बागलुङमा निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड

बाग्लुङ | कात्तिक २८, २०७९

बागलुङमा निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड

 

बागलुङ:  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडको व्यवस्था गरिएको छ । महिला सुरक्षाकर्मीलाई निर्वाचनमा उच्च मनोबलका साथ खटाउन र स्वास्थ्य सजकता अपनाउनका लागि प्याड वितरण गरिएको हो । 


निर्वाचनमा खटिएमा महिला सुरक्षाकर्मीलाई लक्षित गरी एक÷एक थान स्यानीटरी प्याड र प्रत्येक मदतानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


बागलुङमा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टेड्रसको सहयोग तथा जिल्ला प्रहरी कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा जिल्लामा निर्वाचनको सुरक्षामा खटिएका ६७ महिला प्रहरी र दुई सय ६१ म्यादी महिला प्रहरीलाई एक÷एक थान स्यानीटरी प्याड वितरण गरिएको छ । 


यस्तै जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई प्राथमिक उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीसमेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । 


“हेर्दा सानो कुरा होला तर यो निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि निकै राम्रो काम हो, गाउँ–गाउँमा खटिएका महिला प्रहरीलाई सुरक्षामा खटिएकै समयमा महिनावारी भएको खण्डमा यो सहयोगले ठूलो राहत गर्नेछ”, ज्ञवालीले भन्नुभयो “महिलाको स्वास्थ्यमा सजकता अपनाउँदै सुरक्षालाई चुस्त बनाउन सबैको सहयोग आवश्यक हुन्छ, निर्वाचनमा खटिएका प्रहरीको मनोबल उच्च राख्न यस्ता कार्यक्रमले महत्व राखेको हुन्छ ।”


जिल्लाका सबै निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि तीन सय थान स्यानीटरी प्याड वितरण गरिएको छ भने सबै मतदानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत स्यानीटरी प्याड वितरणमा प्रहरी कार्यालयसँग मिलेर सहकार्य गरेको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले बताउनुभयो ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्