काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको &ls...

काठमाडौं:   रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक भोलिसम्म चल्ने भएको छ । सोमबार बिहानदेखि बुढानीलकण्ठको होटल पबेरामा राखिएको बैठक बुधबारसम्म चल्ने भएको हो । अध्यक्ष लामिछानेसहित निर्वाचित सांसद र केन्द्रीय सदस्य समेतलाई राखेर बैठक चलिरहेको एक केन्द्रीय सदस्यले बताए ।   लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसदको भुमिका, संविधान र कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा समेत छलफल हुने भएको छ ।

काठमाडौं:  फिफा विश्वकप कतार २०२२ का गोल्डेन बुट विजेता फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले फाइनलमा पराजित भएपछि सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्स फाइनलमा पराजित भएको थियो । एमबाप्पेले ह्याट्रिक गरेपनि खेल अर्जेन्टिनाले टाइब्रेकरमा जितेको थियो । एक समय अर्जेन्टिनाले सहजै फाइनल जित्ने देखिएपनि एमबाप्पेले सानदार प्रदर्शनका साथ फ्रान्सलाई खेलमा फर्काए । एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट पनि जितेका थिए । तर खेलपछि पुरस्कार वितरण समारोहमा उनी निकै निराश देखिएका थिए । उनले इन्स्टाग्राममा गोल्डेन बुट बोकेर विश्वकप उपाधि पार गरेको क्षणको तस्वीर राख्दै लेखेका छन्, ‘हामी फर्कनेछौं’ । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।

सर्लाही:  सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।  जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए  ।  इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको उनले बताए । आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए ।  आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

पोखराः   पोखरा महानगरपालिका –१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको छ। क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका हुन् । गौतम झन्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए। दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन्। लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए। ‘उहाँ एक हप्ताअघि कोरोनाबाट संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको थियो। अस्पतालबाट घर फर्केपछि एकदिन हामीसँगै काममा पनि जानुभयो,’ बानियाँले भने, ‘तर शुक्रबार बिहानदेखि सम्पर्क गर्दा फोन समेत उठेन। खोजी गर्दा घरभित्र सोफा तल लडिरहेको अवस्थामा मृत भेटिनुभयो।’   बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए स्पेनले जनाएको छ। पारिवारिक स्रोतका अनुसार गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।

चितवनः   नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए । उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

पोखराः   सन्देश अधिकारी कास्की पोखरा समाज जापानको ५ औं अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका छन्  । आइतबार सम्पन्न भएको कास्की पोखरा समाज जापान टोकियोले  ५ औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  समितिको वरिष्ठ उपाध्यक्षमा अन्जु भण्डारी, उपाध्यक्षमा सुरेश लामिछाने, कमल वास्तोला, विशु भण्डारी, राजु पौडेल, दीपक सुनार, मनोज तिवारी र भुपेन्द्र पराजुली चयन भएका छन् । समितिको महासचिवमा सरोज कार्की सचिवमा जिवन पोखरेल, कोषाध्यक्षमा तोयानाथ ढकाल, सहकोषाध्यक्षमा सुर्य कँडेल चयन भएका हुन् ।  समितिको सदस्यमा प्रेम दाहाल, कुमार सापकोटा, तारानाथ बराल, कुल प्रसाद बास्तोला, कुमार सापकोटा, बिजय गुरुङ, रमेश दाहाल, प्रताप सुवेदी र प्रदिप सापकोटा चयन भएको निवर्तमान अध्यक्ष विश्व सुवेदीले जानकारी दिए ।  सन् २०१४ मा स्थापना भएको कास्की पोखरा समाज जापानको कार्यसमिति सदस्यहरुको संयुक्त बैठकबाट सर्वसम्मत २३ सदस्य कार्यसमिति र २ जना पछि मनोनित गर्ने गरी कार्यसमिति गठन गरेको थियो । 

पोखरा: पोखरामा झव: भ्वय तथा सांस्कृतिक उत्सव हुने भएको छ । नेवा: खल कास्की र नेवा: मिसा पुच: कास्कीको आयोजनामा यही पुस ९ गते तेस्रो संस्करणको उत्सव आयोजना हुन लागेको हो । नेवारी संस्कृति र खानपानको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेवा: मिसा पुच: का संस्थापक अध्यक्ष शान्ति उदासले जानकारी दिइन् । पोखरामा पहिलोपटक २०७२ सालमा झव: भ्वयको आयोजना गरिएको थियो । हरेक २/२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उनले बताइन् । परम्परादेखि चलिआएको प्रचलनलाई युृवा पुस्ताले बिस्तारै भुल्दै गएकाले नयाँ पुस्तालाई ‘फुड कल्चर’ का बारेमा जानकारी गराउन कार्यक्रमले सघाउ पुग्ने संयोजक मोहिनी श्रेष्ठले बताइन् । कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिइन् । १ हजार २ सय जनालाई भोज खुवाइने अध्यक्ष श्रेष्ठले बताइन् । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवा: छे: मा आयोजना हुने छ । विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण श्रेष्ठ, प्रचारप्रसार संयोजकमा शान्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् । कार्यक्रमलाई सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले प्रयोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।

प्यूठान:  सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास जिसीले ज्ञापन पत्र बुझाएका हुन् । जिसीले ज्ञापन पत्रमा लेखेका छन्, ‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’ सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुनेतर्फ ज्ञापन पत्रमा सचेत गराइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् ।

पोखरा:   ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक विकास सुनार माथि गोलि प्रहार भएको छ ।  सुदरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक सुनारलाई आइतबार साँझ गोलि प्रहार गरिएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।  आइतबार साँझ पसलबाट घर फर्कने क्रममा सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पको नजिकै दुईजना अपरिचित ब्यक्ति मोटरसाईकलमा आएर एक्कासि गोलि हानेर साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेको पिडित परिवारका एक सदस्यले बताए ।  व्यवसायी सुनारको हाल धनगढी स्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सोमबार विज्ञप्ती जारी गर्दै भनेका छन, ‘स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुनु सुरक्षा संयन्त्र माथि नै चुनौति खडा हुनु हो, तसर्थ घटनालाई तीव्रतका साथ अनुसन्धान गरी अपराधीलाई कानूनको दायरमा ल्याउन र पीडितलाई क्षति पूर्ति र न्यायको लागि आवश्यक पहल गर्र्न सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ र सम्पूर्ण व्यवसायीहरुमा सुरक्षा संयन्त्रलाई उक्त घटना छानविन गर्न साथ र सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’