पोखरा: पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको तेस्रो दिन तीन ‘खेलकुद हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरुले आफ्ना अनुभव साटेका छन्। सो सत्रमा भूतपूर्व फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर शक्ति गौचनले आज र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले भोलिको प्रतिनिधित्व गर्दै अनुभव साटेका हुन् । छलफलमा तीनै जना खेलाडीले खेल क्षेत्रमा करिअर बनाउँदा झेल्नु परेको चुनौती साटे। नेपाली महिला फुटबलकी पहिलो कप्तान रमा सिंहले पुराना समय सम्झँदै भनिन्, ‘२०३९ सालदेखि नेपालमा महिला फुटबलको सुरुवात भएको हो। झन्डै चार वर्ष मैले फुटबल खेलेँ । पहिलो महिला क्याप्टेन पनि बनेँ। यो दौरानमा अन्तर्राष्ट्रिय खेल खेल्ने सौभाग्य मिल्यो।’ नेपाली महिला फुटबल खेलाडी बन्नुलाई संयोग भन्दै उनले भनिन्, ‘हामीले फुटबल संयोगको रुपमा खेल्न थालेका हौं । त्यो बेला फागुन १३ गते शिक्षा दिवस मनाइन्थ्यो। शिक्षा दिवस मनाउने क्रममा इन्टरकलेज भलिबल प्रतियोगिता हुँदा हामी प्रथम भएर पुरस्कार भएका थियौं। पहिलो भएको टिमले डेमोन्स्ट्रेसन खेल खेल्नुपर्छ भनेर पद्मकन्या कलेजबाट रंगशाला लगिएको थियो। त्यो बेला अखिल नेपाल फुटबल संघले महिला फुटबल इन्ट्रडुअस गर्न लागेको रहेछ। उहाँहरुले हामीलाई महिला फुटबलमा सहयोगी हुने हो भने हामी तपाईंहरुलाई दुई महिनाको आधारभूत तालिम उपलब्ध गराउँछौं । त्यसपछि २ वटा समूह बनाएर खेल खेलाउँछौं भन्नु भयौं। त्यसपछि नियमित तालिम दिन्छौं भनेको भएर भलिबल खेल्न तीन चार जना हामी फुटबलतर्फ आकर्षित भयौं।’ झन्डै चारदशकअघि फुटबल खेल्नु महिलाका लागि सजिलो थिएन। परिवार, समाज र दर्शकबाट समेत नकारात्मक टिप्पणी सुन्नु परेको सिंहको अनुभव छ। ‘मेरो बुबाले मलाई फुटबल खेल्ने हो भने खेल तर फुटबल खेलेर पढाइ बिगार्यो भने खेल्न पाइन्न भन्ने सर्त राख्नुभएको थियो,’ उनले भनिन्, ‘ फुटबल खेल्ने त भनियो । भलिबल ट्रायक सुट लगाएर खेल्दा हुन्थ्यो तर फुटबल ट्रायक सुट लगाएर खेल्न नियमले दिँदैन। हामीलाई हाफ प्यान्ट लगाएर रंगशालामा फुटबल खेल्दा रंगशालाको प्याराफिटबाट कोही दर्शकले त राम्रै प्रोत्साहन गर्ने गरी हुटिंग गर्नुहुन्थ्यो । कोही दर्शकहरुले कस्तो अश्लिल शब्द प्रयोग गरेर पनि हुटिंग गर्नुहुन्थ्यो। दर्शकअनुसारको मानसिकता हो।’ गोल्डेन गर्ल उपमा पाएकी धावक सन्तोषी श्रेष्ठले आफूले रमा सिंहजस्तो समस्या भोग्नु नपरे पनि त्यसलाई रिलेट गरेको बताइन्। ‘सुरुको चरण मेरा लागि पनि गाह्रै थियो। महिला भएर खेल्नु, झन् कुद्ने खेल भएपछि स्वास्थ्यलगायत अरु समस्या आउँछन्। बिहे हुँदैन भन्ने खालका कुरा पनि आउँथे,’ उनले भनिन्, ‘बिस्तारै मैले राम्रो रिजल्ट दिन थालेपछि बल्ल सहज भयो। अहिले खेलकुद पत्रकारले हाम्रो खेलकुद र महिला खेलाडीलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिराख्नुभएको छ।’ उनले अग्रज महिला खेलाडीलाई दर्शकबाट निरुत्साहन हुने र पहिरनबारे टिप्पणी गर्ने कुरा भने आफूले भोग्नु नपरेको बताइन्। ‘अहिलेको दर्शकबाट चिअर अप बढी भइरहेको छ। लक्की नै भन्नु पर्छ। पहिरनको अवरोध पनि हाम्रो बेलामा छैन,’ उनले भनिन्। कार्यक्रममा शक्ति गौचनले पुरुष खेलाडीको अनुभव सुनाए जुन महिला खेलाडीभन्दा भिन्न थियो। तर दुःख उनले पनि भोगेका रहेछन्। ‘उनले म अन्डर १७ को क्याम्पमा हुँदा आधा गिलाँस दुध, आधा पाउरोटी खाएर ट्रेनिङमा जान्थ्यौं। कहिले त खाली पेट नै बस्नु पथ्र्याे । चिसो खाना खानु पर्ने हुन्थ्यो । यो अवस्था झण्डै २००८ सम्म भोगेका थियौं । त्यसपछि बिस्तारै खेलको स्तर पनि बढ्दै गयो । त्यसपछि २०१४ वल्र्डकप खेल्यौं।’ अहिले नेपाली क्रिकेटले फलामदेखि सुनसम्मको यात्रा तय गरेको उनले १० वर्ष अघिको भोगाइ अहिलेको खेलाडी भोग्नु नपर्ने बताए। तर छलफलका सहभागी महिला खेलाडीद्वयले भने गौचनभन्दा फरक विचार व्यक्त गरे। सिंहले भनिन्, ‘मेरो छोरी पनि नेपालमा भएको भए र छोरीले म फुटबल खेल्न जान्छु भन्यो भने हँ भनेजस्तो हुन्छ जस्तो लाग्छ अहिले पनि। हाम्रो देशमा खेलेर जीवन निर्वाह गर्ने अवस्था छैन । मेरो बेलामा झन गाह्रो थियो।’ धावक सन्तोषीको भनाइ पनि उस्तै छ, ‘आर्थिक र लाइफ सेटल कसरी गर्ने भन्ने कुराको चुनौती छ।’
पोखरा: ‘मुन्धुमका मेन्छाना मध्ये तपाईंको पिय पात्र को हुन्?’ मुन्धु संगीतमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेकी गायिका झुमा लिम्बुलाई रजत राई किराती प्रश्न गर्छन्। मुन्धुममा शक्तिशाली महिला पात्रमध्ये झुमा भन्छिन्, ‘हामीलाई लिम्बु भएर खान, लाउन, तान बुन्न र शक्तिशाली बन्न सिकाउने युमा हुन्। लिम्बुवानको हरेक ठाउँ पुग्दा कतै कतै तेर्सो र ठाडो ढुंगा कतै देख्नुभयो भने बुझ्नुस् कि युमाले तान बुनेकी हुन्।’ मुन्धुम अध्येता शान्तिदेवी राई मरिम्मा पात्र सम्झिन्छिन्, उनका अनुसार जसले सम्पूर्ण कुराको सिर्जना गरिन्। पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिनको एक सेसन ‘मुन्धुमका मेन्छाना’मा झुमा र शान्तिदेवी मुन्धुममा महिलाको स्थानबारे वर्णन गरिरहेका थिए। कार्यक्रमको सहजकर्ता थिए, रजत राई किराती। मुन्धुममा महिला लिम्बु समुदायको मुन्धुममा पुरुषले प्रस्ताव राख्नुपर्छ भन्ने मान्यता छैन। झुमा भन्छिन्, ‘मलाई कोही लिम्बु पुरुष मन प¥यो भने प्रस्ताव गर्नु पर्दैन। तानेर नाचे हुन्छ। पुरुषले पनि हात पकडेर लगेर कुरा गर्न पाइयो। त्यो स्वतन्त्रता भएको संस्कृति हो।’ झुमा आफ्ना दिदीहरूले थुप्रै सोल्टीहरूलाई चिठ्ठी लेखेको स्मरण गर्छिन्। उनी आफ्नो समुदायमा प्रेममा स्वतन्त्रता भएको बताउँछिन्। ‘अहिले हाम्रो समाजमा मैले सम्बन्धविच्छेद गरेँ र फेरि बिहे गर्नुपर्यो भने कन्या हुन्छु। मेरो माइतीमा उही अधिकारमा हुन्छु। त्यसको मतलब राई लिम्बुलाई छाडा भनेको पनि पाउँछु। स्वतन्त्र हुनु भनेको साह्रै जिम्मेवारी काँधमा हुनु हो,’ उनी भन्छिन्। शान्तिदेवी राई समुदायमा पनि प्रेम स्वतन्त्रता हुने बताउँछिन्। ‘हाम्रो समुदायमा प्रेम अन्य समुदायभन्दा ठीक उल्टो छ। महिलाहरूले आफूलाई मन परेको छ भने प्रस्ताव राख्नुहुन्छ। सुम्निमा पारुहाङमा पनि सुम्निमाले प्रस्ताव राखेको हो नि,’ उनी भन्छिन्। महिलाको हातमा चाबी ‘मुन्धुममा आर्थिक कुरा र निर्णय प्रक्रियामा महिलाको भूमिका कस्तो हुन्छ,’ रजत प्रश्न गर्छन्। झुमा आफ्नो समुदायमा छोरी जन्मेदेखि नै सुंगुरको पाठा, बाख्राको पाठा लगायत अन्य सम्पत्ति उनको नाममा राख्ने चलन भएको बताउँछिन्। ‘छोरी १५ वर्षको भइसक्दा आर्थिक हिसाबमा छोराहरूभन्दा सबल हुन्छन्। मेरो घरमा पनि दाइहरूले दिदीहरूसँग पैसा माग्थे,’ झुमा भन्छिन्। छोरीको विहे गर्दा पनि आर्थिक हिसाबमा बलियो होस् भनेर मुन्धुम समुदायमा रीत लिने चलन छ। झुमा रीत नबुझाई लिम्बुनीसँग बिहे गर्न नपाइने चलन आफ्नो समुदायमा रहेको सुनाउँछिन्। अन्य समुदायमा माइती बित्यो भने छोराहरूले बार्ने चलन छ। तर लिम्बु समुदायमा माइती बित्यो भने बराबरी बार्ने चलन रहेको उनी बताउँछिन्। घरमा सात्ताको साँचो नै आमा र त्यसपछि बुहारीको हातमा हुने उनी बताउँछिन्। शान्तिदेवी राई समुदायमा निर्णय महिलाहरूकै चल्ने बताउँछिन्। ‘निर्णय प्रायः सामूहिक हुन्छ। छोरीको विवाह गर्दा पहिला छोरीलाई, त्यसपछि आमालाई अनि मामालाई सोध्ने चलन छ,’ उनी भन्छिन्।
काठमाडौंं: नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिएपनि हस्ताक्षर भने रहेको छैन । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध गर्दछौ । हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सङ्ख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ’, निवेदनमा भनिएको छ । निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यायदव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका हुन् । चुनावमा कुनै पनि दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
वीरगञ्ज: बाराको महागढीमाई नगरपालिकामा पराल काटने मेसिनले हात काटिदा एक जना गम्भीर घाईते भएका छन । महानगढीमाई नगरपालिका– ११ मधुरी टोल बस्ने ३५ वर्षीय अमिरकाप्रसाद यादव गम्भीर घाइते भएका हुन । आइतबार दिउँसो ना.६ त. १५७३ नम्बरको ट्याक्टरमा जडान गरिएको पराल काट्ने मेसिनमा पराल काटने क्रममा यादवको हाट काटिएको थियो । अमिरकाको बायाँ हातको कुहिनो भन्दा तलतिरको भाग पुरै कटेको, दाहिने हातको ४ वटा औला काटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । यादवको कलैया अस्पतालमा उपचार भइरहेको छ
कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देवका ४० वर्षीय साधुराम चौधरीले दुई वर्ष भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गरे । कोरोना महामारीसँगै स्वदेश फर्किएका उनी हाल गाउँमै अरु युवासित मिलेर ‘चान्देव एकीकृत इन्टरलक इँटा तथा ब्लक उद्योग’ सञ्चालन गरिरहेका छन् । सिमेन्टको प्रयोग गरी बनाइले आधुनिक एवं भूकम्प प्रतिरोधी इँटा उद्योग समूहमा सञ्चालन गरिरहेका चौधरीले उद्योग स्थापनाको छोटो समयमै मनग्य आम्दानी गरिरहेका छन् । “घरपरिवार छाडेर विदेशमा मजदुरी गर्नुभन्दा गाउँमै केही गरौँ भनेर भारतबाट फर्किएर यसमा संलग्न भए”, उनले भने, “हातमा सीप भए गाउँमै मेहनत गरेर आम्दानी गर्न सकिँदोरहेछ ।” कञ्चनपुरमा इँटा उद्योगबाट उत्पादित इँटा घर निर्माण प्रयोजनमा बढी प्रयोग भइरहेको भए पनि पछिल्लो समय यहाँका चौधरीले जस्तै छिटपुटरुपमा इन्टरलक ब्लक बनाउनेक्रम बढेको छ । “जेठमा सञ्चालनमा ल्याएको उद्योगबाट आठ हजार ब्लक बिक्री गरिसक्यौँ”, चौधरीले भने, “अहिले थप चार हजार इँटा माग भएपछि बनाउन थालेका छौँ ।” उनले रु पाँच लाखको लगानीमा उद्योग सञ्चालन गरेको उल्लेख गर्दै सञ्चालन भएयता इँटाको माग आउन थालेको जानकारी दिए । “रु तीन लाख बढीको इँटा बिक्री गरिसक्यौँ”, उनले भने, “फस्टाउँदै गए मुनाफा पनि समूहमा सहभागीबीच बाँडफाँट गर्ने योजना छ ।” उनले घरपरिवारसितै बसेर उद्योगमा खटिनुका साथै स्याली र दोदा नदीमा बगर खेतीबाट आयआर्जन गरिरहेको बताए । “सिमेन्टबाट निर्मित इँटाको प्रयोगले घरको लागतसमेत कम हुने भएकाले यसको माघ बढिरहेको छ”, उनले भने, “अहिले प्रतिइँटा रु ४० का दरले बिक्री भइरहेको छ ।” उद्योगमा आबद्ध स्थानीय निमबहादुर चौधरीले गाउँका–६ जना मिलेर गाउँमै उद्योग सञ्चालनको तालिम लिएर व्यावसायिकरुपमा लागेको बताए । “हिउँदमा सबै बगरमा बेमौसमी तरकारी लगाएर आम्दानीमा जुटिरहेका हुन्छौँ”, उनले भने, “यता ब्लक उद्योगले वर्षभरि काम दिइरहेको हुन्छ ।” यसबाट भएको आम्दानी सोही उद्योगमा लगानी गरिरहेको उनले बताए । “मुनाफा वितरणभन्दा पनि उद्योगको दायरा बढाउने सोचमा छौँ”, उनले भने, “ स्थानीय दशकभन्दा बढी समयदेखि यहाँ बगरमा तरकारी फलाएर घर खर्च चलाउने धेरै छन् ।” उनले हरेक वर्ष छ महिना बगरखेती हुने गरेको उल्लेख गर्दै गाउँमा उद्योग सञ्चालनले व्यवस्था थप बढाएको जानकारी दिए । उद्योगमा आबद्ध रामदयाल रानाले उद्योग सञ्चालनका लागि दातृ निकायको सहयोगले सम्भव भएको बताए । ब्लक इँटा बनाउने मेसिन खरिदका लागि यहाँस्थित नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए०ले रु दुई लाख सहयोग गरेको हो । यहाँ उत्थान परियोजनाअन्तर्गत समाजकल्याण सङ्घले चार वटा स्थानमा ब्लक उद्योग सञ्चालन गर्न सहयोग गरेको छ । “हामीलाई त उद्योगबारे थाहा नै थिएन”, रानाले भने, “दातृ निकायले