पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

काठमाण्डौंः डिजिटल वालेट चलाउने इ–सेवाको नामबाट ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् ।    ‘इ–सेवाको आधिकारिक कर्मचारी हुँ’, भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा काठमाण्डौंबाट शुभम साहलाई पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।    रौतहटको माधवनारायण नगरपालिका निवासी साहबाट ठगिएको भन्दै प्रेम बाँनिया, माधव लामिछानेलगायत ३३ जनाले कार्यालयमा उजुरी दिएपछि उनलाई पक्रउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।    कोइरालाका अनुसार साहले १६ लाख १३ हजार रुपैयाँ ठगि गरेको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । १९ वर्षीय साहले इ–सेवाको कर्मचारी भन्दै निवेदकहरुलाई खाता अपडेट गर्नुपर्ने भन्दै उनीहरुको मोबाइलमा पासवर्ड पठाई कोड नम्बर मागेर ठगी गरेको आरोप छ ।    प्रहरीले सुभमको साथबाट १ थान मोटरसाइकल, २ मोबाइल, १० थान सिमकार्ड, एटीएम कार्ड, नागरिकतालगायत बरामद गरेको छ । 

काठमाडौं:  काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह नै फेला पारेको हो।  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार लामो अनुसन्धानबाट नक्कली मदिरा उत्पादन र कालोबजारी गर्ने समूहमा संलग्न गिरोह फेला परेको हो।  नेपाल प्रहरीको अपराध अनुसन्धानको विशेष टोलीले माघ १३ गते ललितपुर महानगरपालिका– १ कुपण्डोलमा निरज उप्रेतीले सञ्चालन गरेको नेक्स टेस्ट लिक्वयर स्टोरमा खानतलासी गरेपछि  नक्कली खुकुरी रम फेला परेको हो । अनुसन्धान गर्दै जाँदा  प्रहरीले यसमा संलग्न अन्य गिरोह फेला पारेको हो।  अपराध अनुसन्धानको विशेष टोलीले माघ १४ गते शनिबार ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथलीका विभिन्न स्थानमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिराको नाम लिएर नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, रक्सीका खाली बोतल, राजस्व अन्त शुल्कको स्टिकर तथा लेवलिङ एवम् प्याकेजिङ गर्ने मेसिन बरामद गरेको छ।  अनुसन्धानका क्रममा प्रहरीले काठमाडौं मित्रनगरमा धर्मी गौडेलेले सञ्चालन गरेको एसटी लिक्वायर स्टोरमा खानतलासी गरेर गुणस्तरहीन खुकुरी रम, रुस्लान भोड्का ब्राण्डका मदिरासमेत बेचबिखनमा राखेको खुलासा गरेको छ।  नक्कली मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न स्टोरका सञ्चालक धर्मी गौडेलसहित निरज उप्रेती र गणेश बहादुर रानामगरलाई पक्राउ गरेर विशेष अनुसन्धान टोलीले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ। नक्कली मदिरा उत्पादन र बेचबिखनमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।  प्रहरीका अनुसार नक्कली मदिरा बनाउने र कालोबजारी कसुरमा पक्राउ परेका आरोपितमाथि प्रहरी परिसर काठमाडौंले यसअघिसमेत कालो बजार, सामाजिक अपराध तथा सजाय ऐन कसुरमा मुद्दा दर्ता गरेको खुलेको छ। यसअघि २०७९ भदौ ८ गते कालोबजारी कसुरमा मुद्दा दर्ता भएको खुलेको हो।  प्रहरीले उनीहरूको साथबाट ठूलो परिणाममा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा र खाली बोतल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।  ब्राण्डेडको नक्कली उत्पादन र बोतल  प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एपल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान् भोड्का १३२ बोतल बरामद गरेको जानकारी गराएको छ ।  त्यसैगरी प्रहरीले नक्कली मदिरा प्रयोग गर्न राखिएका स्वदेश तथा विदेशी ब्राण्डका खाली बोतलसमेत ठूलो परिणाममा बरामद गरेको छ । खुकुरी रमका ३९३, डबल ब्लयाकका १५, रेड लेबलका ५ थान, ज्याक ड्यानियल ६५ थान, सिग्नेचर ग्रिन ६७ थान, रुस्लान ५८ थान, सिग्नेचर रेड ३५ थान, गोल्डेन ओके ३३२ थान, वल्ड दरबार २३ थान, ८८४८ भोड्का ६ थान र आइकनिक भोड्काका ६० थान बोतल बरामद गरेको हो । नक्कली मदिरासँगै नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, कच्चा पदार्थ र उपकरण बरामद प्रहरीले बरामद गरेको छ ।

 विराटनगर:  विराटनगरबाट प्रहरीले आइतबार बिहान अन्दाजी १८ किलो गाँजा बरामद गरेको छ।  विराटनगर महानगरपालिका–६ र ११ को सिमानास्थित केशलिया नहरबाट प्रहरीले मोटरसाइकलसहित लागूऔषध गाँजा बरामद गरेको हो।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीलाई देख्नासाथ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १३ प ४६६८ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए।  मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।  उनका अनुसार मोटरसाइकलमै रहेको झोलाभित्र २१ वटा पोका गाँजा भेटिएको थियो। सबै गरेर लगभग १८ किलो गाँजा रहेको कोइरालाले बताए।  प्रहरीले गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। फरार रहेका चालकको भने खोजी तीव्र पारिएको एसपी कोइरालाले बताए। उनका अनुसार चालकको पहिचान खुल्न बाँकी छ। 

