कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

नवलपरासी | कात्तिक २, २०७९

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

 

नवलपरासी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मङ्गलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।


त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ  विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र  पुरुष तर्फ एक स्वर्ण गरी ६ स्वर्ण, तीन रजत र पाँच कास्य पदकसहित  १४ पदक जितेर कुस्ती तर्फ टिम च्याम्पियन बनेको हो । विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन ।


त्यसैगरी नौ पदकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमले  विभिन्न तौल समूहमा पाँच स्वर्ण, एक रजत र तीन कास्य पदक जितेर कुस्तीमा दोस्रो बन्न सफल भएको हो । सुदूरपश्चिमले पाँच स्वर्ण महिला कुस्ती तर्फको विभिन्न तौल समूहमा जितेको हो । सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५  केजी तौल समूहमा सङ्गीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन ।


कुस्तीमा अर्को विभागीय टोली एपीएफ ४ स्वर्ण, २ रजत र ४ कास्य गरेर १० पदकसहित कुस्तीको पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जितेका छन् । कुस्तीको पदक तालिकामा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकका साथ चौथो स्थानमा रहेको छ । 

 
मधेश प्रदेशका लागि ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जितेका छ्न । अर्को विभागीय टिम नेपाल प्रहरीले १ स्वर्ण, सात रजत, ६ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक, प्रदेश नं १ ले तीन रजत र चार कास्यसहित सात पदक र गण्डकी प्रदेशले एक रजत र पाँच कास्यसहित ६ पदक हात पारे भने बागमती र कर्णाली प्रदेश पदकविहीन बनेका छ्न् । 


कुस्तीमा महिला र पुरुषतर्फ गरी विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागि खेल भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा जारी मङ्गलबार सम्पन्न भएको हो ।


प्रतियोगितामा ५९ महिला र पुरुष ९१ गरी एक सय ५० खेलाडी सहभागी भएका थिए । तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस साथै सात प्रदेश गरी १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।

पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

थप पढ्नुहोस्

काठमाडौं:  एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको म...

थप पढ्नुहोस्

काठमाडौं:  २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।  गत २०८१ सालको चैत ...

थप पढ्नुहोस्