सिरहामा पुरूष मृत भेटिएको घटनामा प्रहरीले पक्राउ गर्‍यो मृतककी श्रीमती र एक युवकलाई

सिरहा | असार १८, २०८२

सिरहामा पुरूष मृत भेटिएको घटनामा प्रहरीले पक्राउ गर्‍यो मृतककी श्रीमती र एक युवकलाई

सिरहा:  सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक पुरूषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेका थिए।


घटनमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।


पक्राउ पर्नेमा मृतककी श्रीमती र अर्को एक युवक छन्।


घटना शङ्कास्पद रहेको र शव परीक्षण प्रतिवेदन आएपछि थप रहस्य खुल्ने डिएसपी पासवानले जानकारी दिए। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।


शनिबार महराको शव छिमेकीको खेत नजिकै आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा भेटिएको थियो।

काठमाडौं:   निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दल...

थप पढ्नुहोस्

काठमाडौं:  सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल...

थप पढ्नुहोस्

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

थप पढ्नुहोस्