काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका&ndas...

चितवन : पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एकजना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो ।    पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

काठमाडौं :विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ गरेको हो। उनी थाइल्याण्डबाट स्वदेश फर्किदै थिए।   साइबर व्युरोका प्रवक्ता पशुपति कुमार रायले रेग्मीलाई पक्राउ गरिएको जानकारी दिए। रायका अनुसार उनीविरूद्ध साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न पक्राउ गरिएको हो।    उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन्।   सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ।

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् ।   विमानस्थलबाट भारततर्फ लैजान लागेको एक लाख २६ हजार तीन सय कतारी रियालसहित शुक्रबार दिउँसो प्रहरीले २९ वर्षीय टर्कीस् नागरिक हिडिल कायन सरिकक्मारलाई पक्राउ गरेको हो ।   एयर इन्डियाको उडानमार्फत दिल्ली जान लागेका सरिकक्मारलाई साथमा लुकाइ राखेका उक्त कतारी रियालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

दमक:  पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ ।    मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–३ का २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   एउटा क्यारेटमा एक दर्जन अन्डा ल्याइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा बीचमा एउटा अन्डामा सानो दुलो बनाई त्यहीँभित्र प्लास्टिकमा पोको पारेर ब्राउन सुगर लुकाएर राखेको पाइएको प्रहरीको भनाइ छ । उनीहरूले यसरी लागूऔषध ल्याउँदा प्रहरीले शङ्का नगर्ने ठानेर यो विधि अपनाएको हुन सक्ने बताइन्छ । लागूऔषध कारोबारी तथा प्रयोगकर्ताले अचम्म–अचम्मको उपाय र नयाँ–नयाँ विधि अपनाएर लागूऔषध ल्याउने गरेको पाएका छौँ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गा रेग्मी बताउनुहुन्छ ।    लागूऔषधको कारोबार गर्नेलाई कडा निगरानीमा राखिएको र जस्तोसुकै अवस्थामा पनि पक्राउ गरेर कारबाही चलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिइएको रेग्मीले जनाउनुभएको छ । जिल्लामा प्रमुख समस्यामध्ये एउटा लागूऔषधको कारोबार तथा प्रयोग रहेको बताइने गरिएको छ ।

धनगढी:  कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् ।   नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले  पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका-४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ ।   उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाा र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए ।   उनकाअनुसार उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको छ ।   बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

काठमाडौं :  कीर्तिपुरबाट प्रहरीले सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ।    त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।   उनका अनुसार उनी सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो।    'अहिले उहाँलाई आशंका लागेर नियन्त्रणमा लिएका हौं,' उनले भने, 'अहिले अनुसन्धान गरिरहेका छौं।'   त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

गत माघ १ गते राजधानीको ल्होत्से मलमा भएको लुटपाट र आगजनी एवं तोडफोडमा संलग्न रहेका १५ मुख्य आरोपीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।    कार्यालयले जनाए अनुसार मोबाइल लुटपाटमा संलग्न सुरज मगर, रितेश बस्नेत र यमन राई रहेका छन् ।    त्यस्तै, तोडफोड र आगजनीमा मुख्य भूमिका खेलेको आरोपमा सुमन कालिकोटे, रोमन नगरकोटी, सुदिप तामाङ् माधव शाही, केशर राई, इन्द्र तामाङ्, इलाराज गुरुङ, राजन राउत, हरिशरण तामाङ, विकास गुरुङ् रहेका छन् ।    अन्य आरोपीमा संविधान परियार र कविन खड्की रहेको कार्यालयले जनाएको छ ।      आरोपीहरुलाई थप अनुसन्धान तथा कारवाहीकालागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाईको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।  गत सोमबार यातायात मजदुरले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेको थियो।   आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुइटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने ट्राफिक आइल्यान्ड पनि भत्काएका थिए।    यता त्यही बेला एक समूहले ल्होत्से मलमा लुटपाट गरेका थिए।   

दैलेख : दैलेखमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका हुन् ।   खड्काले सोमबार राती श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । काठको गरालो घटनास्थलमा भेटिएको र सोहि गरालोले प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताए ।    डीएसपी लम्सालका अनुसार खड्का र बिसीको गत मंसिरमा विवाह भएको थियो । खड्काले विवाह गरेको तीन महिना नबित्दै श्रीमतीको हत्या गरेका हुन् । मृतक बिसीको माइती घर गुराँस गाउँपालिका–६ मा हो ।    ‘पति पत्नी दुवै अशक्त हुनुहुन्छ,पति बोल्न नसक्ने र कान नसुन्ने हुनुहुन्छ,पत्नी सुस्त मनस्थितीको रहेको अनुसन्धानबाट खुलेको छ,'डीएसपी लम्सालले भने, ‘सोमबार पति पत्नीबीच सामान्य झै–झगडा परेको हुनसक्छ,पत्नी हत्यामा संलग्न खड्का बोल्न नसक्ने  र कान नसुन्ने भएका कारण के कारणले हत्या गरेको भन्ने खुलेको छैन् ।’   खड्कालाई प्रहरीले पक्राउ गरेको छ। मृतकको तर्फबाट भिनाजु नाता पर्नेले जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान थालिएको डीएसपी लम्सालले बताए । मृतकको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको छ । 

पोखराः अपराध जगत्मा पछिल्लो माध्यम बनेको छ इन्टरनेट । यही इन्टरनेटको सहाराले पोखराका आशिष परियारले अमेरिकामा रहेका नेपालीको नगद कुम्ल्याए ।   परियारले अमेरिकामा रहेका एक नेपालीको फेसबुक प्रोफाइल ह्याक गरी नेपालस्थित उनको साथीलाई समस्या परेको भन्दै केही पैसा तुरुन्त पठाइदिन आग्रह गरे । म्यासेजमा बैंक खातासमेत उल्लेख गरिएको थियो ।      म्यासेज प्राप्त भएपछि उनले तुरुन्तै मोबाइल बैंकिङमार्फत ५० हजार रुपैयाँ पठाइदिए । पैसा पठाएको २ दिनसम्म पनि अमेरिकामा रहेका साथी सम्पर्कमा नआएपछि बुझ्ने क्रममा उनका साथीमार्फत सामाजिक सञ्जाल ह्याक भएको सूचना पाए ।    सूचना पाएलगत्तै पीडितले साइबर ब्यूरोमा गत ११ गते निवेदन दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।    निवेदन पाएपछि ब्यूरोको टोलीले अनुसन्धान अघि बढाई २६ गते परियारलाई पक्राउ गरेको छ । पोखरा लामाचौर स्थायी ठेगाना भएका २३ वर्षे परियारलाई काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको  प्रहरी उपरीक्षक रायले बताए ।    ‘हामीले बल्ल गहन अनुसन्धान सुरु गरेका छौं’ राय भन्छन् ‘पोखरा घर भएपनि उनी राजधानी बस्दै आएको थाहा भएको छ, अहिले सबै जानकारी दिन असमर्थ छौं ।