फेला नपरेको कास्की प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सेती नदीमा माछा मार्न क्रममा बेपत्ता भएका २ जना मध्य एक जना मृत फेला परेका थिए ।   

पोखरा:    पुन युनाइटेड क्लब नदीपुरको आयोजनामा शिबरात्रीको अवसरमा यही फागुन अन्तिम साता बास्केटबल प्रतियोगिता हुने भएको छ । पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो । पुरुषतर्फ हुने बास्केटबल प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ हुने थ्री बाई थ्री को विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रानतर्फको विजेताले ३५ हजार तथा उपविजेताले १७ हजार पाँच सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । आगामी फागुन २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको र २२ गते साँझ सम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।  

पोखरा:      वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । सो अवसरमा कक्षा १ देखि ४ सम्मका ६० जना बालबालिकालाई झोला, स्टेशनरी तथा सचेतनाका लागि आयोडिनयुक्त नून वितरण गरिएको थियो । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिनबारे सचेतना दिन फेब्रुअरीभरि विविध कार्यक्रम गरिएको बताए । आयोडिन मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व भएको बताउँदै उनले दुई बालबालिकाको चिन्हअंकित आयोडिनयुक्त नून नै खानुपर्ने सुझाव दिए । गर्भवती महिलामा आयोडिन कमीले सुस्त मनस्थिति, लाटो तथा विकलाङ्ग बच्चा जन्मिन सक्ने भएकोले सचेत रहनुपर्ने बताए । उनले हावा, पानी र तापको सम्पर्कबाट नून बचाउनुपर्ने सुझाव दिए । रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले अहिलेका बालबालिका भविष्यका कर्णधार भएकोले आयोडिनयुक्त नून प्रयोग गरी विकलाङ्ग हुनबाट बचाउनुपर्ने बताए । उनले रोटरी लेकसाइडले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्ने बताए । राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हकहितका पक्षमा बोलेका थिए । उनले मानव स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको आवश्यकता औंल्याए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बाटाजूले विद्यालयको आम्दानीको स्रोत खासै नभएको बताउँदै गरिब वर्गका बालबालिकाको शिक्षाका निम्ति भने रोजाइ थलो बनेको बताए । विद्यालयका प्रअ वसन्तराज पाण्डेले सहयोगप्रति आभार व्यक्त गरे । २०२१ माघ २३ गते स्थापना भएको विन्ध्यवासिनी माविमा हाल कक्षा १२ सम्म ६ सय विद्यार्थी पढ्ने गरेको बताए । शिक्षक कर्मचारी २७ जना छन् । प्लस टुमा व्यवस्थापा र शिक्षा संकाय संचालित छ । समारोहमा शिक्षासेवी विकल शेरचन, विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्ष प्रेमप्रसाद गुरुङ, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति थियो ।

पोखरा:    कास्की कारागार ब्लक ‘ख’ को मुहार फेरिएको छ । आन्तरिक प्रशासन प्रमुख(चौकिदार)को जिम्मा पाएका नशिप गुरुङले कैदी बन्दीको निम्ति आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम तिव्र गतिमा अघि बढाएका हुन् ।  २०८०÷८१ सम्म यस ब्लकको चौकिदारको रुपमा नेतृत्व लिएका गुरुङले मुडा एरिया व्यवस्थापन तथा चिम्नी निर्माण, खेलकुद मैदानमा बस्ने पेटी निर्माण, मेस एरिया ढलान तथा व्यवस्थापन, पुल हाउसमा ट्रष्ट निर्माण, पोट हाउस एरियामा ढलान निर्माण, कारागार कार्यालय ‘ख’ ब्लक भित्र रंगरोगन, बाथरुम तथा शौचालय मर्मत सम्भार कार्य सम्पन्न गरेका छन् ।  आफ्नो जिम्मेवारी पूरा गर्न आफू र आफ्नो टिम दिनरात नभनी खटिएको आन्तरिक प्रशासन प्रमुख(चौकिदार) गुरुङले बताए । ‘कैदी बन्दीलाई आवश्यक पर्ने संरचना लगायत अन्य सबै सेवा सुविधाको लागि हामी लागि परेका छौ,’ गुरुङले भने, ‘नियमित कार्य वाहेक अतिरिक्त क्रियाकलापको लागि आवश्यक पर्ने सबै संरचना हुन पर्छ भन्ने हाम्रो सोच हो ।’ आफ्नो कार्यकालमा कैदी बन्दीहरुको लागि आवश्यक थप संरचनाहरु तयार गर्ने योजनासाथ आफू र आफ्नो टिमको योजना रहेको गुरुङले सुनाए । यससँगै गुरुङले कैदी बन्दीको स्वास्थ्यको निम्ति नयाँ जिम हाउस निर्माण गर्ने काम लागि अघि बढाएको आन्तरिक प्रशासन प्रमुखका विशेष सल्लाहकार विनोद भुसालले जानकारी दिए ।  स्वास्थ्य भनेको मानिसको सबै भन्दा ठूलो सम्पती रहेको हुनाले कैदीबन्दीको पनि स्वास्थ्यलाई ख्याल गर्दै नयाँ जिम हाउस निर्माण थालिएको भ्ुसाालको भनाई छ । ‘कैदी बन्दीहरुलाई आफन्तजनहरु दिएको खर्च अलिअलि बचत तथा श्रमदान गरे जिम हाउस निर्माण हुदैछ,’ भुसालले भने, ‘भवन मात्र नयाँ होइन जिम हाउसमा आवश्यक पर्ने सामाग्री पनि नयाँ प्रविधिकै ल्याउने तयारीमा छौ ।’ भुषालका अनुसार यही फागुन भित्र जिम हाल तयार हुनेछ ।  निर्माण सुधारमा बजेट न्यून विनियोजन भएर आएको अवस्थामा आन्तरिक प्रशासनको पहलबाटै मर्मत सुधार भएको कारागार प्रशासनले समेत बताएको छ ।