पोखरा:   पोखरामा अवैध सुनचाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय कास्कीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२,३,४,९ वडाको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँद...

पोखरा:  पोखरामा आफ्नै नवजात शिशुको हत्या आरोप बुवा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई आइतबार पोखरामा पक्राउ गरेको हो ।  गतवर्षको असोज १३ गते पोखरा महानगरपालिका–१४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेका थियो ।  जेब्रा झोलामा भेटिएको नवजात शिशुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि शिशुको घाँटी र टाउकोमा चोटका कारण मृत्यु भएको रिपोर्टपछि शिशुको बुवाले नै हत्या गरेको खुल्न आएपछि लामिछानेलाई १० महिनापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।  श्रीमतीलाई सुत्केर बेथालागी उपचारको लागि जाँदा पक्राउ परे लामिछाने गतवर्षको असोजमा आफ्नै नवजात शिशुको हत्याको आरोपमा फरार लामिछानेलाई श्रीमतीलाई सुत्केरी बेथालागी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा लैजादा गर्दा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो । आरोपी यादवको साथबाट रु सात लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

पोखरा: पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।  पोखरा ५ मालेमाटनस्थित  दाङ  भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराज राखिएको १२ लाख ३० हजार रुपैयाँ शुक्रबार चोरी भएको थियो ।  पक्राउ परेका ओमबहादुर भुजेलको साथबाट प्रहरीले बरामद गरेको नगद । फोटो कास्की प्रहरी पैसा चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले माछापुच्छे गाउँपालिका ९ स्याथी घर भएका २३ वर्षीय ओमबहादुरलाई ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।  पक्राउ परेका भुजेलको साथबाट प्रहरीले २ थान मोवाईलसमेत बरामद गरेको छ । उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन् ।  सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, पोखराबाट खटिएको टोलीले पौडेललाई मंगलबार ७ हजार घुससहित पक्राउ गरेको हो ।  सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरिदिने र लिखित परीक्षामा उत्तीर्ण गराई परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।  पक्राउ परेका पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ फेदीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्  ।  फेदीमा जुवतास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले ५ जनालाई ७३ हजार ४ सय १० रुपैयाँसहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–७ बस्ने ४१ वर्षीय बिनोद गुरुङ, ५३ वर्षीय धिर बहादुर गुरुङ, ४७ वर्षीय कृष्ण बहादुर गुरुङ, ल्वाङघलेल बसने ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा २५ बस्ने गंगा बहादुर थापा छन् ।  पक्राउ परेका उनीहरुलई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरी अनसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  ्  

सुनसरी:  सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

पोखरा:   पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडाैं गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् ।   प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक पुग्दा सोही बसमा सवार उनीहरुले उक्त सिक्री चोरी तथा लुटपाट गरी फरार रहेका थिए ।   उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान सुरु गरेको थियो ।   अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न उनीहरुलाइ यही असार २५ गते बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा काठमाडौं ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

पोखरा: पोखराको दुई स्थानबाट १७ जना जुवाडेलाई ४ लाख बढी नगदसहित कास्की प्रहरीले गरेको छ ।  पोखरा महानगरपालिका–१० रक्षामार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले रक्षामार्गबाट २ लाख २२ हजार ८० रुपैयाँ, ४ बुक ताससहित ९ जना र घलेचोकबाट १ लाख ९० हजार ९ सय ८५ रुपैयाँ, ४ बुक ताससहित ८ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।  जुवातास खेलिरहेको अवस्थामा पोखरा–१० रक्षामार्गबाट लामाचौर बस्ने बर्ष ३८ को ई प्रसाद छन्त्याल, फुलबारी बस्ने बर्ष ३९ को हेम नारायण गर्बुजा, माटेपानी बस्ने बर्ष ४१ को लिल प्रसाद गुरुङ, सैनीक बस्ती बस्ने बर्ष ५१ को टेक बहादुर गुरुङ, १६ बस्ने बर्ष ३४ की रेनु गर्बुजा, न्युरोड बस्ने बर्ष ३४ की दिपा पुन,नयाँगाँउ बस्ने बर्ष ३२ की जेनिषा पुन, चाउथे बस्ने बर्ष ३७ की पुष्पा पुन, रक्षा मार्ग बस्ने ३९ को दल बहादुर पुन पक्राउ परेका हुन् ।  यस्तै जुवातास खेलिरहेको अवस्थामा घलेचोकबाट पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बस्ने ३४ को चन्द्र बहादुर पुन, रंगशाला बस्ने बर्ष ४४ की कल्पना भन्ने टिकामाया आले, १० काजीपोखरी बस्ने बर्ष ३७ की बिष्णु थापा, लक्ष्मीटोल बस्ने बर्ष ४२ की सोनी गुरुङ, घलेचोक बस्ने बर्ष ४२ को हिमाल गुरुङ ,लामाचौर बस्ने बर्ष ४५ की केश कुमारी गुरुङ, काजिपोखरी बस्ने बर्ष ५१ को टोप बहादुर थापा, मितेरी टोल बस्ने बर्ष ६७ को बलराम गुरुङ पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

भोजपुरः   यहाँको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ नाता पर्ने राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती र सालोको सामूहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीया ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरि हत्या गरेको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपर ल्याउने तयारी भएको छ भने घटनाका कारण घरायसी द्वन्द्व हुन सक्ने प्रहरीको आँकलन छ ।