मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:   अनेरास्ववियुको अध्यक्ष पदमा  समिक बडाल  विजयी भएका छन् । बडाल  ९६५  मतसहित विजयी भएका हुन् ।  अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार उनका निकटतम प्रतिपस्र्धी आरसी लामिछानेले ३५६ मत ,  अध्यक्ष पदका उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ मत ल्याए । अनेरास्ववियुको नवनिर्वाचित अध्यक्ष बडाल यसअघि महासचिव थिए । २०६२ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।

काठमाडौं:  नेपाल खेलकुद पत्रकार मञ्चले १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ को लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडाससँग सहकार्य गरेको छ । नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको छ । मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सन्जिव तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई पक्षबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौताअनुसार एडिडासले हरेक वर्ष अवार्डमा १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गर्नेछ । एडिडासले यसअघि पनि स्पोर्ट्स अवार्डमा सहकार्य गरेको थियो । सम्झौतापछि रुट्स फेसनका प्रवन्ध निर्देशक तुलाधरले भन्नुभयो, ‘नेपालकै प्रतिष्ठित एनएसजेएस पल्सर स्पोटर्स अवार्डसँग पुनः जोडिन पाउँदा हामी धेरै खुसी छौं । खेलाडी र खेलकर्मी सम्मानमा जोडिन पाउँदा हामीले आफुलाई गौरवान्वित ठानेका छौं । यसअघि पनि हामीले मञ्चसँग सहकार्य गरेका थियौं । तर विविध कारण बीचमा सहकार्य निरन्तर हुन सकेन । आगामी वर्षहरूमा पनि हाम्रो सहकार्यले निरन्तरता पाउने विश्वास छ ।” त्यस्तै मञ्चका अध्यक्ष सुवेदीले एडिडास जस्तो विश्वस्तरीय ब्रान्डको साथ पाउनुले स्पोर्ट्स अवार्डको उचाई अझ वढेको बताउनुभयो । ‘करिब १० वर्षपछि एडिडास र मञ्चबीच पुनः सहकार्य भएको छ । एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिसँग धेरै समयपछि जोडिन पाउँदा हामी धेरै खुसी छौं । यो तीन वर्षको सहकार्यले बाँकी वर्षहरूमा पनि निरन्तरता पाउने हामीले विश्वास लिएका छौं,’ सुवेदीले भन्नुभयो । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यही फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हँुदै छ । अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड गरी ९ विधा समावेश छ ।   जसमा पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।   अवार्डको चर्चित विधा पिपल्स च्वाइस अवार्डको मनोनित खेलाडीहरू सार्वजनिक भइसकेका छन् । यस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा, भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यसको मतभार ५० प्रतिशत हुनेछ । त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ । यसको मतभार २५ प्रतिशत हुनेछ । त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेछन् । खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२।५ प्रतिशत हुनेछ । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ । उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक हुनेछ । 

पोखरा:  माछापुच्छ्र्रे हिमालको काखमा रहेको कास्की जिल्लाको उत्तर भेगमा रहेको माछापुच्छ्रे गाउपालिका वडा नं. ४ को रमणीय गाउँ लाहाचोक गाउँको प्रवद्र्धन गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको समुह शनिबार उक्त गाउँ पुगेको छ । स्वस्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको एक दिने छोटो पदयात्रा (हाइकिङ) को ३१ औं श्रृङखला लाहाचोक गाउँमा गरेको थियो । पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको मिलन चोकमा भेला भई पैदल यात्रा सुरु गरेका उक्त समुहलाई क्लबका संयोजक कृष्ण रानाभाटले हाइकिङले स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेकोले छिट्टै विधिवत रुपमा दर्ता गरिने जानकारी गराएका थिए । २०७६ साल देखि नियमित रुपमा हुँदै आएको हाईकिङ कोरोना भाइरसका कारण केही महिना स्थगित भएको र कोरोना भाइरसको असर कम भए पश्चात पुनः नियमित रुपमा संचालन भइरहेको क्लबका सदस्य तथा कानुनी सल्लाहकार अधिवक्ता नोज घर्तिमगरले वताए । विद्यार्थीदेखि गृहणीसम्म सहभागी भई रमाईलो गर्दै पैदल हिडेर स्थानिय वस्ती, खोलानाला, वनजंगल, विभिन्न विकास निर्माणका कार्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्दै ४ देखि ५ घण्टा संगै हिड्नु नै हाइकिङको उद्धेश्य रहेको रेडियो सफलताका स्टेसन म्यानेजर मधु अधिकारीले वताए । लाहाचोकका व्यवसायी राजेन्द्र अधिकारीले हाइकर्स क्लबका सदस्यहरुलाई लाहाचोकमा स्वागत गर्दै रहेका विभिन्न देवी देवताका मन्दिरहरु, प्रचारप्रसारको पर्खाइमा रहेको पर्यटकीय पातीखोला गुफा, काल भैरब मन्दिर, नवनिर्मित माछापुच्छ्रे गाउँपालिकाको प्रशासनिक भवन, व्यवसायीक रुपमा गरिएका कृषि तथा पशु पालनको अवलोकन गराएका भएको आइटि व्यवसायी पितम सेन ठकुरीले वताए । यस अगाडि कास्की, स्याङ्जा र तनहुँका विभिन्न गाउँहरुमा हाइकर्स समुह पुगेको र फागुन महिनाको अन्तिम शनिबार स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँमा जाने तयारी गरिएको छ । पोखराको पृथ्वीचोकलाई केन्द्रमा राखेर वेलुकी ५÷६ वजेभित्र फर्किनु पर्ने भएको कारण जाँदा वसमा जाने र फर्किदा बाँगेदेखि फेदीखोलासम्म ३ देखि ४ घण्टा हिडेर आउने तयारी रहेको पनि क्बलले जानकारी दिएको छ ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज (बिहीबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभयो ।   कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको उहाँले बताउनुभयो ।   कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते  बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।   यस्तै, कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।   निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।   निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।   स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।   निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा स्ववियु निर्वाचन विसं २०१८–१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । विसं २०३० सम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो । त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।   प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

