पर्सामा लागू औषधसहित ५ जना पक्राउ

पर्सा | चैत १८, २०७९

पर्सामा लागू औषधसहित ५ जना पक्राउ

वीरगन्ज : पर्साका विभिन्न स्थानबाट प्रहरीले लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो।

 

पक्राउ पर्नेहरुमा छिपहरमाई गाँउपालिका ४ का २२ वर्षीय चन्दनकुमार साह, २० वर्षीय अरबाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्।

 

जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा  तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। 

 

यस्तै पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्। जीतपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो।

 

त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षीय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षीय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए। 

 

गाँजा सहित पक्राउ परेका पाँचै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। 

गण्डकी:    सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक  उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ । ललितपुरको बालकुमारीमा मङ्गलबारदेख...

थप पढ्नुहोस्

पोखरा:    स्व. मदनकुमार भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा मदन–आश्रित पार्क सरसफाईसँगै माल्यार्पण गरिएको छ ।    नेकपा एमाले कास्कीको आयोजनामा पोखरा महानगरपालिका&n...

थप पढ्नुहोस्