पोखरा: नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।
काठमाडौं: राष्ट्रिय आदिवासी जनजाति महिला महासंघबाट विद्रोह गरेर तदर्थ समिति गठन भएको छ । संघको आठौँ महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित समितिले उक्त महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाको अपेक्षाबमोजिम वैधानिक तवरले नभएको टिप्पणी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले महासङ्घ आफैँ स्वायत्त जातीय संस्थाको साझा सङ्गठन भएको उल्लेख गरिन् । कुनै पनि सङ्गठनलाई बहिष्कृत गरी आयोजना हुने महाधिवेशन आफैँमा लोकतान्त्रिक र वैधानिक हुन नसक्ने उनको जिकिर छ । उनले भनिन्, ‘हामी केही जातीय सङ्गठन प्रशासनिकरूपले नवीकरण हुँदाहुँदै पनि कागजात नवीकरण नभएको भन्दै महाधिवशेन प्रक्रियाबाट वञ्चित गराउन खोज्नु न्याय र आदिवासीको मौलिक अभ्यासविपरीतको कार्य हो।’ ‘महाधिवेशनको बन्दसत्रमा महासङ्घमा आबद्ध जम्मा ४८ जातीय महिला सदस्य सङ्गठनमध्ये संस्था नवीकरण नभएको कारण बनाएर २७ सदस्य सङ्गठनलाई बन्दसत्रको हलमा प्रवेश गर्न दिइएन, जुन महासङ्घकै विधानविपरीत कार्य हो’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासङ्घकै सदस्य सङ्गठनले बन्दसत्रमा भाग लिन पाउने, समुदायको प्रतिनिधित्व गर्ने र निर्वाचनमा चुन्न र चुनिन पाउने न्यूनतम नैसर्गिक अधिकारलाई समेत वञ्चित गरिनु अलोकतान्त्रिक, गैरकानूनी र अवैधानिक कार्य हो।’ महासंघको आधिकारिक महासचिवले बन्दसत्रमा प्रस्तुत गर्नुपर्ने साङ्गठानिक प्रतिवेदनसमेत प्रस्तुत गर्न नदिनु अर्को विधान, प्रचलित विधि, पद्धति र अभ्यासविपरीत कार्य रहेको समितिको ठहर छ । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा पुष्पा बुढाथोकी, उपाध्यक्षहरू बीना पहरी नगरकोटी ९पहाड०, रीना थकाली ९हिमाल०, माया चौधरी ९तराई० र महासचिवमा विनिता आलेमगरलाई चयन गरिएको छ ।
काठमाण्डौ: चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको छ । नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई भोलि बिहीवार हुने शपथ समारोहमा सहभागी हुने बाटो खुलेको हो । संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्थ्यो । लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उहाँको शपथमा रोक लगाउन माग गरेर सर्वोच्चमा रिट परेको थियो । अमेरिकाको नागरिकता प्राप्त गरेपछि लामिछानेको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको र पछि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिका लागि पुनः प्रक्रियामा जानुपर्नेमा खारेज भएकै नागरिकता प्रयोग गरेर दल गठन तथा सांसदका लागि उम्मेदवार बनेको आरोप रहेको छ ।
पोखरा: एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । स्थापना कालदेखी युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्वन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । महोत्सवकै आम्दानीबाट युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवको संघारमा आइपुग्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले बताए । त्यस्तै आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दुरदराजका गाउहरुमा स्वास्थ्य शिविर, युवाहरुलाई कुलतबाट फस्नबाट रोक्नका लागि खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागि युनाईटेड क्लवले खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगिताहमा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रही टेवा पुर्याउदै आइरहेको समेत अध्यक्ष श्रेष्ठले बताए । क्लवले स्थापना कालदेखीनै उठाउदै आएको पोखरामा मानवनिर्मित खुल्ला चिडियाखाना निर्माणको कामले यतिवेला तीब्रता लिइरहेको वताउदै श्रेष्ठले हाल सम्म युनाईटेड क्लबले चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैया नगद प्रदान गरिसकिएको बताए । क्लवलको पहलकदमीमा तत्कालिन पश्चिमाञ्चल विकाश क्षेत्रका क्षेत्रिय निर्देशक दिनेश कुमार थपलियाले पोखरालाई २० उत्कृष्ट गन्त्ब्य निर्माण गर्ने उद्देश्यभित्र चिडियाखाना पनि रहेको २० काम मध्ये चिडियाखाना निर्माणलाई प्राथमिकतामा राखिएको थियो । सोही अनुरुप पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा २०७२ साल साउन १५ गते सिलान्यास भइ पशुपंक्षी उद्धार केन्द्र हुदै हाल चिडियाखाना गण्डकी पदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला बन डिभिजन कार्यालय मार्फत निर्माणको कार्य अगाडि वढिरहेको क्लवका अध्यक्ष श्रेष्ठले बताए । एघारौं पोखरा महोत्सवबाट चिडियाखानाको ठाउमा सेती नदी एक सहशीक पर्यटकीय गन्तब्य निर्माणका लागी केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक महोत्सवमा प्रति टिकटबाट एक रुपैया सेती नदी संरक्षण अभियानलाई छुट्याइने समेत श्रेष्ठले जानकारी दिए । एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को बेटर होम एप्लायन्स, सह प्रायोजकमा रारा तयारी चाउचाउ, पप कन्सर्ट प्रायोजक युनाईटेड युथ सर्कल यु.