नेपाल पत्रकार महासङ्घद्वारा ‘सुर्खेत घोषणा’ जारी
काठमाडाैं | पुस ९, २०७९
सुर्खेत: नेपाल पत्रकार महासङ्घले आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा पछि ‘सुर्खेत घोषणा–२०७९’ जारी गर्दै महासङ्घले सञ्चारकर्मीलाई आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको हो।
‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’, सुर्खेत घोषणा–२०७९ मा भनिएको छ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठित तीनै तहका सरकार तथा राजनीतिक दलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको ठहर महासङ्घले गरेको छ।
‘यसप्रति नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ’, घोषणामा भनिएको छ, ‘साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ।’
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

