पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले हिट एण्ड रनमा फरार व्यक्तिलाई ५ दिनपछि पक्राउ गरेको छ ।   कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा ...

नवलपुर:  इलाका प्रहरी कार्यालय दुम्किबासले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुक बहादुर विक रहेका छन् ।   प्रहरीका अनुसार गत सोमबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी दिएका थिए । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई हिजो (बिहीबार) दिउँसो पक्राउ गरेको हो ।   सुकबहादुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ९ जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले बिहीबार पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजबाट नगद रु ९४ हजार ४० र ३ बुक ताससहित पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा  पोखरा ५ बस्दै आएका म्याग्दीको धौलागिरी गाउँपालिका–१ का ५१ वर्षीय पदम लामासहित ९ जना रहेका छन् ।    पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:    जिल्ला अदालत कास्कीले बाल विवाह मुद्धामा ३ महिना कैद सुनाइएका बुद्धिसरा र बिनितालाई प्रहरीले १ वर्षपछि प्रकाउ गरेको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने सरस्वती वि.क भन्ने बुद्धिसर विक र बिनिता विकलाई जिल्ला अदालत कास्कीले ०७९ फागुन २५ गते ३ महिना कैद, २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय जरिवाना फैसला गरेको थियो ।  अदालतको फैसला अनुसार २ महिना १८ दिन कैद सजाय र २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय रुपैयाँ भुक्तान गर्न बाँकी रहेका बुद्धिसरा र बिनितालाई प्रहरीले हिजो (बुधबार)पोखराको हरिचोकबाट प्रकाउ गरेको हो ।   

पोखरा:   पोखरा २ बागलुङ बसपार्कमा गएराती सवा ११ बजे दुईजनालाई काठको मुढढा प्रहार गरेका एक युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा प्युठान स्थायी घर भएका हाल बागलुङ बसपार्कमा बस्दै आएका २६ वर्षीय सुमन केसी रहेका छन् ।   कास्की प्रहरीका अनुसार केसीले ७० वर्षीय देव रावत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको मुढा प्रहार गरी घाइते बनाएर फरार थिए ।   घाइते अवस्थामा प्रहरीले फेला पारेपछि उपचारका लागि सहारा अस्पताल पठाएको थियो ।    त्यसपछि फरार रहेका केसीलाई वडा प्रहरी बैदाम र जिल्ला प्रहरी कार्यालयले खोजी गरेको थियो । केसीलाई आज बिहान करिब २ बजे नालामुखबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।   उनका अनुसार केसीलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।  

पोखरा:   पोखरा आउने पर्यटकलाई अनेक बहानामा हैरानी पार्ने आरोपका कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा ९ बसपार्क बस्ने ४० वर्षका रुपेन्द्र श्रेष्ठ, ३२ वर्षका मोहन आचार्य, ४० वर्षका नारायण अधिकारी, ४४ वर्षका श्याम प्रसाद शर्मा रहेका छन् ।   यसैगरी २५ वर्षका विकास कुँवर, २१ वर्षका विमल ठकुरी र २१ वर्षका विकास श्रेष्ठ, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ का रञ्जन खड्का र १९ वर्षका सविन नेपाली रहेका छन् ।   उनीहरूलाई पृथ्वीचोक र मुस्ताङचोकबाट पक्राउ गरिएको हो कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।    उनका अनुसार पक्राउ परेका उनीहरुले पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरेर अनावश्यक दुख दिएको भन्दै सूचना प्राप्त भएको थियो ।   सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।   पक्राउ परेका उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

कपिलवस्तु:    अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका–४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका–२ घर भई दाङ लमही नगरपालिका–४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छ्न् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका(२ लिङ्गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको हो । यस्तै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका(१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशजस्तो देखिने वस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:   पोखराको विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । प्रहरीले शनिबार चाउथेबाट २ जना र छोरेपाटनबाट एक जनालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।   पोखरा महानगरपालिका–१४ चाउथेबाट पोखरा ५ मालेपाटन बस्ने ३५ वर्षीय दिपेश श्रेष्ठ र पोखरा ८ बगालेटोल बस्ने ३३ वर्षीय आशिष बैठानलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो ।  प्रहरीले उनीहरुको साथबाट ४ सय ३२ पिस नाईट्रोभ्याट, २ थान मोबाईल र ग ३ प ८४०१ नम्बरको मोटरसाईकल बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  प्रहरीले तीन जनाको साथबाट बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी यस्तै प्रहरीले पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट ताप्लेजुङ घर भई पोखरा ७ फेवामार्ग बस्ने ३८ गुरुङलाई लागूऔषधसहित प्रकाउ गरेको छ ।  प्रकाउ परेका गुरुङको साथबाट ब्राउनसुगर जस्तो देखि ६ ग्राम ५ सय मिलिग्राम, १ केजी गाँजा, १५ ग्राम चरेश र लागूऔषध तौल गर्न प्रयोग गर्ने डिजिटल तराजु प्रहरीले बरामद गरेको छ । प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:    पोखरा महानगरपालिका–२६विजयपुर सम्पदाटोलबाट ६ लाख बढी रकमको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो ।  सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा-२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा–२६बस्ने अर्जुन नेपालीलाई फागुन १ गते प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्की प्रहरी प्रहरीका अनुसार बिजयपुर सम्पदाटोलबाट चोरी भएका माईली तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान, जाली औठी १ थान र नगद १ लाख १६हजार रुपैयाँ तीन युवकको साथबाट बराम भएको छ ।  प्रहरीले बरामद गरेको सुनका गरगहना तीन युवकको साथबाट बरामद भएको सुनका गरगहनाका अनुमानित बिगो रकम ७ लाख ९६ हजार रहेको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:     पोखरामा कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ४ घरभइ अहिले पोखरा–११ बस्ने २७ वर्षीय ईमरान अहमद र पर्साको सखुवापर्सौनी–५ घर भई पोखरा–११ बस्ने ३७ वर्षका विशाल साह रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।  प्रहरीले बरामद गरेको कल बाइपास गर्ने उपकरण । फोटो: नेपाल प्रहरी हिजो पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ६४ पोर्टका भिओआइपी गेटवे (सिम बक्स), सिम, चार्जर, मोबाइल, पेनड्राइभ तथा राउटर बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गत दफा ४७ को उपदफा २ अनुसार ५ वर्षसम्म कैद र बिगो बराबरको जरिबाना वा दुवै सजायँ हुन सक्छ । नेपालमा अवैध भीओआइपी धन्दामा गिरोह नै सक्रिय रुपमा लागेको देखिएको र अनुसन्धान तथा पक्राउ गर्ने काम भैरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए ।