सेतीमा माछा मार्ने क्रममा बेपत्ता भएका तामाङ ड्याम खोलेर खोज्दा पनि भेटिएनन्

पाेखरा | फागुन १७, २०८०

सेतीमा माछा मार्ने क्रममा बेपत्ता भएका तामाङ ड्याम खोलेर खोज्दा पनि भेटिएनन् तस्बिर फाइल

पोखरा:   पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चार दिन देखि नदीमा बेपत्ता छन् । आइतबार बेलुका नदीमा माछा मार्ने क्रममा उनीसहित मंगा तामाङ बेपत्ता भएका थिए । 


नदीमा मानिस बेपत्ता भएको खबरपछि उद्धारका लागि खटिएको वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको नम्बर २४ कालिका गणको टोलीले मध्यरातको १ः१० बजे मंगा तामाङलाई मृत फेला पारेको थियो । 


पोखरा– १ सिम्पानी घर भएका सार्की लामा तामाङ (मानबहादुर) नदीमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तामाङको परिवारले सेती नदीमा बनाइएको ड्याम खोलेर खोजी गर्न अनुरोध गरेपछि आज (बिहीबार) ड्याम खोलेर खोजी गरेपनि फेला नपरेको कास्की प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सेती नदीमा माछा मार्न क्रममा बेपत्ता भएका २ जना मध्य एक जना मृत फेला परेका थिए । 
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्