काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ।   आइतबार राति शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाड...

एजेन्सीः मलेसियाको सेरेम्बानस्थित ओकल्याण्ड कमर्सियल सेन्टर नजिक २ नेपाली सुरक्षागार्ड मारिएका छन् । उनीहरुको अनुहारमा ह्याम्मरले हानेर हत्या गरिएको मलेसियाको स्टार न्यूजले जनाएको छ ।    उक्त घटना ४ दिन अघिको भएको सेरेम्बान प्रहरी डिपार्टमेन्टले उल्लेख गरेको छ । शवसँगै अर्का एक नेपाली ह्याम्मरसँगै पनि नशामा धुत्त भेटिएका हुनाले नेपाली नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।      मृतक तथा अभियुक्त भनिएका तीनजना नै नेपाली भएको खुलाए पनि प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन।   प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले मृतककाे उमेर एउटाको ३५ र अर्काको ४६ रहेको उल्लेख गरेको छ।   प्रहरीले अभियुक्तलाई दण्ड संहिताको दफा ३०२ अनुसार कार्वाही सुरु गरिएको छ । 

शनिबार राति ब्राजिल र क्यामरुनबीचको खेल चलेपछि १ काे ३ पाउने अनुपातमा क्यामरुनको पक्षबाट बाजी थापेका करन जेड*ले जितेपछि आफुले बाजी थपेको रकमको तीन गुणा पैसा हात पारे । बाजी जितेपछि उनको सर्कलले थाहा नपाउँने कुरै भएन ।    साथीहरुलाई बिहानको कफी र ब्रेकफास्ट करन जेडले खुवाए । उनका साथीहरु ब्राजिलको स्वभाविक समर्थक भएकाले हारपछि बाजीको रकम गुमाए ।    उल्लेखित घटना अनलाइन बाजी थाप्नेहरुमध्येको एक प्रतिनिधि उदाहरणमात्र हो ।   हालै अष्ट्रेलियामा सम्पन्न टि–२० क्रिकेट विश्वकपमा पनि पोखरामा अनलाइन बेटिङ् चलेको थियो । जहाँ इ–वालेटमा रकम जम्मा गरेपछि बेटिङ् साइटमा गएर बाजी लगाउन सकिन्छ ।    सामान्यतयः कमजोर आँकिएका टिमको पक्षमा बाजी राख्नेलाई लगानीको दुई गुणादेखि बढी रकम दिने अफर राखिन्छ । न्यू मिडियाको व्यापकतासँगै पोखरामा पनि युवापुस्ता बेटिङ्मा दिनरात व्यस्त हुने गरेको पाइएको छ ।    जुवा वा बाजीको शैलीमा खेल्ने र खेलाइने अनलाइन बेटिङ् आधुनिक समाजभित्र दिनानुदिन झांगिदै गएपनि यसलाई सम्बन्धित निकायले भने नियन्त्रण गर्न असम्भवप्रायः देखिएको छ ।    अहिले अनलाइन बेटिङ्मा चलेका एप्समध्ये ‘वान एक्स बेट’ सबैभन्दा पपुलर छ । त्यस्तै, ‘बेट ३६५’, ‘पावबेट’, ‘एलभीबेट’लगायत रहेका छन् । जसमध्ये बेट ३६५ क्रिकेट बाजीमा बढी प्रयोग भएको छ भने वान एक्स बेट अनलाइन क्यासिनोमा प्रयोग भएको छ ।    यस विषयमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले निरन्तर खोजबीन र निगरानी गरिरहेको जनाएपनि यसबारे काम गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरोको रहेको बताउँदै साइबर ब्यूरो यथाशक्य सूचना जुटाएर सहयोग गर्ने भूमिकामा रहेको जनाएको छ ।    साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार विशेष सूचनाका आधारमा विशेष अपरेशनबाटमात्रै अनलाइन जुवाको सञ्जालमा पुग्न सकिने बताउँछन् । यस्ता गतिविधिमा संलग्नलाई आर्थिक अपराध ऐनमार्फत कारवाही गरिने रायले जनाए ।    यता, अनुसन्धान ब्यूरो भने हालै सम्पन्न क्रिकेट विश्वकपबाटै चनाखो रहेको बताउँछ । ‘भर्खरै सकिएको क्रिकेटको विश्वकपमा हामीले केही सफलता हात पा¥यौं’ अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता कमल थापा भन्छन् ‘अनलाइन बेटिङ् र जुवा विश्वभर चलिरहेको छ, नेपालमा पनि बढ्दो छ । स्रोत, साधनअनुसार काम गरिरहेका छौं ।’   