पार्टी भित्रनै घात हुँदा निर्वाचन परिणाममा असर पर्यो: प्रकाशमान सिंह
काठमाडाैं | पुस ९, २०७९
काठमाडौं: कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए ।
सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन । चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो । अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो । यसको असर निर्वाचन परिणाममा देखियो । जित्ने ठाउँमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो ।’
नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए । ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो । यसपटकको तितो पाठ संगठनको मात्रै भर गर्यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो,’ उनले भने।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...