पोखरामा एक लाख राशीको बास्केटबल प्रतियोगिता फागुन अन्तिम साता

पाेखरा | फागुन १७, २०८०

पोखरामा एक लाख राशीको बास्केटबल प्रतियोगिता फागुन अन्तिम साता

पोखरा:    पुन युनाइटेड क्लब नदीपुरको आयोजनामा शिबरात्रीको अवसरमा यही फागुन अन्तिम साता बास्केटबल प्रतियोगिता हुने भएको छ ।


पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो । पुरुषतर्फ हुने बास्केटबल प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


यस्तै महिलातर्फ हुने थ्री बाई थ्री को विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रानतर्फको विजेताले ३५ हजार तथा उपविजेताले १७ हजार पाँच सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए ।


आगामी फागुन २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको र २२ गते साँझ सम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्