तालिम र मेसिन दिएपछि उद्योग सञ्चालनमा सहयोग पुगेको हो ।” कृषि नै आयआर्जनको मुख्य पेसा भए पनि ग्रामीण भेगका कृषकले राज्यबाट कुनैखाले अनुदान र सहयोग नपाएको रानाको गुनासो छ । एनएनएसडब्लुएको उत्थान परियोजनाका संयोजक विनोदविक्रम जैरुले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका परिवारको अवस्था सबल बनाउन सहयोग पुग्ने उद्देश्यले ब्लक उद्योग सञ्चालनका लागि सहयोग गरिएको बताए । “आयस्रोत सामान्य भएकाको अवस्थामा सुधार आएर आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले उत्थान परियोजनामार्फत विभिन्न आयमूलक काममा सहयोग गरिएको छ”, उनले भने, “गाउँबस्तीमै मेहनत गरेर जीविका चलाउनसक्ने जनशक्ति निर्माणमा अग्रसर छौँ ।” चान्देवमा लामो समयदेखि बगरखेतीमा लागिपरेका कृषकलाई ब्लक उद्योग सञ्चालनमा समेत सहयोग पु¥याइएको जैरुले बताए । “बगरमा खेती आंशिक समय मात्र हुन्छ”, उनले भने, “बाँकी समय उद्योगमा खटिएर आम्दानी गर्नसक्ने भएका छन् ।” उनले जलवायुमैत्री, घर बनाउँदा प्लास्टर गर्नु नपर्ने र पोलेको इँटाभन्दा बलियो भएकाले पछिल्लो समय ब्लक इँटाको माग बढिरहेको बताए ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाउन सफल हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिनु भएपछि कांग्रेस नेता समेत रहनुभएका मन्त्री कार्कीले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो । गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्नुभएपछि सहमति नहुँदा उहाँ बालुवाटार बैठकबाट बाहिरिनुभएको थियो । सञ्चारमन्त्री कार्कीले आजै गठबन्धन दलको बैठक बसी सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “गठबन्धन अहिले मुलुकको आवश्यकता हो, छलफल जारी छ । केही समय पछि फेरि बैठक बसेर सहमतिको प्रयास हुन्छ ।” गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले गठबन्धन नटुट्ने उहाँले बताउनुभयो । पार्टीको आन्तरिक छलफल थप आवश्यक रहेको र गठबन्धनलाई जोगाई राख्न सबै प्रयास हुने उहाँको भनाइ छ । “प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुहुनेछ, सहमति बन्छ भन्ने मलाई विश्वास छ” मन्त्री कार्कीले भन्नुभयो, “आफ्नो आफ्नो दलमा छलफल हुन्छ, सबै कुराको टुङ्गो अन्तिम घडीमा हुन्छ ।” नेपाली राजनीतिको परम्परा पनि सबै विषय अन्तिममा टुङ्गिने रहेको उहाँले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहितको दाबी पेस गर्नका लागि आज ५ बजेसम्मको समय तय गर्नुभएको छ ।
