काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

  पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीको आयोजनामा पोखरामा सुरु भएको एक्यान फुट्सल टुर्नामेन्टको उद्घाटन भएको छ । पोखरामा ३ र ४ गतेसम्म चल्ने फुट्सल टुर्नामेन्टको गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् ।   मन्त्री थापाले गोलपोस्टमा गोल हानेर खेलको उद्घाटन गरेका थिए । खेलको उद्घाटन गर्दै मन्त्री थापाले एक्यानले आयोजना गरेको फुट्सलको माध्यमबाट एक अर्कासँग जोडिने वातावरण मिलेको भन्दै खुसी व्यक्त गरे । खेलले भाइचारा, मेलमिलाप बढाएको उनको भनाई थियो । ‘प्राविधिक क्षेत्रमा अब्बल तपाईंहरु खेलमा सक्रिय भएको देखेर निकै खुसी लागेको छ । अहिलेको युवा पिढीहरु गलत प्रवृद्धीतर्फ अघि बढी रहँदा नैतिकवान स्वस्थ्य र अब्ब्ल समाज बनाउन खेलमा लाग्नु निकै महत्वपूर्ण छ,’ उनले भने ।   मन्त्री थापाले नीति तथा योजना साथै बजेट बनाउँदा चार्टर्ड एकाउन्टेन्सहरुसँग पनि जोडिने प्रतिबद्धता व्यक्त गरे । चार्डर्ड एकाउन्टेन्स गण्डकीका अध्यक्ष सागर लामिछानेले कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै २०३४ सालमा स्थापना भई ४५ साल लामो गरिमामय इतिहास बोकेको बताए । हाल ११ जिल्ला र ८ प्रदेशमा कमिटी गठन भएको उनले सुनाए । केन्द्रमा हाल १९ जनाको कमिटी रहेको उनले बताए । सिएहरु पेशागत व्यस्ततामा साथै स्वास्थ्यमा पनि सबल बनेर स्वस्थ्य समाज निर्माणमा भुमिका खेल्ने उनको भनाई थियो । एक्यान उपाध्यक्ष सुसिल घिमिरेले आगामी दिनमा पनि यस्ता कार्यक्रम भई रहने बताए । यसले भातृत्व कायम राख्न सघाउने उनले बताए ।   एक्यानका निर्वतमान अध्यक्ष आनन्दराज शर्मा वाग्लेले फुट्सलले भाइचारा बढाउन समेत सहयोग मिल्ने बताए । यस्ता कार्यक्रमले संघीयता बलियो बनाउन पनि सहयोग मिलने उनको भनाई छ । फुट्सल भदौ ३ र ४ गते दुई दिनसम्म चल्ने छ । एक्यान कास्कीका अध्यक्ष तथा फुट्सल टुर्नामेन्टका संयोजक विवेक श्रेष्ठले खेलबारे जानकारी दिएका थिए । खेलमा ९ टिमको सहभागीता रहेको छ । देशभरका ३ सय बढी चार्टर्ड एकाउन्टेन्स फुट्सल टुर्नामेन्टमा सहभागी छन् ।

  काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न  थालेका छन् ।       यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् ।       सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सफाइ कार्यक्रमको पहिलो दिन आज विहान बागवजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो  । यस अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । ”  

  पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।   शुक्रवार बिहान साढे सात बजेदेखि पोखरा –१५ स्थित फूलबारी होटेलको १ नम्बर र २ नम्बर गेटबाट संयुक्त रूपमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।   सरसफाइ कार्यक्रममा बोल्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान अन्तर्गत हिजो घोषणापत्रमा प्रतिबद्धता गरिएअनुरूप वडामा सरसफाइ कार्यक्रमको सुरुवात गरिएको बताए। उनले यस अभियानलाई मासिक रूपमा निरन्तरता दिइने र चाडबाड लागेसँगै अब वडाको सरसफाइमा जुट्नु पर्छ भनेर आजदेखि पहिलो चरणको सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताए। उनले पोखरा –१५ लाई स्वच्छ वडा बनाउन सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए ।   यस्तै, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीले आजको सफाइ कार्यक्रममा नकुहिने र नष्ट नहुने प्लास्टिकजन्य फोहोर सङ्कलनमा जोड दिइएको बताए। उनले यस्ता प्रकृतिका फोहोरलाई जथाभाबी नफाली बोरामा जम्मा गरेर फोहोरको गाडीमा मात्र फाल्न नगरवासीमा आग्रह गरे। साथै, केसीले नदीपुर क्षेत्रबाट सेती नहरमा प्लास्टिक जन्य फोहोर बगाउने गरेका कारण पोखरा –१४ ,१५ का वडाहरूका अत्यन्तै दूषित हुँदै आएकाले यस्ता कार्य नगर्न सबैलाई आग्रह गरे ।   आजको सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधि, पूर्व न्यायिक समिति सदस्य पार्वती थापा, टोल बासी आमा समूह, स्थानीय समाजसेवी, वृद्ध लगायत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीको कमान्डमा ३४९ जवानहरूको सहभागिता रहेको थियो। भने, सहभागीबाट ४ ट्रक फोहोर सङ्कलन भएको थियो ।

