पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

पोखराः   जिल्ला प्रहरी कार्यालय कास्की  आउन लागेका डिएसपी ठगबहादुर केसी प्रकाउ परेका छन् ।    अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीको अनुसन्धान टोलीले  नियन्त्रणमा लिएको हो ।    डिएसपी केसीलाई भर्खर जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको थियो । कास्कीका डिएसपी सुन्दर तिवारी सरुवा भएपछि केसी आउने तयारी थिए। सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।   गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो। डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।   केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई आउने तयारी थिए।

काठमाडौंः    विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उनले बताए । सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौँबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ । झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कोइरालाले बताए ।

काठमाडौं:  सामाजिक सञ्जाल मार्फत महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ ।    फेसबुकमा साथी बनाई विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएको आरोपमा  ३१ वर्षीय विश्वनाथ कुर्मीलाई पक्राउ गरेको हो ।    रुपेन्देही शिद्वार्थनगर नगरपालिका वडा नं। ११ घर भई हाल वैदशिक रोजगारमा रहेका कुर्मीलाई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको साइबर व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।  विज्ञप्तिमा कुर्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको ओदेशमा ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको उल्लेख गरिएको छ ।

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । 

काठमाडौं:  नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज (शुक्रबार) पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए । त्यहाँ पुर्याएपछि बिट क्वाइनमा इन्भेष्ट गराउनेलगायतका गैरकानुनी काम लगाउनुका साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकम लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा चलान गरिएको छ ।

गत शनिबार पोखराको लेकसाइडस्थित रोलिङ् स्टोन रक बारमा दुई पक्षबीच सामान्य निहुँमा झडप भएको छ ।    डान्सफ्लोरमा नाचिरहेकोबेला एकापसमा ठोक्किने क्रममा विवाद बढेपछि केही समय स्थिति असमान्य भएको रोलिङ् स्टोन स्रोतले बताएको छ । बिरौटाका एक युवा नयाँबजारको समूहसँग ठोक्किएपछि भनाभन भएको र पछि उनीमाथि कुटपिट भएको हो ।    बिरौटाका युवा ९ जनाको समूहमा रहेको र नयाँबजारको समूह ठूलो रहेको बताइएको छ । भनाभनकैबीच नयाँबजारको समूहले बियरको बोत्तलले प्रहार गर्दा बिरौटाका २ जना घाइते भएका छन् ।    स्थितिलाई नियन्त्रणमा लिन बारका बाउन्सरले एक समूहलाई बाहिर निकालेको थियो । झडपबाट बारमा कुनैपनि क्षति नभएको सञ्चालक रोशनजंग कार्कीले बताए ।    ‘खासै ठूलो घटना होइन, र हाम्रो भौतिक क्षति भएको छैन’ सञ्चालक कार्कीले भने ‘हामी हाम्रो ग्राहकको सुरक्षामा सचेत छौं ।’   बारबाट एक समूहलाई बाहिर निकालेको खबर प्रहरीमा पुगेपछि वडा प्रहरी कार्यालय बैदामले स्थिति नियन्त्रणमा लिएको थियो । यस विषयमा अहिले बैदामका डिएसपी युवराज भण्डारीको रोहबरमा छलफल भइरहेको छ ।    यस्तै, दुबै समूहले गल्ती स्वीकार्दै एकापसमा मेलमिलाप कायम गर्ने नीति अपनाउने जनाएका छन् । 