काठमाडौं: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अझै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न सहमत हुनुभएको छ । ३५ वर्षीय मेस्सी पीएसजीसँग नयाँ सम्झौता गर्न सहमत भएपछि उहाँको फ्रान्स बसाई लम्बिने पक्का भएको हो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएर चर्चाको शिखरमा पुग्नुभएका मेस्सी पीएसजीसँग थप एक वर्षको सम्झौता गर्न तयार हुनुभएको हो । पीएसजीसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ । मेस्सीले २१ वर्ष लामो बार्सिलोना बसाई टुङ्ग्याएर सन् २०२१ मा दुई वर्षको लागि पीएसजीमा अनुबन्ध हुनुभएको थियो । मेस्सीले पिएसजीका लागि ५३ खेल खेल्दै २३ गोल गर्नुभएको छ । एजेन्सी
काठमाडौंः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै मौलिक जातीय पहिरनमा सजिएर आएका २६ जनाले १४ मातृभाषामा शपथ लिइरहँदा चार जात छत्तीस वर्णको फूलबारीकै भान भएको थियो । त्यसो त अघिल्लो प्रतिनिधिसभाका ४६ सदस्यले पनि ११ मातृभाषामा शपथ लिनुभएको थियो । विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावाई संरक्षण एवं प्रवद्र्धनका साथ वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गर्दै समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गर्ने प्रतिबद्धताका साथ जारी भएको संविधानले उक्त अवसर जुटाइदिएको हो । जुम्लाकी विनिता कठायत, भोजपुरकी दुर्गा राई, पर्साका प्रदीपकुमार यादव, मोरङकी सोनु मूर्मू, सुनसरीका अशोककुमार चौधरी, धादिङका बिना लामा, चितवनका कल्पना मियाँलगायत नवनिर्वाचित सदस्य आ–आफ्नो जातीय वेशभूषासहित सदनमा आएर मातृभाषामा शपथ लिनुभएको हो । उहाँहरुले आ–आफ्नो क्षेत्र र समुदायबीचमा सीमित वेशभूषा र भाषा नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न सर्वोच्च निकाय संसद्मा आएर देखाउन र सुनाउन पाएकामा गौरवको अनुभव भएको भनी खुसी व्यक्त गर्नुभयो । धनुषाबाट प्रतिनिधित्व गर्ने जनमत पार्टीका सांसद अनिता साह भन्नुहुन्छ, “हाम्रो क्षेत्रको पहिरन, बोलीचाली, भाषा बेग्लै छ, त्यस्तालाई राष्ट्रियस्तरमा ल्याएर सबैले हेर्न, सुन्न र देख्न पाउने अवसर मिल्यो, राष्ट्रिय सञ्चारमाध्यमले सबैलाई यो दृश्य देखाइदियो ।” उहाँले अरुका पहिरन र भाषा हामीले देख्यौँ, हाम्रो अरुले देख्न र सुन्न पाउनुभयो यो निकै खुसीको कुरा हो भन्नुभयो । निर्वाचनबाट गठन हुने राज्यका सबै तहमा नेपालको संविधानले आत्मसात गरेको समानुपातिक समावेशी सिद्धान्तले विविधतायुक्त प्रतिनिधित्वको सुनिश्चिता प्रदान गरेको छ । यसबाट हाम्रा राष्ट्रिय गानका श्रष्टा व्याकुल माइलाको परिकल्पना ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सर्वभौम भई फैलिएका मेची–महाकाली’ भनेझैँ हाम्रो प्रतिनिधिसभा सप्तरङ्गी बन्न पुगेको छ । यसैबीच सदनमा ३३ प्रतिशत महिला प्रतिनिधिसहित समाजका विभिन्न क्षेत्र तथा तह र तप्कालाई समेट्ने उद्देश्यले आत्मसात गरिएको समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा भने प्रारम्भदेखि नै प्रश्न उठ्दै आएको छ । संविधान निर्माणका बेला समानुपातिकमात्र लेखेर हुन्न