पाहुनालाई लक्षित गरी बन्यो नानी अपार्टमेण्ट

पाेखरा | चैत २०, २०८०

पाहुनालाई लक्षित गरी बन्यो नानी अपार्टमेण्ट

पोखरा:     पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनाललाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा।लि।ले उक्त अपार्टमेण्ट बनाएको हो ।


‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न आउने पाहुनाका लागि लक्षित गरेर यो अपार्टमेण्ट बनाईएको हो ।’ नानी अपार्टमेण्ट प्रा।लि।की सञ्चालक टिका गुरुङ्ले भनिन्, ‘कसैको घरमा हुने शुभकार्यमा आउने पाहुनाका लागि पनि यो अपार्टमेण्टका फ्ल्याटहरु उपलब्ध हुनेछन् ।’


उनले पोखराका घरहरुमा हुने उत्सवहरुमा धेरै पाहुना आउने र उनीहरुलाई बस्ने व्यवस्था गर्न सहज हुने समेत बताईन् । ‘कुनै घरमा पुजाआजा पर्यो भने ठुलो सँख्यामा पाहुना आउँछन्, खाना खाने व्यवस्था त घर कम्पाण्डमा होला, तर सुत्नको लागि समस्या हुने देखिएको छ,।’ उनले थपिन्, ‘घरका कोठाहरु भाडामा लगाईएका हुन्छन्, उनीहरुलाई घर खाली गर भन्ने कुरा पनि भएन, यस्तै समस्लाको समाधानका लागि यो अपार्टमेण्ट निर्माण गरिएको हो ।’


पोखरा १६ सेदीमार्गमा निर्माण गरिएको यो अपार्टमेण्टबाट मनोरम हिमश्रृङ्खा, सेती नदि तथा पोखरा बजार र सुन्दर डाँडाकाँडाहरु देख्न सकिने उनको दावी छ ।


पाँच तल्लाको उचाई रहेको यो अपार्टमेण्टको भाडा बुकिङ् खुलेको पनि गुरुङ्ले जानकारी दिईन् । यसको भाडादरका बारेमा दुई पक्षबीच आपसी सहमतिमा तय हुने उनको भनाई थियो ।


अपार्टमेण्टको नजिकै मणिपाल कलेज, पश्चिमाञ्चल ईन्जिनियरिङ् कलेज लगायतका ठुला सँस्थाहरु रहेकाले अपार्टमेण्टमा बसेर अध्ययन गर्नेहरुलाई उपयुक्त हुने उनले बताईन् । ‘नजिकै बजार छ, हरेक कुरा किन्न पाईन्छ, सार्वजनिक यातायतको सुबिधा पनि छ ।’ उनले भनिन्, ‘पाहुनाको सुबिधालाई ध्यानमा राखेर निकट भविष्यमा हामीले भित्रै एउटा सुपरमार्केट पनि निर्माण गर्दैछौं ।’


गुुरुङका अनुसार यो अपार्टमेण्ट निर्माण गर्न १० करोड रुपैंया लगानी भएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्