अर्मलाकोट होमस्टेमा हाइकर्स क्लब
पाेखरा | जेठ २, २०८०

पोखरा: पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङका माध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिक होमस्टेमा सम्पन्न गरेको छ ।
हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्ष बबिता गुरुङ, आमा समुह अध्यक्ष झलश्री गुरुङ लगायतका आमा दिदीबहिनीहरुले फ्ुलमालाले स्वागत गरेका थिए ।
सहभागीले आफ्नै खर्चमा हाइकिङमा जोडिदै आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नु राज्यको लागि ठुलो योगदान रहेको हाइकिङमा पहिलो पटक सहभागी पोखरा महानगरपालिका वडा नंं २१ का निवर्तमान वडा अध्यक्ष खगराज आचार्यले वताएका छन् । उनले हाइकर्स क्लबले स्वतःस्फुर्त रुपमा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान दिएकोले यस प्रकारका कार्यक्रममा स्थानिय सरकारले सहयोग गर्नुपर्ने वताएका थिए ।
विगत ४ वर्ष अगाडिबाट नियमित रुपमा हाइकिङ कार्यक्रम गरिर्दै आएकोमा कोभिड महामारीको कारण केहि समय रोकिएतापनि त्यसपछिका दिनहरुमा नियमित हाइकिङ कार्यक्रम गरिर्दै आएको र त्यसपछिका कायएक्रमहरुमा सहभागिहरुको संख्या पनि वढ्दै गएको संयोजक पत्रकार कृष्ण रानाभाटको अनुभव छ । रानाभाटका अनुसर क्लबलाई विधिवत दर्ता गरेर आगामि दिनमा व्यवस्थित पार्दै सम्बन्धित निकायको सहकार्यमा हाइकिङ कार्यक्रम संचालन गर्ने बारे धेरै काम अघि वढिसकेको छ ।
उनले हाइकर्स क्लबको स्थापनामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलको अग्रणि भुमिका रहेको वताउँदै क्लबको स्थापना गर्नुपर्छ भनेर लागि पर्ने संस्थापक प्रविण तुलाचन प्रति विशेष धन्यवाद दिएका थिए ।
क्लबका सदस्य तथा टे«किङ गाईड सुन्दर त्रिपाठीले पहिलो पटक हाइकिङमा सहभागिहरुलाई पदायात्राका क्रममा आउन सक्ने स्वास्थ्य तथा अन्य समस्याका वारेमा वताउर्दै समाधानका उपायका बारेमा वताएका थिए ।
त्यसै गरी क्लबका उपाध्यक्ष ज्योति हमाल, कानुनी सल्लाहकार अधिवक्त मनोज घर्तिमगर क्लबले आगामि दिनहरुमा हाइकिङका सथै सामाजिक कार्य पनि गर्नुपर्ने भनाई राखेका थिए ।
क्लबका आइटि संयोजक वेवपेज नेपालका प्रवन्ध निर्देशन पितम सेन ठकुरीले हाइकिङमा सहभागी हुन अनलाईन फर्म अनिवार्य गराउनु पर्ने धारणा राखेका थिए । यसो गर्न सकिएमा यातायात र खाना खाजाको लागि व्यवस्थित गर्न सजिलो हुने उनको भनाइ थियो ।
हाइकिङमा कालाबाङ घरेडी सामुदायिक होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, धनश्याम पौडेल, मोहन खत्री, शालिकराम भण्डारी, प्रमिसा सिलवाल, आरती रानाभाट, राजेन्द्र वस्याल, खाम केसी, हरि शर्मा, हरि रानाभाट लगाएत ३६ जना सहभागिता रहेको थियो ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...