काठमाडौं: त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताउनुभयो । “हामीले त्रिवि पदाधिकारी, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्यौँ”, उहाँले भन्नुभयो, “परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी सङ्गठनसँग गर्छौँ ।” स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी सङ्गठनका अध्यक्षको बैठक बोलाइएको छ । निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकोले विद्यार्थी सङ्गठनसँग छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठनले उक्त मितिमा सहमति जनाए हामी निर्वाचनको मिति घोषणा गरेर निर्वाचन प्रक्रियामा जान्छौँ ।” त्रिविले स्ववियु निर्वाचन गर्न पटक पटक पहल गरे पनि हुन सकेको छैन । विद्यार्थी सङ्गठनले फागुन २८ गते सहमति गरे भने विद्यार्थी कल्याण परिषद् बैठकले मिति तोक्नका लागि त्रिवि कार्यकारी परिषदमा सिफारिस गर्नेछ । त्यसपछि त्रिविको कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनको मिति घोषणा र स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उहाँले जानकारी दिनुभयो । त्रिविका क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुईरदुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यस्तै, उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिकरुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।
खोटाङ: सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो । करिब रु ५५ करोड ८७ लाख लागतमा विसं २०७७ साउन १० गतेभित्र सक्नेगरी वि.सं २०७३ साउन ११ गते सम्झौता गरे पनि कालोपत्रको काम अपुरै राखेकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । योजना प्रमुख खकुरेलका अनुसार खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) कालोपत्रको काम ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो । त्यस्तै, उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का सम्झौता पनि तोडिएको जनाइएको छ । मैनाचुली–शिद्धिसाइ प्रकाश जेभीले करिब रु ११ करोड १७ लाखको लागतमा कालोपत्र सम्पन्न गर्नेगरी विसं २०७८ चैत २८ गते सक्ने गरी विसं २०७५ भदौ १४ गते ठेक्का सम्झौता गरेको थियो । कालोपत्रका लागि ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले बताउनुभयो । गाईघाट–दिक्तेल सडक अन्तरगतकै सिम्पानी–माहुरे (२३ किलोमिटर) सडकखण्डको कालोपत्र गर्ने काममा पनि ठेकेदार कम्पनीको ढिलासुस्ती भएको स्थानीय बासिन्दाले बताएका छन् । वि।सं २०७७ असार २९ गते सक्नेगरी विसं २०७३ असार २० गते सम्झौता भएको थियो । उक्त योजनाको फेरि आगामी असार मसान्तसम्ममा म्याद थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताउनुभयो । सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र सडकमा कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गको सडक कालोपत्रको ठेक्का तोडिएपछि निर्माणाधीन सडक अलपत्र परेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक निर्माण गरेको २८ वर्षसम्ममा पनि कालोपत्र नहुँदा हिउँदको समयमा करिब छ महिनामात्र सञ्चालन हुँदै आएको छ । दिक्तेल–गाईघाट एक सय ४२ किलोमिटर सडकमध्ये एक सय एक किलोमिटर सडकखण्ड कालोपत्र गर्न तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विसं २०७३ मा रु दुई अर्ब ६८ करोड बजेट विनियोजन गर्नुभएको थियो । ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुल बिहीबारबाट सञ्चालनमा ल्याइएको छ । फोक्सिङटारमा निर्माणाधीन मोटरेवल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत सहजता हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । सुनकोसीमा मोटरेवल पक्की पुल नहुँदा करिब छ महिना पूर्वी तराईसँगको सिधा सम्पर्कविच्छेद हुँदै आएको थियो । फोक्सिङटारमा मोटरेबल पक्की पुल सञ्चालनमा आए पनि निर्माणाधीन सडकको काम पूरा हुने अवस्था छैन । हिउँदमा धुलो र वर्षामा हिलोका कारण करिब छ महिना अवरुद्ध हुँदै आएको उक्त सडकखण्डमा पक्की पुल बने पनि उपयोगविहीन हुने देखिन्छ । फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन् । प्युठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित प्युठानबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचनको नतिजाले एमालेले गठबन्धनलाई पराजित गर्ने देखिँदैन थियो । तर हामी जनतामा एकजुट भएर गयौँ भने हामी जित्न सक्छौँ भन्ने दृष्टान्त प्युठानले प्रस्तुत गरेको छ । हामीले प्रतिगामी तत्त्वहरूलाई पराजित गर्यौ । प्रतिक्रियावादीको साँठगाँठलाई र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेका छौँ ।’ उनले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्यन्त्र भए पनि त्यो विफल भएको दाबी गरे । उनले भने, ‘अदालतले पार्टी फुटाउन भनेको थिएन । नयाँ पार्टी दर्ता गर भनेको थियो । मैले धेरैपटक कोसिस गरेँ । तर पार्टी फुटाउने उद्देश्य लिएकाहरूले नयाँ दल दर्ता गर्न मानेनन् । त्यसैले म भन्छु, अदालतले होइन, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन् ।’ आफ्नै पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्रीविरूद्ध ल्याइएको १९ पृष्ठ लामो अभियोग पत्रबाट पार्टी विभाजनको षडयन्त्रको खेल सुरु गरिएको उनको भनाई थियो । ‘तर हामीले पार्टीलाई रक्षा मात्र गरेनौँ, हाम्रो पार्टी जनप्रिय पार्टी हो भनेर हामीले प्रमाणित गर्यौँ,’ उनले भने । ओलीले विभिन्न ठाउँमा बुथ कब्जा हुँदा पनि निर्वाचन आयोग मूकदर्शक मात्र बनेको आरोपसमेत लगाए ।
काठमाडौं: पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ। पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ। शुक्रबार बेलुकीदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आइतबारदेखि क्रमशः बाहिरिने मौसमविद् वासीले बताइन्। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्क हिमपातको सम्भावना छ । अहिले काठमाडौँको तापक्रम १६ डिग्रिसेल्सियस रहेको छ ।
काठमाडौं: कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए । सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन । चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो । अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो । यसको असर निर्वाचन परिणाममा देखियो । जित्ने ठाउँमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो ।’ नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए । ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो । यसपटकको तितो पाठ संगठनको मात्रै भर गर्यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो,’ उनले भने।
