सराङकोटमा कफि खेती तालिम
पाेखरा | फागुन १५, २०८०

पोखरा: पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागी कफि खेती बारे तालिम सम्पन्न गरेको छ । भावना सहकारीको आयोजनामा शेयर सदस्यहरुका लागी आयोजना गरिएको १ दिने कफि खेती तालिम सोमबार सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीहरुले आफ्ना कार्यक्रमहरुमा आफै कफि बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै कृषिबाट आर्थिक रुपान्तरणका लागी वडा लागीपरेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत तालिमहरू पनि सञ्चालन गर्ने बताएका थिए ।पर्यटकिय वडा भएकाले थोरै लगानिमा धेरै उत्पादन लिन सकिने खेति कफि भएकाले सराङकोटको कफिको ब्राण्ड बनाउन पर्ने बताए ।
भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरेका थिए । उनले सबैभन्दा धेरै कृषि क्रममा लागि पर्ने भावना सहकारी भएको दाबी गरें ।सराङकोटमा बाँदर लाग्ने हुदा कफि खेतिलाई बाँदरले नखाने हुदा उप्रयुक्त खेती भएको बताए ।
यस्तै तालिमका संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खडकाले तालिमबाट किसान स्वयम सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै अर्जुन थापाले तालिम उपयोगी भएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यलय कास्कीका निर्देशक प्रवित्रा अधिकारी, दिपक थापा लगायतले मन्तव्य राखेको कार्यक्रम सञ्चालन सहकारीका सचिव मिनबहादुर थापाले गरेका थिए।
तालिममा ४० जना सेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो भने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द सुबेदीले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...