काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:   राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार साँझ ५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले गर्नुभएको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो । यस्तै, राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्नुभएको छ ।

काठमाडौं:    टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको जनाएको छ । टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसको सोही दिन दिउँसो पुनः ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । टर्की र सिरिया क्षेत्रमा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रबिन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् । भूकम्पमा परी आज ९बिहीबार० बिहानसम्म १५ हजार ३८३ जनाको मृत्यु भइसकेको छ ।

बागलुङ : बागलुङको जैमिनी नगरपालिका-१ ले ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट वितरण गरेको छ।    वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो कपडा ब्ल्यांकेट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।    वडाध्यक्ष आचार्यले ९० वर्ष माथिका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नका लागि र उदास हुने उमेरमा हौसला प्रदान गर्नको लागि गर्मी र जाडो दुवै समयमा ओड्न काम लाग्ने ब्ल्यांकेट प्रदान गरिएको बताए।    उनले वडामा १० जना ९० वर्ष माथिका ज्येष्ठ सदस्य रहेपनि सात जनालाई वितरण गरिएको र तीन जना बाहिर रहेकाले पछि सम्मान गरिने बताए।   ‘वृद्ध उमेरमा ज्येष्ठ नागरिकहरूलाई स्थानीय सरकार उनीहरूको साथमा रहेको अनुभूति दिलाउन सम्मान गरिएको हो, वडा अध्यक्ष आचार्यले भने,‘स्थानीय तहको विकासको लागि ज्येष्ठ नागरिकहरूबाट सल्लाह र सुझाव लिएर अगाडि बढ्ने छौं।’

माडौं:  प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।   माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी भट्टलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज (बिहीबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भट्टलाई महारथी शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।   पदोन्नति हुनु भएका उपरथी भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।   सोही अवसरमा प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका एक जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नति हुनुभएका चार जनालाई प्रमुख सेनानीलाई पनि पदोन्नति दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।   उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

पोखरा:  पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको छ ।   पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा बसले स्कुटरलाई ठक्कर दिदा २७ वर्षीय रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।  पोखरा पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक आचार्यको मृत्यु भएको हो ।   पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा आचार्यको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं : भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासिक ​ विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ ।   परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरिएमा मात्र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन सकिने उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भूसेवा केन्द्र सबै कार्यालयमा विस्तार गरी जग्गाधनीलाई विद्युतीय नम्बर प्रदान गरिने लक्ष्य रहेको बताए ।   उनले भने, ‘नापी विभाग र कार्यालयको मेरो कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन् । मालपोत कार्यालयका एक करोड बढी कागजी अभिलेखलाई शीघ्र विद्युतीय अभिलेखमा रुपान्तरण गर्ने काम बजेट अभावका कारणले चुनौतीपूर्ण छ ।’   चालु आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ । वैदिककालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन छ । महिषपाल तथा किराँतकालमा भने जग्गाधनीपूर्जा जस्तै ‘लेख्य’ नामको प्रमाण दिइने र उत्पादनअनुसार जग्गाको कुत तिर्नुपर्ने व्यवस्था थियो ।   माल अड्डामा घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कार्यको सुरुआत भने १९७९ वैशाख १ गतेदेखि सुरु भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । विसं १९९६ मा काठमाडौँमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो ।   सचिव डा रेग्मीका अनुसार हाल मुलुकमा २१  भूमि सुधार र  एक सय १० मालपोत कार्यालय छन् । मुलुकमा एक सय ३१ नापी कार्यालय र सातवटा विशेष नापी कार्यालय छन् । ती कार्यालयले वार्षिक रु डेढ खर्ब राजस्व उठाउने गरेकामा त्यसमध्ये रु ५० अर्ब सङ्घमा, रु ६० अर्ब स्थानीय तहमा र रु ४० अर्ब  प्रदेशसित रहने सचिव रेग्मीले जानकारी दिए।

काठमाडौं:  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ ।   गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगको सचिवालयमा रही कार्य गर्ने कर्मचारीहरूलाई धन्यवादसहित कदरपत्र वितरण गर्न आज (बुधबार) आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन सकिएपछि आयोगका कर्मचारीमा विचलन आउने र सरुवा खोज्ने प्रवृत्ति अन्त्य गर्न बेग्लै सेवा समूहको आवश्यकतामा जोड दिनुभयो ।   उहाँले निर्वाचनपछि नीतिगत र कानुनी सुधारका लागि आयोगले काम गरिरहेको बताउँदै उहाँले सचिवालय र काजमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद व्यक्त गर्नुुभयो ।   सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित कर्मचारी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रका पदाधिकारी, विज्ञलगायतलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गरेकामा कदरपत्र प्रदान गरिएको थियो ।

भोजपुर:   राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो ।   साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नुहुनेछ । साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चनाको गर्नुहुने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिनुभयो ।   राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन समेत गर्नुहुनेछ । वि.सं १९२४ सालमा भोजपुरमा जन्मिनु भएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्थ्यो ।   राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण, गर्नुका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्नुहुनेछ ।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।     यसअघि उहाँले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरिसक्नुभएको छ। अर्थ मन्त्रीसँगको भेटमा नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिनुभएको छ। उहाँले मङ्गलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरिसक्नु भएको छ।    दुई दिने नेपाल भ्रमणमा मङ्गलबार काठमाडौं आइपुग्नुभएकी उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ता सकेर उहाँ आजै स्वदेश फर्किनु हुनेछ।