काठमाडौ: करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा आई एन.एफ नेपालको सहकार्यमा १ दिने नि:शुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिएका छन् । अस्पतालको पहुँचबाट टाढा रहेका अति विपन्न तथा गरिब व्यक्तिहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा उक्त सख्यांका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा हाड जोर्नी तथा नशा, छाला र अन्य जनरल रोगका बिरामीहरूको स्वास्थ्य चेक जाँच पश्चात् औषधि वितरण गरिएको थियो। चिकित्सकहरू सन्दीप बराल, प्रकाश कार्की र सुरक्षा बरालले बिरामीको चेक जाँच गरेका थिए। शिविरमा ६ वर्षदेखि देखि ९० वर्ष सम्मका महिला पुरुषहरूले सेवा लिएका थिए । शिविरको समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले आई.एन.एफ नेपालले १ दिने शिविर राखेर वडावासी २६६ जना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेकोमा शिविरमा खटिएका चिकित्सक लगायतको टोली प्रति आभार प्रकट गरे । उनले वडा नं १५ को ५ वर्षे विकास र परिवर्तनको रणनीति अनुरूप पूर्वाधारलाई मात्रै विकास नभनी पूर्वाधारलाई एउटा विकासको पाटो बनाएर स्वास्थ्य, शिक्षा, खेलकुद र स्वरोजगारलाई प्रमुख एजेन्डा बनाएर अगाडि बढेको बताए । बानियाँले वडाका नागरिकको स्वास्थ्यप्रति सचेत र गम्भीर रहेको भन्दै यस कार्यलाई अझ सशक्त ढङ्गले अगाडि बढाउन सहयात्रीको भूमिका निर्वाह गरेकोमा आई एन.एफ नेपालप्रति गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले यस संस्थाले विगतदेखि आजको दिनसम्म प्राविधिक, भौतिक र आर्थिक रूपमा सहयोग गर्दै आइरहेकोमा वडा नं १५ वासीहरूको तर्फबाट धन्यवाद दिँदै यस संस्थाले देखेको सपनालाई साकार बनाउन आफूहरू सहयोग गर्न तयार रहेको बताए । वडा सदस्य आशिष भण्डारीले आजको निःशुल्क स्वास्थ्य शिविरमा वडाका नागरिकको उल्लेखनीय सहभागिता रहेको भन्दै नागरिकको स्वास्थ्यलाई नै प्राथमिकता दिँदै वडाले छिट्टै वृहत् खेलकुद महोत्सवको आयोजना गर्न लागेको बताए । आई एन.एफको तर्फबाट बोल्दै प्रशासन अधिकारी दिवस कुँवरले वडामा रहेर आफ्ना सेवा नागरिकमा प्रवाह गर्न पाएकोमा खुसी लागेको बताए। उनले कोभिडको समयमा पनि विभिन्न थरिका सामानहरू वितरण गरेको स्मरण गर्दै सहयोगलाई निरन्तरता दिन इच्छुक रहेको बताए । अमरसिंह उच्च मावि र कालिका उच्च माविका पूर्व प्राध्यापक, रेडक्रस नेपालका पूर्व केन्द्रीय सदस्य तथा वडा नं १५ का समाजसेवी महेश गुरुङले वडाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा खुसी व्यक्त गरे। उनले गत हप्ता मात्रै वडाले वृद्ध वृद्धाहरूलाई विभिन्न स्थलहरूको भ्रमण गराएकोमा धन्यवाद दिँदै पछिल्लो समय वडाले देखाएको सक्रियता सकारात्मक कार्यको उदाहरण भएको बताए । पश्चिम घर भई हाल पोखरा बन क्याम्पसमा अध्ययनरत दीपेन्द्र साउद हाड जोर्नीको समस्या लिएर आएकोमा चिकित्सकले राम्रोसँग चेक जाँच गरी औषधी दिएर पठाएको बताए । उनले आफूहरू जस्तै टाढा– टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अस्पताल र वडालाई धन्यवाद दिए । केही महिना अघिदेखि घुँडा दुखे पनि आर्थिक अभावका कारण औषधोपचार गर्न नसकेकी पोखरा गैरी गाउँकी ६६ वर्षीया लक्ष्मी परियार वडामा निःशुल्क उपचार गर्न पाइन्छ भनेर आएको बताइन् । “डाक्टर बाबुले हेरे, औषधी पनि लेखेर दिएका छन्। अब सन्चो होला ।“ उज्यालो मुख लगाउँदै उनले भनिन्। यस्तै पोखरा नयाँ गाउँ नागबेली टोलका वृद्ध कमल प्रसाद सुवेदीले टाउकोमा चिलाउने समस्या लिएर आएको र डाक्टरले चेक जाँच गरेर औषधी दिएको भन्दै वडाले यस्ता कार्यक्रमको आयोजना गरेकोमा सबैलाई फाइदा पुगेको भन्दै खुसी व्यक्त गरे । १ दिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य उपकेन्द्रका कृष्ण वास्तोला, सचिव विष्णु प्रसाद लामिछाने, वडा सदस्य बलराम पौडेल र सेतीमाया गुरुङले उपचार गर्न आएका वृद्ध वृद्धाहरूका लागि व्यवस्थापन र सहजीकरण गरेका थिए । आई एन.एफ नेपालको एक दर्जन टोली शिविरमा खटिएको थियो ।