प्रवक्ता थापाका अनुसार नेपालमा यस्ता एपहरु गैरकानुनी छन् । ब्यूरोले क्रिकेट विश्वकपमा सट्टेबाजीका गिरोहलाई पक्राउ गरी हाल अदालतमा मुद्दा चलाइरहेको छ । तरपनि प्रहरीको नेटवर्कमा कहाँ, कसले जुवा खेल्दैछ भन्ने जानकारी पाउन कठिन हुने थापा स्वीकार्छन् ।    थापा भन्छन्, ‘पोखरामात्र हैन, राजधानी र देशभर यतिबेला जुवा र राती फुटबलमा बेटिङ् हुन्छ, तर हामीभन्दा प्रविधि अघि छ, ट्रयाकिङ् गर्नु मुख्य चुनौती हो ।’ त्यसो त ब्यूरो चुपचाप भने नबसेको उनको दाबी छ । केही समय लागेपनि ब्यूरो मातहतका टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको र छिट्टै केही ठूलो समाचार आउन सक्ने थापाले बताए ।    यता, पोखरामा भइरहेको अनलाइन बेटिङ् र जुवाबारे जिल्ला प्रहरी कार्यालयको बनिबनाउ जवाफ छ । ‘पोखरामा पनि हुन्छ भन्ने सुनेका छौं’ जिप्रका कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का भन्छन् ‘चुनौति छ तर पनि हामी लागिरहेका छौं, यस्ता गैरकानुनी अनलाइन जुवा रोक्न हाम्रो प्रयास जारी छ ।’   हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ ।    यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मानिएको छ ।    यससँगै रेष्टुरेन्टमा ग्राहकहरुले लगाउने बाजी पनि डरलाग्दो भएको पाइएको छ । राजधानीका नाम चलेका लाउञ्जमा फुबटल क्रेजीहरु मौखिकरुपमै बाजी राखेर रात बिताउने गरेका छन् ।    काठमाण्डौं नैकाप निवासी सुचना प्रविधि इन्जिनियरका अनुसार एकै व्यक्ति मौखिक र अनलाइन दुबै बेटिङ्मा पैसा लगाइरहेका हुन्छन् । उनी भन्छन्, ‘पोखरातिर कस्तो छ, यता (काठमाण्डौमा) भने भर्बल्ली र भर्चुअली दुबैमा जुवा चलिरहेको छ ।’   (* नाम परिवर्तन गरिएको ।)

वीरगञ्ज:   नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् ।   बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो ।   सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद बरामद गरेको थियो ।   कलैयातर्फबाट आइरहेको कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको छ ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुन बैंकमा धितो राखेर विभिन्न बैंकबाट कर्जा निकाली ठगेको आरोपमा अभिषेक सुनारलाई प्रकाउ गरेको छ ।  पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारलाई पोखरा महानगरपालिका १८ सराङकोटबाट पक्राउ गरेको हो ।   कास्की प्रहरीका अनुसार सुनारले राष्ट्रिय वाणिज्य बैंक बिरौटाबाट १६ लाख ६० हजार र पृथ्वीचोक बैंकबाट ७ लाख ४५ हजार कर्जा लिएका थिए ।  कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारिएको खुल्न आएको थियो ।    प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।   हाल प्रकाउ परेका सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ ( एक्सटर्सन) सम्बन्धि मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ  । 

काठमाडौं: अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ । यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ । यसैबीच ब्यूरोले ग्रिन टीको नाममा नियन्त्रित लागुऔषध खात कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन् । उनीहरुको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।   