काठमाडौं, फागुन ४ गते । अनेरास्ववियुको मतदान विद्युतीय मेसिनबाट सुरु भएको छ ।    अध्यक्ष पदका उम्मेदवार समेत रहनुभएका विद्यार्थी नेता आर.सी. लामिछानेले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै विद्युतीय मेसिनबाट मतदान सुरु भएको जानकारी दिनुभयो ।   अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ गते मंगलबारदेखि काठमाडौंमा सुरु भएको थियो ।    अध्यक्ष पदमा आर.सी. लामिछानेसहित लोकेश निरौला, मोति वि.क., समिक बडाल र वाङ्छु योन्जन गरी जम्मा पाँचजनाको उम्मेदवारी रहेको छ ।              

मनाङ:  हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।   मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । उहाँका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए ।   यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उहाँले बताउनुभयो । “यस वर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ”, प्रमुख चपाईंले भन्नुभयो ।   विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो । गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उहाँले बताउनुभयो ।   पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ । फागुन १ गतेदेखि सदरमुकाम चामे र नासो गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमितरुपमा सञ्चालन भएका छन् ।   माथिल्लो मनाङमा भने अझै विद्यालय खुलाउनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङमा बढी चिसो हुने हुँदा यस क्षेत्रका बासिन्दा जिल्ला नफर्किँदा केही ढिलो गरी कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।   सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीयरुपमा सञ्चालन भएको छ । हिमाली क्षेत्रमा विद्यालय टाढाटाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीयरुपमा सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।   “विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थाले, जिल्ला बाहिर अभिभावकले बालबालिका राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना हुँदा यस समस्याको समाधानका लागि आवासीय बनाएका हौँ, आवासीय बनाएपछि विद्यालयमा विद्यार्थी राम्रै छन्”, अध्यक्ष घलेले भन्नुभयो ।   सङ्घीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उहाँले बताउनुभयो । जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयमा आवासीयरुपमा पठनपाठन भइरहेको छ । चिसो बढी भए पनि विद्यार्थीलाई वार्षिक परीक्षामा सकस हुन्छ भनेर पठनपाठन सुरु गरिएको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताउनुभयो ।   त्यस्तै थोंचेको प्रकाशज्योति माध्यमिक विद्यालय र तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा नियमितरुपमा पठनपाठन सुरु भएको छ । भानु माध्यमिक विद्यालयमा बाढीका कारण जोखिम बढ्दा विद्यार्थी घटेका नासो–१ का वडाध्यक्ष मिनरासी गुरुङले बताउनुभयो ।   “गत वर्ष विद्यालयमा बाढी पस्दा यहाँ विद्यार्थी घटेका छन्, बाढीको जोखिम भएपछि विद्यार्थी पढ्न बाहिरी जिल्लातर्फ गएको पाइएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो । तालगाउँमा जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएपछि यहाँका स्थानीयले आवास निर्माण तथा मर्मत गरेपछि बसोबास गर्न थालिएको उहाँले बताउनुभयो ।   यस वर्ष हिमपात नभए पनि चिसो बढी नै छ । फागुन लागे पनि चिसो अझैँ घटिसकेको छैन । यसले गर्दा माथिल्लो मनाङका विद्यार्थी, शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन् । चिसोका कारण अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर नै छन् । माथिल्लो मनाङ क्षेत्रका शिक्षक, विद्यार्थी जिल्ला भित्रिने क्रम रहेका चपाईंले बताउनुभयो ।   माथिल्लो मनाङका बासिन्दा जिल्ला आउन ढिला गर्दा शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीय बताउँछन् । विद्यार्थी र अभिभावकसँगै कर्मचारी तथा शिक्षक समयमै गाउँ आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको छ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार उनीहरूबीच एक्लाएक्लै भेटवार्ता भएको हो। भावी  राष्ट्रपतिबारे फरक-फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता लामो छलफलमा जुटेका हुन्।   एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ।    प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो।   स्रोतका अनुसार माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको छ। 