पोखरा: भारतकै चर्चित कम्पनी हाउस अफ इण्डियाको फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा शुरु हुने भएको छ । नेहा थापा भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडबाट नेपालकै पहिलो फ्रेन्चाइज शाखाको रुपमा आइतबारदेखि यसको औपचारिक शुरुवात गर्न लागेकी हुन् । सिवानी पोदारले सन् २०१६ मा भारतको नोयडा दिल्लीबाट यो ब्राण्डको शुरुवात गरेकी थिइन् । यसले भारतको ट्रेडिशनलदेखि नयाँ पुस्तासम्मलाई समेटने मोर्डन ड्रेसको उत्पादन तथा विक्री गर्दै आएको छ । ‘कम्पनीले रेडिमेड साडी, लेहेंगा, कुर्थीदेखि नयाँ पुस्ताको रोजाइमा पर्ने विभिन्न प्रकारका पहिरनको उत्पादन गर्दछ, जुन उत्पादनले नेपाली ग्राहकको मन पनि जित्दै आएको छ’–नेहा थापाले भनिन् । विगत लामो समयदेखि नेपालमा यसको फ्रेन्चाइज खोल्नका लागि कम्पनी समक्ष अनुरोध गर्दै आएपनि हालै आएर मात्र कम्पनीले आफुलाई यसको फ्रेन्चाइज अधिकार दिएको उनले बताइन् । झण्डै डेढ करोडको लगानीमा यसको शुरुवात गरिएको उनका श्रीमान कञ्चनबहादुर भट्टराइले जनाए । पोखरामा बुटिक आइटमको माग बढ्दै गएको अवस्थामा यो प्रोडक्ट पोखरेलीहरुको रोजाइमा पर्ने उनको विश्वास छ । विवाह,पार्टी अथवा कुनै समारोहमा जानका लागि महिनौं अघिदेखि बुटिक धाउन नपर्ने र कमै खर्चमा चाहे जस्ता विभिन्न डिजाईनका पहिरनहरु सहजै उपलब्ध हुने उनले बताइन् । अनलाइनमार्फत पनि यसको खरिद बिक्री हुने थापाले जानकारी दिइन् । थाइल्याण्डको ए.आइ.टी.स्कुल अफ म्यानेज्मेण्टबाट एमबीए गरेकी थापालाई यसको फ्रेन्चाइज दिन पाउँदा खुसि लागेको कम्पनीका फाउण्डर सिवानी पोदारले बताइन् । हामीले नेपालमा पनि यसको शाखा विस्तार गर्न चाहान्थ्यांै, धेरैले हामीसंग प्रस्तावन पनि गरे, तर हामीले सक्षम सम्झिएर थापालाई यसको अधिकार दियौं’–सिवानीले भनिन् । देशका विभिन्न शहरहरुमा यसको शाखा विस्तार गरिने नेहाले बताइन् । ‘छिट्टनै काठमाण्डौमा अर्को शाखा विस्तार गर्नेछौं, पाँच वर्ष भित्र देशका अन्य ठूला तीन शहरहरुमा शाखा खोल्नेछौं’–थापाले भनिन् ।
पाल्पा: पाल्पाको रामपुरमा जग्गा भोगचलनको वर्षौंपछि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । वि.सं. २०५६ पछि अहिले रामपुरको बजार क्षेत्रमा लालपूर्जा वितरण गरिएको हो । रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दालाई १ सय ३ लालपूर्जा शुक्रबार वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले लामो समय लालपुर्जाका लागि भौतारिएका निवेदकलाई जग्गाधनी पुर्जा वितरण गरे । राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैह्रेले लामो समयदेखि पर्खाइएको अव्यवस्थित जग्गाको पुर्जा वितरणको शुरुवात भएको बताउँदै अब रामपुर नगरपालिकामा निवेदन आएका ७ सय ८३ घडेरीकै पुर्जा वितरणलाई तीब्रता दिइने बताए । अध्यक्ष गैह्रेले विभिन्न समस्याका बाबजुद १०३ लालपूर्जा वितरण गर्ने स्थितिमा आइपुगेको भन्दै क्रमशः सबै घडेरीको पुर्जा वितरण गर्ने उल्लेख गरे । राष्ट्रिय भूमि आयोग पाल्पाले अब जिल्लाका तानसेन र माथागढीमा पनि अव्यवस्थित र पहिले दर्ता भएको भनिएका तर कतै अभिलेख नभएका जग्गा निर्क्योल गरी पुर्जा दिने तयारी भएको बताइएको छ । साथै आयोगसँग सम्झौता गरेका अन्य पालिकामा पनि निवेदन माग गरी काम थाल्ने अध्यक्ष गैरेले बताए । लुम्बिनी प्रदेश महिला तथा बालबालिका मन्त्री रमा घर्तीले पुर्जाविहीन नागरिकको मुहारमा खुसी आएको मात्र नभई प्रदेशबासीको समस्या केही हदसम्म हल भएको बताइन् ।