जनकपुरधाम:  धनुषा जनकपुरधामबाट प्रहरीले लागूऔषधसहित चारजना युवालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४ सय ९३ बोतल लागूऔषधसहित चारयुवालाई जनकपुरधाम पिडारी चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् । यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपक कुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।  अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पिडारी चोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागूऔषध ४ सय ९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए । उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरू समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

पोखराः    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई प्रकाउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका १७ शितलपथ स्थित चेकजाँच गर्ने क्रममा पोखरा महानगर २० स्थायी घर भई पोखरा १७ शितलपथ बस्ने बस्ने २२ वर्षीय सुजन गुरुङलाई प्रकाउ गरेको हो ।  प्रहरीले गुरुङको घरको कोठाबाट डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २९० एम्पुल लागूऔषध बरामत गरेको हो ।  प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्की लागूऔषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी  अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 

विराटनगर:  अवैध घरेलु मदिरासहित विराटनगरबाट ३ जना पक्राउ परेका छन्।  अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले अटोमा लोड गरी ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिएको हो।  को १ ह १८६९ नम्बरको टेम्पोसहित उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर–५ बस्ने वर्ष ३६ का दिपेन्द्र अमात्य, बेलबारी–११ बस्ने वर्ष ३७ की सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई छन्।   बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाईएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए। उनले पक्राउ परेकामाथि आवश्यक कारबाही अघि बढाईएको बताए।

बारा जिल्लामा प्रहरीले एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।    गत सोमबार जिल्ला प्रहरी कार्यालय, बाराको टिमले जिल्लामा रहेका ३ सय ३२ फरार प्रतिवादीलाई पक्राउ गरी मंगलबार अदालतमा पेश गरेको छ ।    पक्राउ परेका फरार प्रतिवादीमध्ये केही ६ वर्ष ५ महिना बढी कैद सजाय तोकिएका दोषी छन् । जिप्रका बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजेश थापाका अनुसार उक्त सजाय भुक्तान गर्नुपर्ने फरार प्रतिवादी कलैया उपमहानगरका विजय दास हुन् ।    त्यस्तै, बैंकिङ् कसुर मुद्दामा ७ लाख रुपैयाँ जरिवाना तोकिएका एजाजुल हक अन्सारी र अन्य मुद्दाका प्रतिवादी रहेका छन् ।      एकैदिन भारी संख्यामा पक्राउ गर्न सफल भएपनि त्यसको तयारी १५ दिन अघिदेखि सुरु गरेको प्रवक्ता थापा बताउँछन् । ‘हाम्रो टिमले १५ दिन अघिबाटै रेकी सुरु गरेको हो’ थापाले भने ‘सबैको लोकेशन लिएर प्रहरीले अन्य यूनिटको समेत सहयोगमा एकैदिन पक्राउ गर्न सफल भयौं ।’   फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चलाएको बारा प्रहरीले ४ सयको हाराहारीमा जनशक्ति परिचालन गरेको थापाले जनाए ।    ठूलो संख्यामा पक्राउ गरी सफलता हासिल गरेपनि बारा प्रहरीको लागि चुनौति भने सकिएको छैन । बारा जिल्ला अदालतको तथ्यांक अनुसार अझै करिब १३ सय जना प्रतिवादी पक्रने जिम्मा बारा प्रहरीलाई छ ।    कहिले समातिन्छन् १३ सय प्रतिवादी ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘प्रहरीको कामै त्यही हो, शान्ति सुरक्षा र अदालतको फैसलापछि हामी एक्सनमा जान्छौ, प्रहरीसँग भएको सिमित स्रोत र साधनका बावजुद पनि हामी छिट्टै नतीजा दिनेछौं ।    पक्राउ परेकामध्ये ३६ जनालाई पर्सा कारागार चलान गरिएको छ भने अन्य जरिवाना भुक्तान गरी मुक्त भएका छन् । फरार प्रतिवादी पक्रने कार्यलाई अभियानकैरुपमा अघि बढाइएको जिप्रका बाराले जनाएको छ ।   

काठमाडौं:    बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ ।  न्यायाधीश दीपक ढकालको इजलासले हिजो पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने मुलुकी ऐनमा व्यवस्था छ तर अदालतले सजाय निर्धारण गर्न बाँकी छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो । सामाजिक सञ्जालमार्फत् बलात्कारपछि फोटो र भिडियो खिचेर पाण्डेले ‘ब्ल्याकमेल’ गर्दै छ महिनासम्म निरन्तर यौनशोषण गरेको आरोप पीडितले लगाएकी थिइन् । त्यस घटनाको सर्वत्र छानबिन गर्न मागको आवाज उठेपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

काठमाडौं:  नेपाल टी २० क्रिकेटमा म्याच फिक्सिङ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै टी २० क्रिकेटको म्याच फिक्सिङमा १० जनाको संलग्ना रहेको जनाएको छ।  अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले म्याच फिसिक्सङमा संलग्न १० जनाको नाम खुलाएको छैन। काठमाडौं नाइट्स, विराटनगर सुपर किंस्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नतामा म्याच फिक्सिङ भएको प्रहरी अनुसन्धानले देखाएको छ।  म्याच फिक्सिङमा विदेशी खेलाडीको समेत संलग्नता देखिएको छ। ब्यूरोले फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वक्रिकेटर महबुब आलम र अहिलेका क्रिकेटर आदिम आलमलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।  ब्युरोले आदिललाई राजविराज र महबुबलाई विराटनगरबाट पक्राउ गरेको थियो।