म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

काठमाडौं:  सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा भोलि (सोमबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले  जानकारी दिनुभयो । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ । दिवसका अवसरमा मूल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौं महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटीलगायत संस्थाको सक्रियतामा जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागेका थिए ।  यस अवसरमा भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी भने मङ्गलबारदेखि गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् ।   विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

पोखराः यति एयसलाइन्सको दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पहिचान गरी भोली परिवारजनलाई बुझाइने भएको छ ।    जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पहिचान भएका शवहरु पोखराबाटै परिवारजनको जिम्मा लगाइनेछ ।    त्यस्तै, पहिचान हुन नसकेका शव काठमाण्डौं लगेर डीएनए परीक्षण गर्ने कार्यालयबाट जानकारी दिइएको छ । हाल शवहरु पोखरा विज्ञान प्रतिष्ठानमा राखिएकाे छ ।     जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको सूचना अनुसार ६९ शव भेटिएको छ भने बाँकी ३ शवको खोजी कार्य जारी छ । 

कावासोती:  राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु व्यवसायिक मौरी पालनमा लागेका छन् । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा यसतर्फ आर्कषित भएका हुन् । देवचुली नगरपालिका–९ का चन्द्रबहादुर थापाको मौरी पालनबाट जिवन फेरिएको बताउनुहुन्छ । कम लगानिबाट पनि मनग्य आम्दानी भएपछि उहाँले मौरी पालनमा लागी परेको बताउनु भयो । खुसि हुँदै उहाँले भन्नुभयो, ‘‘पहिले मौरीपालनबाट के नै आम्दानी होला र जस्तो लागेको थियो तर, मौरीपालन गरेर यसबाट आम्दानी भएपछि मौरीपालन नै गर्ने र ब्लक क्षेत्र बनाउने बताउनु भयो । महको प्रयोग स्वाथ्यका लागि लाभदायक भएकाले जाडो मौसममा यसको माग बढ्दै गएको छ । नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु अध्यक्ष कँडेलले बताउनुहुन्छ । जिल्लाको गैडाकोट, देवचुली, कावासोतीका युवाहरुले कृषि पेशाअन्तर्गत मौरीपालनमा चासो दिन थालेका छन् । विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण यहाका युवाले देखाएका छन् । चन्द्रबहादुर जस्तै यहाँका धेरै युवा मौरीपालन गर्ने र पकेट क्षेत्रसँगै ब्लक क्षेत्र बनाउने योजनामा छन् । कावासोती नगरपालिकाका अनन्त कंडेलले प्रदेशको अनुदानमा मह प्रशोधन केन्द्रनै स्थापना गरेका छन् । मौरीपालन गर्न युवाहरुले सामुदायिक वनसँग साझेदारी गरी घार व्यवस्थापन गर्ने गरेका छन् । नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुँदा अहिले विशेष गरी युवाहरु मौरीपालनमा बढी आकर्षित भएको नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष कँडेलले बताउनुभयो । जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । व्यावसायिकरूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत धेरै रहेको उहाको भनाइ छ ।

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताउनु भएको छ ।  आइतबार एक शोक सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवम् चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’’  उहाँले सो सन्देश ट्वीटमार्फत सार्वजनिक गर्नुभएको हो । यसैबीच, आइतबार पूर्वी नेपालका केही स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पूर्वी नेपाल पुग्नु भएका राष्ट्रपतिले पोखरा घटनाको बारेमा थाहा पाउने बित्तिकै त्यहाँका कार्यक्रम स्थगित गर्नुभएको जानकारी राष्ट्रपतिको निजी सचिवालयले दिएको छ ।  

यति एयरलाइन्सको दुर्घटनामा परेको जहाजमा सवार यात्रुहरुको उद्धारपछि अस्पतालमा पु¥याउँदा जीवित अवस्थामा नपाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्रोतले जनाएको छ ।    यसअघि केही यात्रु घाइते भेटिएको र उपचारार्थ अस्पताल लगिएको भन्ने सूचना गलत भएको अस्पतालका एक सिनियर चिकित्सकले बताएका छन् ।    नाम उल्लेख नगर्ने शर्तमा चिकित्सकले भने, ‘प्लेन क्रयासको खबर सुन्नासाथ हामी स्ट्यान्डबाइ थियौं, केही यात्रुको जीवितै उद्धार हुनेमा आश पनि थियो तर यहाँ ल्याइएका यात्रु कोही पनि जीवित थिएनन् ।’   अहिले अस्पतालमा करिब ३३ शव रहेको उनले जनाए । ‘ठ्याक्कै यति नै शव छन् भनेर यकिन गरिहाल्न गाह्रो छ’ उनले भने ‘करिब ३२–३३ शव भएको अनुमान छ ।’   शव जलेको र क्षतविक्षत भएकाले पहिचान गर्न नसकिएको र सोही कारण यकिन संख्यासमेत खुलाउन नसकिएको उनले जानकारी दिएका छन् । 

काठमाण्डौंबाट पोखराको हवाई दूरी मात्र २५ मिनेटको हो । यही दूरी मापन गर्दा यति एयरलाइन्सको जहाज सेती नदीको खोंचमा पुग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्कमा रहेको पाइएको छ ।      कलसाइन कलसाइन नाइन एन–एएनसीको जहाज काठमाण्डौबाट बिहान १०ः ३२ मा पोखरा उडेको थियो ।   उक्त जहाज पोखरा टावरसँग १०ः५० मा सेती खोेच भन्ने स्थानबाट सम्पर्कमा आएको र लगत्तै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।    प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।  

काठमाडौँ — आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।   विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।   प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए ।   'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छु, उनले भने यो, विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ । -रासस

 काठमाण्डौबाट पोखरा आउँदै गरेको यतिको विमान सेती खोंचमा दुर्घटना भएपछि उद्धारार्थ जुटेका एम्बुलेन्स र प्रहरीका गाडीहरु त्यहाँ पुग्न कठिनाई भइरहेको छ ।    पोखराभित्र रहेका एम्बुलेन्सहरु आपतकालीन उद्धारकालागि निस्केपन िसडकमा अत्यधिक जाम भएको छ । आज बिदाको दिन रहेकाले पनि स्थानीयहरु घटनास्थलमा पुग्ने क्रममा सडक जाम भएको छ ।    प्रहरी र ट्राफिकहरुले यथाशक्य प्रयास गर्दा पनि सडक खोल्न हम्मे पर्दा उद्धार र शव संकलनार्थ एम्बुलेन्सहरु बाटैमा रोकिएका छन् ।    ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटनामा परेको हो । उक्त विमान काठमाण्डौबाट आउँदै गर्दा विमानस्थलबाट करिब २ किलोमिटरको दुरीमा दुर्घटना परेको छ ।    घटनास्थलमा हेर्न जानेको संख्याले गर्दा एम्बुलेन्सले बाटो पाउन नसकेको हाम्रा सम्वाददाता बिबि रोकाले जनाएका छन् ।     

पोखरा:  ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटना ग्रस्त भएको छ ।   काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुग्न लाग्दा नयाँगाउँमा दुर्घटनामा परेको हो। हाल घटनास्थलबाट शव संकलन गरिदै छ ।