सप्तरी:  सप्तकोशी नगरपालिका–४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका...

सप्तरी:   अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ ।       पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।       जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताउनुभयो ।  नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।       दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

लुम्बिनी:  राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप)को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।      राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो ।       उक्त काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई बेचेको देखाइ एक सय वटाको बिल काटी दुई हजार छ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगञ्ज पठाउने र त्यहाँबाट महँगोमा बेच्नका लागि भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिनुभयो ।      मुद्दामा खरिद र बिक्रेता फर्महरूका तर्फबाट फर्मवालालाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐनको दफा ४ को खण्ड (ख), (छ), (झ) बमोजिमको कसुर गरेकाले प्रतिवादीहरू सुमन पराजुली र तश्निम जनरल स्टोरका हसिमुन जोलाहलाई रू ६२ लाख ७१ हजार छ सय ७६ बिगो कायम गरी सोही ऐनको दफा २३ (१) बमोजिम मालबस्तु (बिगो) जफत हुन तथा बिगोबमोजिमको जनही रू ६२ लाख ७१ हजार छ सय ७६ जरिवाना र ऐनको दफा २३ (१) (क) बमोजिम हदैसम्मको कैद सजाय हुन मागदाबी लिइ उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।      उक्त मुद्दामा प्रतिवादीहरू डाइमण्ड इन्टरनेशनलकातर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेका सनाउल्ला अन्सारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा बिलहरूकोसमेत दुरूपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (३) बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही रू ३१ लख ३५ हजार आठ सय ३८ मागदाबी लिइ उक्त अभियोगपत्र दायर गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।      मुख्य प्रतिवादी बनाइएका पराजुली र जोलाहलाई पटकपटक पत्राचार गरी सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा नआएको र हालसम्म पनि फरार रहेको छन्भने कारोवारमा संलग्न मतियारहरू भने करिब ९० दिनदेखि हिरासतमा राखी अनुसन्धान गरिएको थियो ।       विगतदेखि भेप कारोबार, तस्करी र ओसारपसार बाक्लिएको र यसैको शृङ्खाका रूपमा राजस्व अनुसन्धान विभागबाट एक लाखभन्दा बढी भेप विभिन्न ठाउँबाट बरामद गरी कारबाही भइरहेको छ । 

 पोखरा: पोखरा जुवा (सट्टेवाजी) खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित सार्वजनिक स्थानमा गोटी प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा ४ जनालाई १ लाख ११ हजार रुपैयाँसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा पर्सा विरगंज उपमहानगरपालिका घर भई पोखरा–९ बस्ने ४६ वर्षीय आविद अंसारी, सोही स्थान बस्ने ३३ वर्षीय मनोज राम हरिजन, पर्सा विरगंज उपमहानगरपालिका घर भई पोखरा–२५ हेमजा बस्ने ३० वर्षीय रामचन्द्र भण्डारी र बारा कलैया उपमहानगरपािलका घर भई पोखरा ९ बस्ने ३८ वर्षीय साजन साह छन् ।  प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ११ हजार, ५ थान मोबाईल र ग २० प १४९६ नम्बरको एकथान मोटरसाइकल समेत बरामद गरेको छ ।  प्रहरीले बरामद गरेको नगद, मोबाइल र मोटरसाइकल । फोटोः कास्की प्रहरी  पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

