जातीय भेदभाव गरेको भन्दै माछापुच्छ्रेका जनप्रतिनिधिसहित ४ जना विरुद्ध जाहेरी

कास्की | चैत ७, २०७९

जातीय भेदभाव गरेको भन्दै माछापुच्छ्रेका जनप्रतिनिधिसहित ४ जना विरुद्ध जाहेरी

पोखराः   कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा ब्रन्तबन्धको भोजमा जातीय भेदभाव गरेको भन्दै नारायण (दमै) परियारले ५८ औं अन्तरराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसकै दिन माछापुच्छ्रेका जनप्रतिनिधिसहित चारजना विरुद्ध जाहेरी दिएका छन् ।  

 

माछापुच्छ्रे गाउँपालिका ५ का वडासदस्य रामजी लामिछाने रिभानका सुजन लामिछाने, सरिता लामिछाने र सन्तोष परियारले निम्तो दिएको ब्रतबन्धको भोजमा जातीय भेदभावसहित गालीगलौज गरेको भन्दै नारायण दमै परियारले आज (मंगलबार) जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेका हुन् ।  

 

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले ४ जना विरुद्ध जाहेरी दर्ता भएको बताए ।  ‘जातीय छुवाछुटको विषयमा जाहेरी दर्ता भएको छ, डिएसपी विकले भने, ‘त्यो विषयमा आवश्यक अनुसन्धान अघि बढाइसकेका छौं ।’

 

उनले आरोपित रामजी लामिछाने जनप्रतिनिधि भए नभएको बारेमा नखुलेको बताए ।  ‘आरोपी लामिछाने जनप्रतिनिधि भए नभएको बारेमा बुझ्दै छौ हाललाई खुलेको छैन ।’ उनले भने ।

 

जाहेरी दिएका परियारले आफुलाई भाेजमा निम्तो दिएर जातीय भेदवाभ गरेको भन्दै उजुरी दिएको बताए । 

 

उनले ब्रतबन्धको भोजमा बोलाएर उच्चजातीले खाने खाना छोएको र त्यो खाना सबै फालेको भन्दै आरोपीत सन्तोष परियारले फोनमा धम्की दिदै १ लाख ५० हजार रुपैयाँ जरिवाना माग गरेको पीडित परियारले जानकारी दिए ।

 

नेपालको संविधान २०७२ को धारा २४ को उपधारा १ अनुसार जातीय भेदभाव गर्न ले स्पष्ट भनेको छ,   ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।’ 

 

सो कानून अनुसार कसैले कसैलाई पनि जातीय छुवाछुत गर्न पाइदैन । 

 

जातीय भेदभाव गरे भन्ने लाग्दैन ? भन्ने सुनगाभा न्यूजको प्रश्नमा आरोपीत रामजी (माछापुच्छ्रे गाउँपालिका ५ का वडा सदस्य) लामिछाले जवाफिदै आफुले जातीय छुवाछुत नगरेको बताए । उनले भने, ‘कोही बफ खाने, कोही मटन खानेहरुको छुट्टै भान्सा थियो । त्यही हो अरु केही पनि भएको होइन ।’

 

घटनाक्रम...

 

पीडित नारायण (दमै) परियारका अनुसार  कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा सन्तोष परियारले फागुन २५ गते साहिल र समिर परियारको ब्रतन्बधमा पाहुनाका रुपमा आफु (नारायण (दमै) परियार), जोगेन्द्र दास परियार, नरबहादुर कुमाल र मीनबहादुर परियार त्यहाँ पुगे । 

धर्मसंस्कार अनुसार टिकाटाला दान दक्षिणा गरेपछि भोज खान भनि भान्सातर्फ गए । त्यहाँ रहेका (आरोपित पीडक) मध्ये सरिता लामिछानेले तिमी के थरि हौं  भनि सोध्नुभयो म आजको कर्ताको आफन्त हुँ भनेपछि तिमी दमैहरुलाई यहाँ होइन तिम्रो भान्सा छुट्टै छ भन्दै म (जाहेरवाला) लाई भान्साबाट करिब २० मिटर पर नै रोक्नुभयो ।  