पोखराः  ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको छ ।    पोखरा महानगरपालिका ३० का ३५ वर्षीय हेमन्त थापामगरलाई ९६थान एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।    ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीको टोलिले पोखरा २६ अघौंचोक स्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मगरको साथबाट डाईजाम ३२ एम्पुल, फेनेरागन ३२ एम्पुल र नुर्फिन ३२ एम्पुल गरी ९६ थान एम्पुल लागूऔषध , १ थान मोबाईल र १२ हजार रुपैयासहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।    लागूऔषधसहित प्रकाउ परेका मगरलाई लागूऔषध मुद्धामा जिल्ला अदालत कास्कीबाट १६दिनको म्याद गरी अनुसन्धान अगाडी बढाएको छ ।   

  पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनको अवधीमा विभिन्न मुद्धामा फरार रहेका १३ जना प्रतिवादी सहित लागूऔषधसहित २ जनालाई प्रकाउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ३० पावरहाउसमा सवारी चेकजाच गर्नेक्रममा दुईजनालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।    प्रहरीका अनुसार पोखरा महानगरपालिका ३० पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्नेमा तनहुँको व्यास नगरपालिका  ६ घर भएका २१ वर्षीय मोहम्मद यासिरलाई लागूऔषधसहित प्रकाउ गरेको छ ।  प्रहरीले यासिरको साथबाट ५ किलो १ सय ग्राम लागुऔषध बरामद गरेको हो ।    यस्तै प्रहरीले सोमबार पावरहाउसमा नै सवारी चेकजाँच गर्नेक्रममा पोखरा महानगरपालिका १३ बाझापाटनका ३० वर्षीय सन्दिप सेन्चुरीको साथबाट डाईजापाम ६३ एम्पुल, फेनेरागन ६३,र नुर्फिन ६३ गरी १ सय ८९ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको हो ।    लागूऔषधसहित प्रकाउ परेका मोहम्मद यासिरलाई लागूऔषध सम्बन्धी मुद्धामा ५ दिन र सन्दिप सेन्चुरीलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।    कोको फरार थिए ?    जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनमा १३ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ ।    प्रहरीका अनुसार प्रकाउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगपालिका २ बस्ने ३६वर्षीय सन्तोष पुन रहेका छन् । उनलाई सवारी ज्यान मुद्धामा २ महिना १० कैद सजाय र २ हजार रुपैयाँ जरिवना तोकिएको थियो । धादिङ घर भएका हाल पोखरा महानगरपालिका ३२ बस्ने ४० वर्षीय चक्र बहादुर गुरुङ रहेका छन् । उनलाई सवारी ज्यान मुद्दामा ११ महिना ५ दिन कैद सजाय तोकिएको थियो ।    प्रकाउ पर्नेहरुमा पोखरा महानगरपालिका ३१ मोहरिया बस्ने १९ वर्षीय सुनिल बि.क रहेका छन् । उनलाई  लागू औषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकिएको थियो । यस्तै प्रहरीका अनुसार चलन चलाई मुद्धामा ५ हजार जरिवाना सजाय तोकिएका पोखरा महानगरपालिका  २९ भण्डारढिक बस्ने  ७२ वर्षीय  टेक बहादुर गुरुङ,७१ वर्षीय  रनमाँया गुरुङ, ४० वर्षीय शरेमान गुरुङ, ३९वर्षीय  निरमान गुरुङ, ३६ वर्षीय बेल कुमार गुरुङ, ३१ वर्षीय जमुना गुरुङ, २६ वर्षीय  बिपना गुरुङ रहेका छन् ।    यस्तै प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी रहेका छन् उनलाई लागूऔषध मुद्धामा ४ महिना २८ दिन कैद सजाय ताकिएको थियो । पोखरा महानगरपालिका  ३० खोरखरा बस्ने २२ वर्षीय  सुजन कामीलाई पनि प्रकाउ गरेको छ । उनलाई  लागूऔषध मुद्दामा ४ महिना ६ दिन तोकी कैद सजाय ताकिएको थियो । र उदयपुर त्रियुगा नगरपालिका १५ घर भएका पोखरा महानगरपालिका २७ हमालचोक बस्ने २८ वर्षीय अनिल आलेलाई प्रकाउ गरेको छ । उनलाई लागूऔषध मुद्धामा ३ महिना २८ दिन कैद सजाय र २ हजार रुपैया जरिवाना तोकिएको थियो ।  .