 काठमाडौं:  प्रहरीले ९० वर्षीया वृद्धाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ६ पुशलका ३९ वर्षीय नरेन्द्र शिवभक्ति रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । राहत दिइरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको प्रहरीको भनाइ छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्याङ्जा: स्याङ्जाको फेदिखोला गाउँपालिका ४ मा रहेका विभिन्न विद्यालयबाट सामानहरु चोरी गर्ने, चोरिका सामान किनबेच गर्ने ७ व्यक्तिहरु पक्राउ परेका छन् । २०७८।११।२२ गते राती फेदीखोला गाउँपालिका ४ टार्केमा रहेको आरुखर्क आधारभुत विद्यालयबाट कम्प्यूटर १ सेट, प्रिन्टर १ थान, मल्टिप्लग १ थना र २०७८।११।२४ गते राति आरुखर्क तल्लाचौरमा रहेको राम्चेदेवी आधारभुत विद्यालयबाट प्रोजेक्टर १ थान, डेल कम्पनीको कम्प्युटर १ सेट, एचपी कम्पनीको प्रिन्टर १ थान, ब्रोदर कम्पनीको फोटोकपी मेशिन १ थान, मल्टिप्लक १ थान चोरी भएको भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द खनाल जानकारी दिनुभयो । पक्राउ पर्नेमा स्याङ्जा फेदिखोला गाउँपालिका ४ बस्ने २६ वर्षीय प्रेम विक, सोही ठाउँका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका ४ बस्ने १९ वर्षीय समिर सुना, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की पोखरा ८ नागढुङ्गा बस्ने २९ वर्षीय राजु मजाकोटी, लमजुङ, सुन्दरबजार नगरपालिका ११ घर भई हाल कास्की, पोखरा महानगरपालिका १० रामबजार बस्ने २७ वर्षीय अमृत दरा,पोखरा महानगरपालिका २८ घर भई २६ बस्ने २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका २१ घर भई १७ बस्ने दिपेन्द्र पोखरेल रहेका छन् । पक्राउ परेकामध्ये फेदिखोला गाउँपालिकाका प्रेम विक, सुमन सुनार र पुतलीबजार नगरपालिकाका समिर सुनार चोरी संलग्न भएको र बाँकी चार जना चोरी भएको समान सप्लाई र खरिद विक्रीमा संलग्न  रहेका थिए । चोरीका सामानमध्ये १ थान प्रोजेक्टर र १ थान प्रिन्टर लगायतका अन्य सामाग्रीहरुको अनुसन्धान गरी बरामद गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।  घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई चोरी तथा डाँका मुद्धा दर्ता गरी  स्याङ्जा जिल्ला अदालबाट आज म्याद थप गरी अनुसन्धान गरीरहेको खनालले जनाउनुभएको छ ।

पोखराः   अनलाइन बेटिङ् व्यापक भएको सूचना पाएपछि चनाखो बनेको नेपाली प्रहरी फुटबल विश्वकप आयोजना भएसँगै फुटबलमा सट्टाबाजी गराएको आरोपमा एक एजेन्टलाई प्रकाउ गरेको छ ।    बेटिङ एप वान एक्स बेट लगायत एपमार्फत् सट्टाबाजी गराएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।    कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार काठमाडौं महानगरपालिका – २८ बाट काठमाडौं २ टोखा चण्डेश्वरी बस्ने २४ वर्षीय  सुजन गौलीलाई प्रकाउ गरेको हो ।  उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।  एसपी कोइरालाका अनुसार गौली वान एक्स बेटमा सट्टाबाजी गराउने एजेन्ट हुन्। उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन समेत पाउँथे। जसले गर्दा उनले धेरैभन्दा धेरै जनालाई सट्टाबाजीमा संलग्न गराउने प्रहरीले बताएको छ।  प्रहरीले प्रारम्भिक अनुसन्धानको लागि इसेवा, आइएमइ पे, खल्तीबाट मात्रै दुई करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।  यस्तै, २६ वटा अन्य डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत् ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँको कारोबार देखिएको एसपी कोइरालाले बताए। योसँगै उनको विभिन्न खाताहरूबाट मात्रै १० करोड ९ लाख २२ हजार १८४ रुपैयाँको कारोबार भएको देखिएको छ।  एसपी कोइरालाका अनुसार उनले १ वर्षदेखि यो काम गर्दै आएका थिए।  यसरी बेटिङको काम सञ्चालन गर्नेहरूको सन्जाल कत्रो छ वा को को हुन् भन्नेबारेमा पनि थाहा पाउन मुश्किल भएको प्रहरीले जनाएको छ। ‘हामीले पक्राउ गरेका व्यक्तिहरूलाई पनि को(को एजेन्ट हुन् भनेर थाहा छैन भन्छन्। यिनीहरूलाई पनि सामाजिक सञ्जालमा आएको विज्ञापनमार्फत् पछ्याएका हौं,’ उनले भने।