काठमाडौं : आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ ।    कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ । यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । कीर्तिपुर खेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो ।    यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्याण्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंको प्रशिक्षणमा नेपाललले पहिलो पटक नामिबियालाई हराएको थियो । नेपालले नामिबियामाथि दुई विकेटले पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको हो ।    लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र आठ खेलमा हार बेहोरेको छ ।  स्कटल्याड ४८ अङ्कका साथ शिर्ष स्थानम छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरी कूल तीन खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्षस्थानमा रहनेछ । उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन् ।   त्यस्तै लिग–२ मा नेपालले अब ११ खेल्न बाँकी छ । २५ खेलमा नौ मा जित र १४ खेलमा मा हार बेहोरेको नेपाल २० अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । एकदिवशीय मान्यता पाएका विभिन्न सात एशोसिएट राष्ट सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपालाई एकदिवशीय मान्यता बनाई रहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ ।    नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवशीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवशीय मान्यता आगामी जुलाइसम्म मात्र रहनेछ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।    यसैगरी लिग २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्कका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अङ्कका साथ पाँचौँ स्थानमा छ । पपुवा न्यूगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अङ्क जोड्दै अन्तिम स्थानमा छ ।

पोखरा:    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुुन्छ पात्रो हेरेर भन्न नसक्ने बताएका छन् ।  प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले यस्तो बताएका हुन् ।  ‘पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ भन्ने प्रश्न समर्ग पोखरेली र गण्डकी प्रदेशका जनताको प्रश्न हो, मन्त्री किराँतीले भने, ‘आजको मितिदेखि अझ तिव्र रुपले नागरिक उड्डयन प्राधिकरणसँग छलफल र परामर्श गरेर यो विषयमा अगाडी बढ्छौं, पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिन  ।’  पोखरा विमानस्थलबाट कहिले अन्र्तराष्ट्रिय उडान हुन्छ भन्ने पत्रकारको प्रश्नमा आफुले पात्रो हेरेर भन्न नसक्ने प्रतिक्रिया दिएका छन् । ‘पोखरा विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न अत्याधिक प्रयास भएको छ, यथासक्य छिटो हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’ उनले भने ।  माघ १ गते पोखराको सेती खोँचमा भएको यती विमान दुर्घटनाले देश र मन्त्रालय शोकमा भएको समयमा आफुले खादा र माला लगाएर नबस्ने घोषणा गरेको हो मन्त्री किराँतीले बताए ।  ‘देश र मन्त्रालय यती विमान दुर्घटनाबाट शोकमा थियो , शोकमा खाँदा र माला लगाएर मन्त्रालय नबस्ने घोषणा गरे लगाएन, उनले भने, ‘खाँदामाला प्रति सम्मान छ, एउटै व्यक्तिलाई ५ सय केजीसम्मको माला पहिराएको पनि देखिन्छ यो राम्रो होइन, यो संस्कृतिको नाममा विकृति हो ।’ मन्त्री किरातीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरा पृथ्वीचोकसम्म विमानस्थलकै मातहतमा सवारी संचालन गर्ने आश्वासन समेत दिएका छन् ।‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यात्रु आएपछि ट्याक्सी लगायत अन्य सवारी प्रयोग गरेर जाने प्रचलन रहेछ, सम्बन्धित निकायसँग कुराकानी गरेर विमानस्थलकै पक्षबाट पृथ्वीचोकसम्म सेवा दिन छलफल अगाडी बढाउछु ।’ उनले भने ।    मन्त्री किराँतीले आज (बिहीबार) पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अनुगमन समेत गरेका छन् ।