नक्कली शरणार्थी काण्ड: १६ जनालाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं | जेठ ८, २०८०
तस्बिर: सुजन गुरुङ
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।
त्यस क्रममा अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको न्यायधीवक्ता महेशकुमार खत्रीले जानकारी दिए ।
उनले प्रहरीले अनुसन्धान टुङ्ग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमबार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्नुपर्ने बताए ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पश्चात् अभियोजनको काम गर्ने बताउनुभयो। उहाँले थप अनुसन्धान प्रतिवेदन आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पारिने सुनाए ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

