प्रहरी एक्कासी पुग्दा बियरको चुस्कीमा रमाइरहेका थिए टोपबहादुर

पाेखरा | जेठ २, २०८०

प्रहरी एक्कासी पुग्दा बियरको चुस्कीमा रमाइरहेका थिए टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता गत आइतबार बियरको चुस्कीमा रमाइरहेकाबेला बुढानिलकण्ठको पासिकोट क्षेत्रबाट पक्राउ परेका हुन् । 

 

नेपाल प्रहरीको विशेष ब्यूरोबाट प्राप्त जानकारी अनुसार त्यस साँझ निकै ठूलो हावाहुरी चलिरहेको थियो । सोहीबेला ब्यूरोको टोलीले पाएको सूचनाको आधारमा रायामाझीलाई पक्राउ गर्न टोली खटिएको थियो । 

 

पौडेल थरका आफन्तको घरमा लुकिबसेका रायामाझी प्रहरी पुग्दा बियरको चुस्कीमा रमाइरहेका थिए । उनी बियरमा रमाउँदै नक्कली भुटानी शरणार्थीबारे समाचार र जानकारी लिइरहेको ब्यूरो स्रोतले जनाएको छ । 

 

शनिबार पोखराबाट काठमाण्डौं पुगेका रायामाझी २४ घण्टा नबित्दै पक्राउ परेका हुन् । उक्त क्षेत्रमा धेरै घर नरहेको र अर्काे एक २ तले घर रहेको बताइएको छ । उक्त २ मध्ये कुन घरमा लुकेको हुनसक्छन् भनेर प्रहरीले रेकी गरेको बताइएको छ । 
 

 

रेकी र अन्य सूचनाको आधारमा ३ तले घरमा रायामाझी रहेको कन्फर्म भएपछि प्रहरीले उक्त घर घेरेर साँझपख भित्र पसेको थियो । सामान्य बल प्रयोग गरी भित्र पस्दा रायामाझी अन्य चार जनासँग बियरको तालमा मस्त थिए ।

 

पक्राउपछि उनको स्वास्थ्य जाँच गर्न तिनकुनेस्थित कान्तिपुर अस्पताल पु¥याइएको थियो । बोली लर्बरिएको र धुत्त अवस्थामा समातिएका रायमाझीले अस्पतालमा बियर पिएको स्वीकारेका थिए । 

 

त्यसपश्चात् प्रहरीको टोलीले उनलाई महानगरीय प्रहरी परिसर टेकु लगेको थियो । त्यसयता त्यहीबाट उनको मुद्दा अघि बढेको छ भने सोमबार राती १० बजे उनको बयान सकिएको छ । 

 

 

प्रहरीसँग ‘आफै उपस्थित हुन्छु’ भनेर टाप कसेका रायामाझीले १० दिनसम्म झुक्याउन सफल भएपनि अन्ततः प्रहरीको विशेष ब्यूरोले पक्रन सफल भएको हो ।

 

यस प्रकरणमा पक्राउ परेका १४ जनामध्ये सापकोटा पदीय हिसाबले उच्च ओहदामा रहिसकेका छन् । रायमाझी नेकपा एमालेको सचिव र पूर्वउर्जामन्त्री हुन् । 


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्