  पोखरा ।  पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइएको छ ।   फोेटोग्राफर संघ  गण्डकी र पोखरा फोटोग्राफर संघको सँयुक्त आयोजनामा आज प्रभातफेरी सहित विश्व फोटोग्राफी दिवस मनाएको हो ।    सोही अवसरमा फोटोग्राफर संघ गण्डकीको सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ ।    १८३ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर संघको कार्यालय पोखराका टुडाबाट शुरु भएको प्रभातफेरी र्याली मानवअधिकार चोक, चिप्लेढुङ्गा, महेन्द्रपुल हुदैँ दी गार्डेन रेष्टुरेन्टमा पुगेर कोणसभामा परिणत भएको थियो । फोटोग्राफर गण्डकीको कार्यालय पोखरा क्षेत्रका पुुराना फोटो तथा भिडियो संकलन सुनिल उलकले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पोखराका फोटोग्राफर तथा फोटो पत्रकार र फोटोमा अभिरुचीकर्ताहरुको सहभागिता रहेको थियो ।    दिवसको अवसरमा राष्ट्रिय मिराज विवाह फोटोग्राफी प्रतियोगिता तथा नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा समेत गरिएको छ ।

’ हरितालीका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरुले पनि तीज केन्द्रित गीतहरु धमाधम बजारमा ल्याएका छन् ।       यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि ‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ । पौडेलकै स्वर र शब्द रहेको गीतमा गायिका आशा बिसीले साथ दिनुभएको छ । रवि कार्कीले लय सङ्कलन गर्नुभएको यस गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गर्नुभएको छ भने म्युजिक एरेन्ज कृष्ण केसीको रहेको छ ।      ‘हरहर बासना अगरबत्तीको, कसले माया गर्छ तिम्लाइ मैले जत्तिको’ गीतमा पौडेललाई छोरी स्वीकृति पौडेलले पनि अभिनयमा साथ दिएकी छिन् । नवीन पौडेलका यसअघि ‘बोल्नुपर्छ ओई’, ‘लेउ खुकुरी लेउ, पर्यो देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायतका गीतहरु बजारमा आइसकेको छ । 

  काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले श्रीकृष्ण भगवानले  संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशिर्वाद प्रदान गरुन् भन्नुभएको छ ।       ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ज्ञान विज्ञान भवन सातदोबाटोद्वारा आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित ‘चैतन्य झाँकी एवं प्रवचन’ कार्यक्रममा उहाँले विश्वमा कृष्ण भगवान्प्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राख्नुभयो । हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने उहाँले दाबी गर्नुभयो ।      विश्वशान्तिका लागि सेवाकेन्द्रका दिदीबहिनीले योगदान गरिरहनुभएकामा गृहमन्त्री खाणले प्रशंसा गर्नुभयो ।       उक्त अवसरमा मन्त्री खाणसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त कार्यक्रममा राधाकृष्णको रुप धारण गरी बसेका बालबालिकालाई दही खुवाउनुभएको थियो । कार्यक्रममा कृष्ण सुदामाको गीति नाटक प्रदर्शन गरिएको थियो । सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाणलाई सम्मान प्रदान गर्नुभएको थियो । 

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य  प्रतितोला रु चार सयले घटेको हो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार चार सय थियो ।       त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार एक सय ८५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।  