खोटाङ : खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले आज प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।   मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । घटनापछि पत्थरमानले काका मानबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै रगताम्मे भएको खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।   मृतक काका र भतिजाको आँगन एउटै छ । घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको स्थानीय बासिन्दा एवं राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राईले बताउनुभयो । परिवारका सदस्य बाहिर रहेका मृतक मानबहादुर घरमा एक्लै बस्दै आएका थिए । एक्लै भएको समयमा हत्या गरिएका मानबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगेर राखिएको प्रहरीले जनाएको छ । 

बलेवा : बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फुलमाया बोटे (माझी) मृतावस्थामा फेला पर्नुभयो । उहाँ बागलुङ–पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथि मृत फेला पर्नुभएको थियो । परिवारले उहाँलाई भेट्दा घाँटीमा सल बेरिएको थियो । हतारहतार परिवारले अस्पताल पु¥यायो तर उहाँको प्राण थिएन ।   सधैँ समयमै घरमा आउने फुलमाया त्यो दिन समयमा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । मजदुरी गरेर खाने फुलमाया सधैँ साँझ साढे ५ बजे घर पुग्नुहुन्थ्यो । ढिला भए फोन आउँथ्यो तर त्यो दिन घर पुग्ने समयमा उहाँको मोबाइल बन्द भयो । त्यसपछि खोजी थालेको परिवारले उहाँ सधैँ हिँड्ने गरेको बाटोमा शव भेट्टायो । शव अस्पताल पु¥याएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । मृतकको शव अस्पतालमै भए पनि प्रहरीले तत्कालै घटनास्थल सिल ग¥यो ।    जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोली घटनास्थल पुग्यो । अस्पतालमा शव हेरेर घटनास्थल पुगेको प्रहरीले हत्याको आशङ्का ग¥यो र सुरु भयो अनुसन्धान । गत असोज २९ गते प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा नेतृत्वमा पोखराबाट विशेषज्ञ टोलीसहितले अनुसन्धान थाल्यो ।    “उहाँहरूले अस्पताल पु¥याएपछि खबर गरेको भए पनि हामीले तत्कालै घटनास्थल सिल ग¥यौँ र खोजी सुरु भयो”, थापा भन्नुहुन्छ, “मृतक भेटिएको ठाउँभन्दा एक सय मिटर टाढाको दूरीमा पाँच सयभन्दा बढी मान्छेको भीड थियो, हत्यामा संलग्नको खोजी चुनौतीपूर्ण थियो ।”    