बागलुङमा ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण

बाग्लुङ | माघ २६, २०७९

बागलुङमा ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण तस्बिर साभार

बागलुङ : बागलुङको जैमिनी नगरपालिका-१ ले ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट वितरण गरेको छ। 

 

वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो कपडा ब्ल्यांकेट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए। 

 

वडाध्यक्ष आचार्यले ९० वर्ष माथिका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नका लागि र उदास हुने उमेरमा हौसला प्रदान गर्नको लागि गर्मी र जाडो दुवै समयमा ओड्न काम लाग्ने ब्ल्यांकेट प्रदान गरिएको बताए। 

 

उनले वडामा १० जना ९० वर्ष माथिका ज्येष्ठ सदस्य रहेपनि सात जनालाई वितरण गरिएको र तीन जना बाहिर रहेकाले पछि सम्मान गरिने बताए।

 

‘वृद्ध उमेरमा ज्येष्ठ नागरिकहरूलाई स्थानीय सरकार उनीहरूको साथमा रहेको अनुभूति दिलाउन सम्मान गरिएको हो, वडा अध्यक्ष आचार्यले भने,‘स्थानीय तहको विकासको लागि ज्येष्ठ नागरिकहरूबाट सल्लाह र सुझाव लिएर अगाडि बढ्ने छौं।’

काठमाडौंः   प्रतिनिधिसभाको आजको बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छान...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बहिष्कार गरेको असार १ गतेको संसद भत्ता नलिने निर्णय गरेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद सचिवालयलाई एक पत्र पठाउ...

थप पढ्नुहोस्

काठमाडौं:   सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा.केशव श्रेष्ठलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ। प्रहरीको साइबर व्यूरो प्रमुख डीआइजी नविद अर्यालले सूचना पाईसकेपछि लोकेसन खोजी कार्य ...

थप पढ्नुहोस्