मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पोखरा:  रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो सिग्नेचर प्रोजेक्टको रूपमा रहेको पुस्तकालय व्यवस्थापन कार्यक्रम श्री चण्डी मावि पोखरा ३३ मा सम्पन्न गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल महिलाहरूको मात्रै क्लव भएर पनि सामाजिक रूपमा यति अग्रसर भएको र विद्यालयमा पुस्तकालय व्यवस्थापनको कार्यक्रम गरेर अन्य सबै संस्थाहरुले सिक्नुपर्ने सन्देश दिएको बताएका छन् ।  कार्यक्रममा वरिष्ठ समाजसेवी शिवप्रसाद चालिसेले आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गरी रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले जुन हिसाबले सन् २०१२ देखि यो पुस्तकालय व्यवस्थापन कार्यक्रम गर्नुभएको छ सो बाट प्रभावित भएर आफु र आफ्नो छोरा अशोक चालिसेले आफ्नो जन्मदिनमा यसरी पुस्तक दान गरी कार्यक्रममा सहभागी हुँदा गर्व महसुस गरेको बताउनुभयो ।  कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर विश्व दर्शन पराजुलि ले विद्यार्थीहरुले समयअनुसार परिमार्जित पुस्तकबाट ज्ञान हासिल गरेर आगामी दिनमा यसैगरी सामाजिक सेवामा लाग्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं रोट्याक्ट क्लव अफ पोखरा फिस्टेल पूर्वअध्यक्ष बिमला भण्डारीले छोरीहरुलाई पनि नेतृत्व स्थापित गर्नलाई र समाजलाई योगदान दिनलाई आफूहरुले यस क्लबलाई स्थापना गरेको आजको दिनमा सामाजिक काम सँगसँगै हरेक क्षेत्रमा रोट्रयाक्ट फिस्टेलका महिलाहरु नेतृत्वमा पुगेकोमा आफूलाई खुशी लागेको कुरा बताइन् ।  विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले यस क्लवले आफ्नो विद्यालयमा सहयोग गरेकोमा आफूलाई खुसी लागेको र युवाहरु विद्यार्थी भाइबहिनीहरु को पढाई प्रति चिन्तित भएर गरेको सहयोग आगामी दिनमा पनि यसैगरी अघि बढ्ने आशा व्यक्त गरेका थिए।  रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलकी अध्यक्ष रोट्र्याक्ट डिम्पल क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा आफूहरु महिलामात्रै रहेको क्लबले सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय व्यवस्थापन महिलामैत्री शौचालय व्यवस्थापन विभिन्न सामाजिक कार्यहरु महिला स–शक्तिकरणका कार्यक्रमहरु गर्दै महिलाहरु शक्ति हुन् भन्ने कुरा समाजमा स्थापित गर्ने हेतुका साथ अघि बढिरहेको र यस वर्ष पनि यस श्री चण्डी मावि मा पुस्तकालयमा आवश्यक थप केही पुस्तकहरु, टेबल, कुर्ची, कार्पेट लगायतको सामग्री प्रदान गरेर पुस्तकालय व्यवस्थापन गर्न पाउँदा आफूलाई खुसी लागेको कुरा व्यक्त गरिन आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गर्नु भएकोमा अग्रज बुवा शिवप्रसाद चालिसे लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको संयोजन एवं कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक रोट्रयाक्टर शिला मल्लले गरेकी थिइन् 

काठमाडौं:   राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।  

काठमाण्डौं:  चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो चार महिनामा नेपालीले वैदेशिक शिक्षाको नाममा साढे २२ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म वैदेशिक शिक्षाका लागि नेपालबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक शिक्षाका लागि जम्मा १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको खुद सेवा आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च भने १ सय ३७ प्रतिशतले बढेको छ । साउनदेखि कात्तिकसम्म नेपालमा सेवा आयबापत १७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा सेवा आय जम्मा सात अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । यस्तै भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च पनि ६४ प्रतिशतले बढेको छ । चार महिनामा नेपालीले विदेशमा ३३ अर्ब छ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको चार महिनामा २० अर्ब १९ करोड रुपैयाँ खर्च भएको थियो ।

काठमाडौं:  सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.५४ अंक (१.४६ प्रतिशत) ले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ । सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशतले गिरावट भएको छ । धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । आइतबार नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार र नबिल बैंकको ५ करोड ४१ लाख १३ हजारको कारोबार भएको छ । नेप्सेमा आइतबार बुल २१० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये इस्टन हाड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा धौलागिरि लघुवित्तको सेयर मूल्य ८.२० प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६।११ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.३५ प्रतिशतले वृद्धि भएको छ । रिडी र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा अपेक्षाकृत लाभांश नआएको महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.३१ प्रतिशत र गत आर्थिक वर्षको मुनाफबाट लाभांश नदिने घोषणा गरेको मञ्जुश्री फइनान्सको सेयर मूल्य ७.१३ प्रतिशतले गिरावट भएको छ ।