बाङ्गेचौर खेलमैदान नजिकै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ‘आइटिएफ तेक्वान्दो खेल भइरहेको थियो । तर बाङ्गेचौरदेखि बागलुङ पोखरा सडकसम्मको पदमार्गको बीचमा फुलमायाको हत्या भएको थियो । प्रहरीका अनुसार हत्या र लुटपाट साँझ ५ देखि ५ः५२ मा भएको हो । एक साता लामो अनुसन्धानपश्चात् प्रहरीले अभियुक्त पक्राउ गरेको छ । घटनास्थलको बाटो भएर हिँडेका केही बालबालिका, धौलागिरि बहिरा आवासीय माविको सिसिटिभी र अनुसन्धानका अन्य विधिहरूले प्रहरीलाई सघाए ।    “फुलमायाको हत्या हुनुपूर्व सोही बाटोमा हिँडेका बालकहरूलाई पहिला पहिचान ग¥यौँ, सोधीखोजीमा उनीहरूले बाटोमा दाह्रीवाला हिँडेको बताएपछि हाम्रो अनुसन्धान दाह्रीमा केन्द्रित भयो”, थापाले भन्नुभयो, “अन्ततः दारी पालेकै प्रकाश योगी पक्राउ परे ।” प्रहरीले बागलुङ नगरपालिका–१ माझीबस्तीकै मृतकका छिमेकी २६ वर्षीया प्रकाश योगीलाई हत्या आरोपमा पक्राउ गरेको छ ।   “प्रविधिको प्रयोगले बाटो वरपरको परिवेश नियाल्यौँ, दाह्री पालेका केहीलाई निगरानीमा राख्यौँ, अभियुक्त घटनास्थलभन्दा केही माथि लामो समय बसेको, नमिल्दा हर्कत गरेको देखेपछि शङ्का गरेका थियौँ”, प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली भन्नुहुन्छ, “दाह्री पालेको र अरू हुलिया खोज्दा फेला परेका प्रकाश नै हत्यामा संलग्न भएको निष्कर्षमा प्रहरी पुगेको छ ।”   अभियुक्तले प्रहरीलाई दिएको बयानअनुसार व्यक्तिगत रिसइवी, आर्थिक अभाव र मदिरापानले लठ्ठिएका कारण हत्या गरेको स्वीकार गरेका छन् । बागलुङ बजारमा मजदुरी गरेर फर्किएकी फुलमायाको बाङ्गेचौरमा गौँडो कुरेर पछाडि लागेर केही तल पुगेपछि हत्या गरेको उनले स्वीकार गरेको ज्ञवालीले बताउनुभयो ।    अभियुक्त पनि मजदुरी गरेर छाक टार्ने परिवारकै सदस्य हुन् ।  “उसले पहिले फुलमायाकै सल घाँटीमा बेरेको छ, हत्यापछि गहना लुछ्ने, मोबाइल अफ गर्ने र करणी गर्ने काम गरेको स्वीकार गरेको छ”, ज्ञवाली भन्नुहुन्छ, “आर्थिक अवस्थाकै कारण हत्यामा संलग्न भएको हुनुपर्छ, मदिरा र रिसइवीले त्यसमा सघायो ।” प्रहरीसँगको बयानमा अभियुक्तले ३० हजार ऋण तिर्न बाँकी रहेको र उपाय केही नभएकाले गहना लुट्न हत्या गरेको बताएका छन् । छिमेकी भएकाले एउटै धाराको पानी प्रयोग गर्ने, एक वर्षदेखि पानीको महसुल तिर्न नसकेको भन्दै फुलमायाले अभद्र व्यवहार गर्ने गरेको पनि उनले प्रहरीलाई बताएका छन् ।    योगीले फुलमायाले कानमा लगाएका सुनका मुन्द्रा लुटेका थिए । ती मुन्द्रा भने प्रहरीले भेटाएको छैन । हत्यामा संलग्न भएको समयमा अभियुक्तले लगाएका कपडा, चप्पललगायतका प्रमाणहरू जुटेको ज्ञवालीले बताए । मृतक फुलमायाका स–साना तीन छोराछोरी र श्रीमान् हुनुहुन्छ । अभियुक्त प्रकाशको घरमा बाबुआमा मात्रै छन् । योगीका विरुद्धमा ज्यान मुद्दा दर्ता गरेर जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।