कञ्चनजंघाको एक्काइसौं वार्षिकोत्सव सम्पन्न
पाेखरा | फागुन ७, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं. ११ मा अवस्थित कञ्चनजंघा ईङ्लिश बोर्डिङ स्कुलले आफ्नो २१औँ स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच शुक्रबार सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रकाली बहुमुखी क्याम्पसका प्राध्यापक बुद्धिसागर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।स्वागत मन्तव्य नेपाली विषय विभागीय प्रमुख शिक्षिका सावित्री शर्माले राख्नु भएको थियो।
कार्यक्रममा विभिन्न बिधाका खेलकूद प्रतियोगिता र अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनुका साथै शैक्षिक सत्र ०७८ को शैक्षिक पुरस्कार समेत प्रदान गरिएको थियो।
विद्यालय निर्देशक श्रीजङ्ग गुरुङले विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नु हुँदै उज्ज्वल भविष्यका लागि शिक्षा नै पहिलो खुड्किलो भएकाले लगनशील भएर पढाइमा लाग्न शुभकामना समेत दिनुभएको थियो।
गत वर्षको वार्षिक परीक्षामा कक्षा पाँच सम्मका विद्यार्थीहरूमा सर्वाधिक अङ्क ल्याउने कक्षा एकको अभिशेक गुरुङ र कक्षा दस सम्मका विद्यार्थीहरूमा कक्षा आठकी रिनाशा शर्मा सर्वाधिक अङ्क प्राप्त गरी पुरस्कृत भएका थिए।विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले मन्तव्यका क्रममा आगामी योजनाहरू समेत प्रस्तुत गर्नुभएको थियो।उक्त अवसरमा विद्यार्थीहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत गरेका थिए।
विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