सिरहा:  सिरहाको  नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।  घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका–१७ स्थित दशगजा क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द पासवानले जानकारी दिनुभयो ।  उहाँका अनुसार आरोपित मण्डललाई आजै जिल्ला अदालतबाट दुई दिनको म्याद थप गराई थप अनुसन्धान सुरू गरिएको छ । यस सम्बन्धमा बिहीबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने उहाँले बताउनुभयो । गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कुको स्थानीय रूपेशसहित तीन युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको आरोप छ । सो घटनालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउन माघ २९ र ३० गते दुई पटक छलफल गरी पीडित परिवारलाई प्रहरीमा जान नदिएको सार्वजनिक भएको थियो ।  पहिलो दिनको छलफलले रूपेशलाई रु एक लाख ५० हजार जरिवाना गर्ने निर्णय सुनाएको थियो । भोलिपल्ट अर्को छलफलका क्रममा उपस्थितबीच नै कुटाकुट भएको थियो । सोही साँझ रिङ्कु आफ्नो घरको कोठामा शङ्कास्पद अवस्थामा झुन्डिएर मृत भेटिएकी थिइन् ।  पहुँचका आधारमा घटना दबाउन खोजिएको भन्दै पीडकलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखी प्रतिनिधिसभा तथा राष्ट्रियसभामा समेत आवाज उठेको थियो । इलाका प्रहरी कार्यालय लहानले सुरूमा आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दर्ता गरेको थियो ।  घटनाको एक सातापछि फागुन ८ गते मृतक रिङ्कुकी आमा सीतादेवी सदायले रूपेशसहित मुख्य आरोपी तीनजना र छलफलमा सहभागी पाँचजना गरी आठजनाविरूद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र कसुरमा पुरक जाहेरी दिनुभएको थियो ।  पूरक जाहेरीको आधारमा प्रहरीले फागुन ११ गते सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएकामध्ये नवराजपुर—१ भगवतीपुरका ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा मुद्दा चलाएको थियो ।

रौतहट:  रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । सो अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो ।  उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डिएसपी राईले बताउनुभयो । मुख्यमन्त्री सिंहले गत शनिबार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको अनुगमन गर्नुभएको थियो । जसमा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो ।  एघार वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।  मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिनुभयो ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले मोवाईल चोरी गरेको आरोपमा स्याङ्जाका २३ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरेको छ ।  मोवाईल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।  ‘फागुन ६ गते पोखरा रंगशालामा फुटसल खेल्नका लागि चेन्जिङ रुपमा कपडा चेन्ज गरी राखेको अवस्था चेन्जिङ रुमबाट आइफोनसहित विभिन्न कम्पनीका मोवाईल तथा नगद चोरी भएको जाहेरी आएको थियो’, शर्माले भने, ‘जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा स्याङ्जा घर भएका प्रेम गुरुङलाई चोरी भएको मोवाईलसहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा हिजो गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’ प्रहरी नायव उपरीक्षक शर्माका अनुसार गुरुङको घरकोठा खानतलासी गर्दा चोरी भएका विभिन्न कम्पनीका १५ वटा मोवाईल, ४ वटा चार्जर र २ वटा ड्रोन बरामद गरिएको छ ।  प्रहरीले बरामद गरेको मोवाईल । फोटोः कास्की प्रहरी पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं: नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ ।      सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ ।      सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरुलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।      उनीहरुबाट रु २३ करोड ९२ लाख ९१ हजार जरिवाना उठाइएको छ । उनीहरु कूल छ सय ७२ वर्ष छ महिना २३ दिन कैद तोकिएका व्यक्तिहरु हुन् । प्रवक्ता आचार्यका अनुसार कोशी प्रदेशबाट मात्रै पाँच सय २७ र मधेस प्रदेशबाट सात सय १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।      यस्तै बागमती प्रदेशबाट एक सय ७०, गण्डकी प्रदेशबाट दुई  सय १७, लुम्बिनी प्रदेशबाट पाँच सय ८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन् । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट नौ सय तीन र केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न क्षेत्रबाट सात जना फरार प्रतिबादी पक्राउ गरेको छ ।       उनीहरुलाई अदालतमा पेस गरिएको र अदालतबाट कैद भुक्तानीका लागि कारागार पठाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

काठमाडौं:  हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।       हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।” मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको कीर्तिपुरमा १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–२ घर भइ कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने २५ वर्षीय सुयोग बोहोरा छन् ।   उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।   प्रहरीले उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।