बागलुङ : शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ । झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको सङ्केत गरिरहेका छन् । ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ ।   जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । जसलाई बर्खे नाचले पनि चिनिन्छ । भदौरै जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ । रैथाने नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा जात्राको परम्परालाई धान्दै आएको छ । नेवार युवाहरूको संस्था ‘नेवाः ल्याम पुच’ का अध्यक्ष जय राजभण्डारीले शुक्रबार ९आज० घोडा नाच देखाएपछि यो वर्षको भदौरे जात्रा सकिने बताउनुभयो ।   सोही संस्थाको अगुवाइमा मङ्गलबार रोपाइँ नाच र बुधबार शाक्य कल्याण समाजले जोगी नाच निकालेको थियो । त्यसअघि समाजले लाखे नाच र ल्याम पुचले होवा र कटुवाल नाच देखाएको थियो । “शाक्य कल्याण समाजबाट लाखे र जोगी नाच निकल्छन्, अरु नाच नेवाः ल्याम पुचले देखाउँछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो ।   ऐतिहासिक नाच तथा जात्राको संरक्षणमा नेपाल भाषा मंकाः खलः, नेवाः ल्याम पुच र शाक्य कल्याण समाज सक्रिय छ । झण्डै तीन सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट यहाँ भित्रिएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो ।   “भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा जात्रालाई लिइन्छ”, उहाँले भन्नुभयो, “जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खे नाच निकाल्न सुरु हुन्छ ।”   गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकालिएको थियो । त्यसयता लाखे, होवा, कटुवाल, रोपाइँ, जोगी नाच प्रदर्शन भइसकेको छ । कृष्णाष्टमीका दिन घोडा नाच निकाल्ने तयारी छ । उक्त नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्काउँदै बजार परिक्रमा गराउने चलन छ ।   कटुवाल नाचमा पनि युवा विभिन्न रूपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।   कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्क महिलाका भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ ।   जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो । नेवारभित्र पनि शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ । जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन रहेको शाक्य कल्याण समाज सचिव मञ्जुल शाक्यले बताउनुभयो । उहाँले बागलुङको जोगी नाच पनि तीन सय वर्ष पुरानो भएको उल्लेख गर्नुभयो ।    जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । जोगी नाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा जटिलता थपिँदै गएको समाजका सचिव शाक्यले बताउनुभयो ।    जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । प्रायः नाच गाईजात्राकै भिन्न स्वरुपजस्ता देखिन्छन् । “जात्राले सामाजिक विकृति, विसङ्गतिप्रति व्यङ्ग मात्र गर्दैन”, संस्कृतिकर्मी छोटाले भन्नुभयो, “मौलिक र परम्परागत मूल्य, मान्यताले पनि यो सुसज्जित छ ।”    सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने भिन्न–भिन्न पाइन्छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेषभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ ।   नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पहिले–पहिले भदौरे नाच हेर्नकै लागि गाउँ–गाउँबाट बागलुङ बजार झर्ने गर्थे । “दिनभर जात्रामा रमाउने र चाडबाडलाई किनमेल गरेर साँझ घर फर्कने चलन थियो”, उहाँले भन्नुभयो, “ग्रामीण बजार, सडकको विस्तार आदिले अहिले त्यो चलन हट्यो ।”   पछिल्लो समय जात्राको रौनक खुम्चँदै गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । जिल्लाको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् ।    “पुस्तान्तरणको अभावमा कतिपय परम्परागत नाच सङ्कटमा छन्, अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ”, खलःका अध्यक्ष राजभण्डारीले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिबारे बुझाउनुपर्ने खाँचो छ ।”

  श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्।   राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ।   ुसांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछु , राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ुहिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ।   त्यसैकारण विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेका छन्।    सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ, सन्देशमा भनिएको छ। उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।   यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।    गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भइ मानव जाति समक्ष उपलब्ध भएको पक्ष महत्वपूर्ण छ र यसलाई आजको दिनमा विशेष रुपले स्मरण गरिन्छ, सन्देशमा भनिएको छ। समस्त हिन्दूधर्मावलम्वीका आराध्य देव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भित रहेको उनले उल्लेख गरेका छन्।   यस्तै प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले पनि पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्।    उनीहरूले छुट्टा छुट्टै सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।