पूर्ण समानुपातिक चाहिन्छ भन्ने दल र व्यक्तिबाटै पनि अहिले यो प्रणालीको दुरुपयोग भएको भनी आलोचनात्मक प्रतिक्रिया आएको पाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० र समानुपातिक निर्वाचन दुवै प्रणाली अवलम्बन गरिएको छ । मुलुकमा भएका पछिल्ला निर्वाचन अभ्यासमा प्रत्यक्षतर्फ पुरुष र समानुपातिकतर्फ महिला भन्ने देखाएको छ । यसो हुनुमा निर्वाचन प्रणालीको दोष नभई राजनीतिक दलबाट उम्मेदवार छनोटप्रतिको बुझाइमा त्रुटि रहेको राजनीतिक दलका नेताहरू नै बताउनुहुन्छ । प्रतिनिधिसभा सदस्यको मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ नौ महिला सदस्यले आफ्ना बलिया प्रतिस्पर्धीलाई पराजित गरी विजयी हुनुभएको छ । प्रत्यक्षतर्फ महिला उम्मेदवार छनोटलाई ठूला दल भनिएकैबाट पनि कन्जुस्याइँ गर्ने प्रवृत्तिले प्रत्यक्ष पुरुष तथा समानुपातिक निर्वाचन प्रणाली महिलाको भन्ने भान हुन पुगेको छ । जनआन्दोलन २०६२÷६३ को उपलब्धिका रूपमा दलहरूबीच सहमति भई यो निर्वाचन प्रणाली अपनाउने सुनिश्चिता गरिएको थियो । समानुपातिक निर्वाचन रुपान्तरणकारी र अग्रगामी भएको जनाउँदै दलहरूले यस प्रणाली अपनाउँदा निर्वाचनलाई खर्चिलो र भड्किलो हुनबाट रोक्ने विश्वास गरिएकामा पछिल्ला समयमा उम्मेदवार छनोटमै आफन्त र पैसाको मोलतोलमा परेको भनी गुनासो गरिएको छ । समानुपातिक निर्वाचन प्रणाली अपनाउँदा राजनीतिक दल विशेषले भोट प्राप्त गर्ने भएकाले व्यक्ति विशेषको खर्च नहुने मात्र नभई कसैको प्रभाव र दबाब नपर्ने धारणा राखिएको थियो । त्यसो त प्रत्यक्ष निर्वाचनबाट चुनिएर आएका तुलनामा समानुपातिकबाट चुनिएर आएका सांसदले आफूलाई दुई नम्बरको व्यवहार भएको भनी गुनासो गर्दैै आएको पनि सुनिएकोे छ । पछिल्ला निर्वाचनको नतिजाले एकाधबाहेक प्रत्यक्षतर्फ पुरुष र त्यस्तै समानुपातिकतर्फ महिला बन्न पुगेको छ । जनताले नपत्याएका तथा कहिलै चुनाव नजित्ने नेतृत्वको प्रभावमा मात्र त्यो प्रणालीमा अटाउन थालेको गुनासो यत्रतत्र सुनिएको छ । समानुपातिक प्रणालीबाटै भए पनि सोनु मूर्मू ९सन्थाल० विनिताकुमारी सिंह, छिरिङ लामा, बिना लामा, प्रदीपकुमार यादव, विनिता कठायत, कल्पना मियाँ, अशोककुमार चौधरी, दुर्गा राईलगायतको उपस्थितिले प्रतिनिधिसभालाई रङ्गीचङ्गी तुल्याएको छ । उहाँहरुमध्ये कतिपय लामो राजनीतिक जीवनयात्रा पार गरेर यहाँ आइपुग्नुभएको छ भने केही व्यक्तित्वको प्रभावले सदनमा प्रवेश पाउनुभएको हो । नवप्रवेशी सांसदले कानुन निर्माणका अतिरिक्त स्वास्थ्य, शिक्षा, रोजगारी, सुशासन र जनजीविकाका प्रश्नलाई प्रभावकारीरूपमा उठाएर इतिहास रच्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । संविधानमा लेखिएका मौलिक हक अधिकारका विषय कानुन बनाएर कार्यान्वयन गर्नेमा आफूहरूको जोडबल रहने उहाँहरूले प्रतिक्रिया दिनुभएको छ ।