तनहुँ:   तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ । बिहान १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक  भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १ः२५ बजेदेखि सडक सुचारु भएको छ । भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्‍चालनमा आएको प्रहरी कार्यालय तनहुँले बताए ।  यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ । सडक अवरुद्ध हुँदा अलपत्र परेका सयौँ सवारी साधन अहिल गन्तव्यतर्फ लागेका छन् ।

काठमाडौं:  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । सत्तासमीकरण, संसदीय दलको नेता र भावी रणनीति तय गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । नयाँ सरकार गठनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको हो । शनिबार प्रचण्डले बालुवाटार पुगेर आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका थिए । सत्तासमीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा माओवादी केन्द्रका दोस्रो तहका नेताहरु रहेको समयमा अध्यक्ष प्रचण्डले देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन्।  निर्वाचन अगाडिको एक भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछिको प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए। निर्वाचनपछि तेस्रो दलमा खुम्चिए पनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन्।  प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शनिबार बिहान आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए । 

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका तल्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने,कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालकसहित ७ जनाविरुद्ध आइतबार भ्रष्टाचार मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डाले जानकारी दिएका छन्। प्रवक्ता भण्डारीका अनुसार उनीहरुले व्यवसायीसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेकाले सातैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको  छ।

म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ ।      फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा फापरको फूल फुल्ने समय कात्तिकदेखि मङ्सिरमा अनुकूल मौसम भएका कारण फापर उत्पादन बढेको किसानले बताएका छन् । म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङका अधिकांश बारी र सिँचाइ नहुने तथा सुक्खा टारी खेतमा लगाइएको मिठे, तितेलगायत स्थानीय जातका फापर बालीमा दाना राम्रैसँग लागेपछि किसान खुसी भएका छन् ।      अन्य अन्नबालीको तुलनामा फापरका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झटसमेत नहुने भएकाले धान र गहुँको तुलनामा फापरखेती गर्नका लागि किसानले सजिलो मान्दै आएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । ग्रामीण भेगमा किसानले फापरको रोटी र ढिँडोजस्ता परिकार खाने गरेका छन् । पछिल्लो समयमा सहर बजार क्षेत्रमा समेत ठूला होटलमा फापरको ढिँडो र रोटी बढी प्रचलनमा छ । “फापरको माग बजारमा बढ्दै गएको छ”, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का शैलेन्द्र शेरचनले भन्नुभयो । फापरको पिठो मानव स्वास्थ्यका लागि उपयोगी हुनेमात्र होइन फापरको छवाली घाँस घर पालुवा गाई भैँसीका लागि पौष्टिक मानिने र फापरको भुस पनि खेर नजाने भएकाले खेतीमा किसानले जोड दिएको उहाँको भनाइ छ ।        फापरको पिठो गहुँ, मकै, कोदो र चामलको पिठोमा मिसाएर रोटी–ढिँडोलगायतका परिकार बनाएर खाने गरिन्छ । फापरको पिठो प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुँदै आएको छ । फापरको पिठो विभिन्न खालका औषधिमा समेत प्रयोग गरिन थालेको छ । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा फापरखेती हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।

 काठमाडौं:  फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औं संस्करणको फाइनल खेल आज राति हुँदैछ । एक महिना चलेको महाकुम्भमा ६३ खेलपछि आज लुसेस आइकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच फाइनल भिडन्त हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । फाइनल खेलअघि भने समापन समारोह आयोजना गरिनेछ । जहाँ विभिन्न सांगितिक प्रस्तुति दिइनेछ । ८८ हजार दर्शक क्षमता रहेको लुसेल स्टेडियममा समापन समारोह १५ मिनेटको हुने पिफाले जनाएको छ । ‘अ नाइट टु रिमेम्बर’ अर्थात यादगार रात नाम दिइएको समापन समारोहमा भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका नोरा फतेहीको प्रस्तुति रहनेछ । मोरक्न नागरिक फतेही भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका हुन् । नोरासँगै बाल्किस, रहमा रियाद र मानालको ‘लाइट दी स्काई’ लाइनअपले प्रस्तुति दिनेछन् । यस्तै डेभिडो र आइशाले (हाया हाया) सँगै गाउनेछन् भने ओजुना र गिम्सले पनि गाउनेछन् । प्रतियोगिताको विभिन्न क्षणहरु समेटर तयार पारिएको अफिसियल साउण्ड ट्रयाकको मसुप पनि प्रस्तुत गरिने फिफाले जनाएको छ ।