नेवा पत्रकार पुच: कास्कीमा समाचार लेखन तालिम

पाेखरा | फागुन १६, २०८०

नेवा पत्रकार पुच: कास्कीमा समाचार लेखन तालिम

पोखरा:   नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा आधारभुत समाचार लेखन तालीम सम्पन्न भएको छ । 


नेवा पत्रकार पुचः कास्कीले आयोजना गरेको आधारभुत समाचार लेखन तालिममा ४० जना नेवा तथा गैर नेवा समुदायका व्यक्तिहरुले सहभागिता जनाएका थिए । 


तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए । 

 

उनले वडाले गरेका राम्रा कामहरुलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खवरदारी गर्न समेत आग्रह गरे ।


तालिममा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सन्जय मल्लले विभिन्न ३ सत्रमा विभाजन गरेर प्रशिक्षण गराएका थिए । 


कार्यकममा बोल्दै नेवा पत्रकार पुचः का संरक्षक संस्था नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्धेश्यले विभिन्न नेवा खलः, नेवा कचाः खलः नेवा मिसा पुचः तथा नेवा पत्रकार पुचः आदि स्थापना गरेको बताए । 


उनले नेवा भाषा संस्कृति संरक्षण गर्नका लागि विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिम समेत सञ्चालन गरिरहेको जानकारी दिए ।


तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई वडा अध्यक्ष दिपेन्द्र मर्सानी, नेवा पत्रकार पुचः की अध्यक्ष अनिशा श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । 


तालिमको समापन गर्दै अध्यक्ष अनिशा श्रेष्ठले नेवा पत्रकार पुचः ले  समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताउँदै यसबाट ज्ञानको साथमा अनुभव पनि बटुलेको बताईन् । 


उनले तालिम आयोजना गर्नु ठूलो कुरा नभएको तर त्यसलाई प्रभावकारी बनाउनु ठूलो रहेको बताउँदै त्यसमा नेवा पत्रकार पुचः सफल भएको बताईन । साथमा उनले नेवा पत्रकारहरुको हकहितको संरक्षण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन । 


कार्यक्रममा पोखरा ९ का वडा सचिव कुलराज पौडेल, वडासदस्यहरु लक्ष्मी पहारी, नन्दराम तिवारी, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष विनित जोजिजु, नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्राचार्य, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकीका महासचिव सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङ, मिस नेवा ११३८ का विजेता प्रीती बुद्धाचार्य लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्