प्रधान सेनापतिद्वारा सहायक रथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडाैं | माघ २६, २०७९
माडौं: प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी भट्टलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज (बिहीबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भट्टलाई महारथी शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
पदोन्नति हुनु भएका उपरथी भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।
सोही अवसरमा प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका एक जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नति हुनुभएका चार जनालाई प्रमुख सेनानीलाई पनि पदोन्नति दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