एस,ए,प्रायोजकहरुमा योकोहामा जापानिज ल्याङग्वेज एण्ड ट्रेनिङ कन्सल्नेन्सी, स्काई लिंक टेक्नोलोजी, ड्रीमल्याण्ड फनपार्क, सिजी हार्डवेयर एण्ड सप्लायर्स, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस प्रोसेस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा लि, अफिसियल इन्सुरेन्समा सगरमाथा इन्सुरेन्स, प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, सहयोगी संस्थाहरुमा अमरसिंह मा.वि., युथ कम्युनिटी क्लव, मिडियापार्टनरहरुमा एबीसि न्युज टेलिभिजन , फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक, एभरेष्ट एफएम ९३ मेघाहर्ज, रहेको र अन्य प्रायोजकहरुको खोजीमा रहेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा अपा·, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) वनका कार्मचारीलाई निःशुल्क प्रवेश गराईनेछ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने समेत प्रचार प्रसार संयोजक सुनारले बताए । त्यस्तै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने भएको छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्याउने , विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने , गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने , आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पुर्याउने र उद्योगको प्रवद्वन गर्ने उद्देश्य लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी गीत प्रतियोगिता, झांकी प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा शौचालयको व्यवस्था , निशुल्क वाइफाइको व्यवस्था , अग्नि, चट्याङ, भुकम्प, हुरीबतास, हुलदंगा बिमाको व्यवस्था , प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था , पार्किङको उचित व्यवस्था र प्रत्येक स्टललाई एक थान टेवल र दुई थान कुर्चीको व्यवस्था गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले महोत्सवको सफलताको कामना गर्दै सुरक्षालाई विशेष ध्यान दिन आग्रह गरिन । उनले महोत्सवकै आयोजना गरी सामाजिक काममा लागेर पोखराकै अब्बल संस्था बन्न पुगेको उनको भनाइ रहेको थियो । पत्रकार सम्मेलनमा स्वागत मन्तब्य राख्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सबैलेसहयोग गरी युनाईटेडको सामाजिक अभियानमा भाग लिन आग्रह गरे ।
पोखरा: रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) को आयोजनामा पोखरामा ५ दिनसम्म पोखरा स्ट्रिट फेस्टिबल मेलाको आयोजना हुने भएको छ । रेबानको पोखरा स्थित क्षेत्रिय शाखाले यहीँ आउदो पुस १३ गतेदेखि १७ गतेसम्म २४औं पोखरा स्ट्रिट फेस्टिबल, २०७९ को आयोजना गर्ने भएको हो । विगत २३ वर्षदेखि आयोजना हुँदै आएको स्ट्रिट फेस्टिबल यस वर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसर पारेर अयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विशेष गरी कोभिड–१९ पछि सुस्ताएको पोखराको पर्यटन बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गर्न लागिएको रेबानका केन्द्रीय महासचिव एकराज अधिकारीले जानकारी दिए । ५ दिनसम्म चल्ने फेस्टिबलका अवसरमा वटररवट्रेस् रेस, बोटिङ रेस, टग वार जस्ता खेलका साथसाथै सांगीतिक तथा मनोरञ्जनात्मक गतिविधिहरु गरिने आयोजक रेबानले जनाएको छ ।
काठमाडौं: लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ । ५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज एनआईसी एशिया बैंकको ११ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको ६६७ कित्ता सेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार ९१५ रुपैयाँ बराबरको ८०७ कित्ता सेयर कारोबार भएको छ । आज आधिखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनिहरुले १० प्रतिशतले कमाएका छन् भने श्रीजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनिहरुले ९.९९ प्रतिशतले कमाएका छन् ।
नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । “गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ”, उनले भने, “गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।” जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । “आलु उत्पादनका हिसाबले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आत्मनिर्भर रहेको छ”, प्रमुख लामछिानेले भने, “यो वर्ष समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।” मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकामा व्यावसायिकरुपमा आलु खेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ । उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवर्द्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियो ।
काठमाडौं: स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुगेका छन्। रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहेका छन्। उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन्।
काठमाडौं: नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् । बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए । निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगेका हुन् ।