पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा रोवर्ट मिगानी रहेको प्रहरी स्रोतले जनाएको छ। उनी नेपालबाट भारतको नयाँ दिल्ली जाने क्रममा विमानस्थल पुगेका थिए। विमानस्थलमा प्रहरीको सुरक्षा जाँचका क्रममा मिगानीको साथमा स्रोत नखुलेको दुई लाख रुपैयाँ भारतीय नोट फेला परेको हो।  अहिले प्रहरीले नेपालमा रहेका मिगानी र उनले बोकेको रकमका विषयमा अनुसन्धान गरिरहेको छ।

काठमाडौँ:  छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली गणपति वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा।३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका–६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  हो ।  सो बसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उता धनुषाको जनकपुर उपमहानगरपालिका(१ पुलचोकमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १७ बस्ने ३८ वर्षीय दिनेश साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुतातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दाङ:  दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका(९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गुरुङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कास्की:   इलाका प्रहरी कार्यालय हंसपुर (डाडाँकोनाक)  कास्की टोलीले गोरु काटेको आरोपमा ४ जनालाई पक्राउ गरेको  छ ।   प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कास्कीको मादी गाउँपालिका ५ स्थित बयारघारीमा गोरु काटेको आरोपमा पोखरा महानगरपालिका १३ स्थित ढिवाली टोल बस्ने ४२ वर्षिय शम्भू नेपाली, २५ वर्षिय सुवास नेपाली, मादी गाउँपालिका ५ का १८ वर्षिय अमृत विक र स्याङ्जा घर भई हाल मादी ५ बयारघारी बस्ने ३९ वर्षिय राम नेपाली  रहेका छन् ।   उनीहरुलाई गत बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख डिएसपी प्रकाश दाहालले बताए । ‘हामीलाई गोरु काटेको भन्ने सुचना आएपछि घटना स्थलमा पुगेर मुचुल्का गर्नेदेखि साक्षीहरुसँग पनि बुझ्ने काम गर्यौ र पछि आरोपीहरुले पनि कसुर स्वीकार गरेपछि नियन्त्रणमा लिएका थियौ’, डिएसपी दाहालले सुनगाभा न्यूजसँग भने, ‘उहाँहरुले कानून वर्खिलाप कसुर गरेको ठहरिएपछि ४ जनालाई पक्राउ गरेर मुद्धा दर्ता भइसकेको अवस्था छ र त्यो घटनामा अरुपनि संलग्न भए नभएको बारे पनि थप अनुसन्धान गर्दै छौं ।’   डिएसपी दाहालका अनुसार उनीहरुलाई गौ वध ऐन तथापशुपंक्षी सम्बन्धि कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

धरान:  धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते हुनुभएको छ । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा परी स्थानीय २५ वर्षीय मञ्जु खड्का राई गम्भीर घाइते हुनुभएको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्ने र मार्ने दुवै जना साथी हो । कुमार बिहान साथीको घरमा आएका थिए । विकासका बाबुले छोरालाई चिया पकाउन लगाएर आफू दोकान जानुभएको थियो । फर्केर आउँदा छोराले आफ्नै साथीलाई मारिसकेको रहेछ ।” मृतक बुढाथोकीको ढाड र कोखामा चोट रहेको प्रहरीले जनाएको छ ।  साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जु खड्काकोे घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको स्थानीयहरुले बताएका छन् । घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई नजिकै रहेको साग बारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको जनाएको छ ।  खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचारका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको छ । मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको कारणबारे नखुले पनि, विकास लागुऔषध प्रयोगकर्ता रहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।   

काठमाडौं:  टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । मल्लले ‘क्विक क्यास’ नामक टिकटक  आइडीहरू खोली दुईवटा इ–सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ । उनको साथबाट जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन एक थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर एक थान र जुवा खेलाउन प्रयोग भएका तास तीन बुक प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

बुटवलः    बुटवलमा हातहतियार र विस्फोटक पदार्थसहित नवीन रेग्मी र विश्वराज कार्की पक्राउ परेका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कन्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्कीलाई प्रहरीले प्रकाउ गरेको हो ।  इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी दानबहादुर कार्कीले पक्राउ परेकाहरुबाट रिभल्वर थान १, मोबाइल थान–३, ९ एमएमको गोली १४ राउण्ड, ७।६२ एमएमको गोली ४ राउण्ड, ०।२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायतका सामग्री बरामद गरेको जानकारी दिनुभयो । प्रहरीले मङ्गलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको हो ।  डिएसपी थापाले बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई बुटवल–११ देवीनगरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।  उनीहरुलाई हातहतियार तथा विस्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इप्रका बुटवलले जनाएको छ ।

तनहुँ, तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि  सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।   शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको आज माघ ३ गते सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर  कुँवरले जानकारी दिनुभयो । थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाइएको उहाँले जानकारी दिनुभयो ।    शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ । माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाएँ तोक्ने फैसला हुने अनुमान गरिएको छ ।   पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।

कावासोती:   जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अखाद्य रङ प्रयोग गरेर बदाम बिक्री गर्ने पाँच जना ठेला व्यवसायीलाई नियन्त्रणमा लिएको छ । बदाम भुट्नका लागि इँट्टाको धुलो र घरमा लगाउने हानिकारक रसायनयुक्त पेन्ट प्रयोग गरेको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बदाम रातो बनाउन अखाध्य वस्तु प्रयोग गरेर गाउँमा बदाम बिक्री गर्ने ५ ठेलाका बदाम र मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।  पाँच वटा ठेलाबाट झण्डै छ हजार मुल्य बाराबरको २४ किलो बढी अखाद्य रङ प्रयोग भएको छ । अखाद्य रङ प्रयोग भएको बदाम नष्ट गरिएको र रातो बनाउन प्रयोग गरिने रङलाई थप जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।