प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्न पोखरामा र्‍याली

काठमाडाैं | कात्तिक २, २०७९

प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्न पोखरामा र्‍याली

पोखरा ।

सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले सँयुक्त रुपमा चुनाव वहिष्कार गर्ने बताएका छन् ।

 

पोखरामा आज (बुधबार) र्यालीसहित आमसभाको आयोजना गर्दै ४ पार्टीले सँयुक्त रुपमा प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्ने बताएको हो ।

 

र्‍यालीपछि आम सभालाई सम्बोधन गर्दै माओवादी कम्युनिष्ट पार्टीका महासचिव रामनारायण पालले संसदीय व्यवस्था राष्ट्रघात र जनघातको साधन भएकाले प्रतिनिधि सभाको निर्वाचन वहिष्कार गरेको स्पष्ट पारे ।

 

यसअघि ४ दलीय समुहले मानवअधिकार चोकदेखि र्‍याली सुरु गरि न्यूरोड, सभागृह हुदैं पृथ्वीचोकमा आएर आमसभा गरेको थियो ।  

 

र्‍यालीको क्रममा उनीहरुले प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवाद वैज्ञानिक समाजवाद स्थापना गरौं लगायतका  नाराबाजी गरेका थिए ।

 

४ कम्युनिष्ट पार्टीद्वारा चुनाव वहिष्कार किन?

 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्