 

मैले छुट्टाछुट्टै भान्सा भएको मलाई थाहा भएन र पनि म भैसीको मासु नखाने भएकोले म यहाँको भान्सामा नै भोज खान्छु । मैले यही भान्सामा खादा के हुन्छ भनेर प्रतिप्रश्न गर्दा यो बाहुन भान्सा हो यहाँ ब्राम्हण क्षेत्रीले मात्र खाने हो, यहाँ वृद्ध बुवा आमाहरु हुनुहुन्छ, तिमीहरुले छोएको खानु हुदैन भन्नु भयो ।

 

मैले अहिलेको समयमा पनि यस्तो कुरा नगर्नु भन्दा एक्कासी तिमी दलितहरु ठुला पल्टिन्छौ, (आरोपीहरुले) एक मुख लगाउदै हाम्रा भान्सा जुठो भयो भन्दै रामजी लामिछानेले भान्सामा भएको दाल भात तरकारी भुइमा फालीदिनु भयो भने सुजन लामिछानेले पनि तिमी दमैहरु किन बाहुन भान्सामा आउने ? सबै भान्सा बिटुलो भयो भन्दै अपमान गरे । 

 

त्यसरी उनीहरुले अपमान गरेपछि आरोपी सन्तोष परियारलाई सो कुरा भन्दा छुट्टाछुट्टै भान्सा छत किन बाहुन भान्सा गएर छुवाछुत गरेको तनी भनि उल्टै मलाई सम्झाएपछि मलाई बस्न खान मन नलागेर मेरो घरमा पारिवारिक समस्यासमेत भएकोले तुरुन्तै घर फर्किए । 
 

त्यसपछी मलाई निम्ता गर्ने आरोपी सन्तोष परियारले फोन गरी तिमीले भान्सामा गई छोइदिएकाले सबै पाकेको खानाहरु फालिदिए  । मेरो (एक लाख पचास हजार रुपैया)को खाना खेर गयो मेरा पाहुनाको पनि अपमान भयो । 

त्यसैले तिमीले हाम्रो धर्म संस्कारलाई नमानी मेरो ब्रतबन्धको कार्य नै बिफल बनायौ । अब तिमिलाई हाम्रो कुल कुटुम्बबाट निकाल्छौ हाम्रो कुल मन्दिरमा पनि प्रवेश छैन । तिमीले दिएको घन्टी पनि लैजाउ भन्दै तिमीले जसरी पनि मेरो रकम तिर्नु बुझाउनु पर्याे भनी फोनमा धम्काउनु भयो । 

 

कानून बमोजिम सजाय हुनुपर्ने माग

 

जातीय छुवाछुट गरेकोले जाहेरी दिदै पीडित परियाले कानून बमोजिम सजाय हुनुपर्ने माग गरेका छन् ।

 

उनले दिएको जाहेरी अनुसार नेपालको संविधान, २०७२ धारा १६ र २४ विपरित तथा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा (३) विपरित र दफा (४) १ को उपदफा २ (क) मा प्रवेश गर्न, उपश्थित हुन भाग लिन निषेध गर्न वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने भनि गरेको र उपदफा १२ समेतको परिभाषित कसूर गरेका हुदा निज आरोपीलाई तत्काल पक्राउ गरी अनुसन्धान गरी सोही ऐनको दफा ७ (१) को (क) बमोजिम र आरोपी रामजी लामिछाने जनप्रतिनिधि समेत भएकोले दफा ७ (२) बमोजिम थप सजाय गरि हदै सम्म सजाय गरि पाऊ साथै निज आरोपीहरुबाट दफा ९ बमोजिम क्षतिपुर्तिसमेत दिलाउनु पर्ने माग छ । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्