काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको &ls...

काठमाडौंः    नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् । गत मङ्सिर १५ गतेदेखि प्रतिष्ठानले पठन संस्कृतिको विकासका लागि भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी आयोजना गरेको थियो । मङ्सिर २९ गतेसम्म भएको प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को कात्तिकसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएका थिए । राखिएका पुस्तकमध्ये ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘वर्ण व्याकरण’, ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, चूडानाथ भट्टराईको ‘पौरस्त्य दार्शनिक कृतिहरु’, ‘नेपाली लोकवार्ता’, ‘दर्शनावली भाग एकदेखि नौसम्म’, जगतप्रसाद उपाध्यायको ‘नेपाली दर्शन’, पुस्तक बढी बिक्री भएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा रु तीनदेखि रु तीन हजार ३०५ सम्मका पुस्तक राखिएका थिए । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायत विषयका पठनीय एवम् अति उपयोगी करिब ५०० भन्दाबढी थरीका पुस्तक एवम् पत्रपत्रिका समावेश गरिएका थिए । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायतमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोश रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएका थिए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेकामा यसपटक पनि त्यस्तै देखिएको प्रतिष्ठानले जनाएको छ ।     प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुसमा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा असारमा प्रदर्शनी आयोजना गरिँदै आएको छ । यसपटक भने प्राज्ञ सभाको अवसर पारेर प्रदर्शनी गरिएको हो । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने छ । यसपटकको प्रदर्शनीमा हालै प्रतिष्ठानले प्रकाशन गरेका बदरीनाथ भट्टराईले लेख्नुभएको ‘संस्कृत साहित्यको ंिसंहावलोकन’, शीतल गिरीको ‘साङ्ख्य दर्शनदेखि सत्यहाङ्मा पन्थसम्म’, श्याम खनाल सङ्कलक÷सम्पादक रहेको ‘नयराज पन्तका ज्योतिषी चिन्तन’, अनुवादक र सम्पादक स्नेह सायमी रहनुभएको ‘नेपाल भाषाका समकालीन कविता’, सम्पादक जगतप्रसाद उपाध्याय प्रेक्षित रहनुभएको ‘चूडानाथ भट्टरायका पौरस्त्य दार्शनिक कृतिहरु’ नामक पुस्तक राखिएका थिए । यसैगरी लेखक डा बीपी बाजपेयी र अनुवादक डा विज्ञान भिक्षु रहनुभएको ‘विश्व धर्म (प्राणनाथका धर्मको एकीकरण)’, प्रा डा कृष्णचन्द्र शर्माको ‘नेपालमा नाथ योग दर्शनको परम्परा’, डा शुक्रराज अधिकारीको ‘समाजशास्त्रीय दृष्टिमा स्वस्थानी व्रतकथा’, चन्द्रप्रसाद न्यौपानेको ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’, सम्पादक योगेन्द्रप्रसाद यादव रहनुभएको ‘मातृभाषाको रुपरेखा भाग–३’, भीमराज गौतमको ‘कुसुण्डा भाषाको व्याकरण’ र भरतबन्धु थापाको ‘नेपाल इन इमेजेज’लगायत पुस्तक  प्रदर्शनीमा राखिएका थिए   

काठमाडौंः   संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको ईतिहासमै पहिलो पटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भई ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ । ‘मिनुस्का मिशन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत मङ्सिर २७ गते लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुई शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या छ हजार १६ पुगेको छ । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरे पश्चात संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ मा पाँच मिलिटरी अब्जर्भर युएनओजिआइएल मिशन लेवनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिशनको यात्राले छ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ ।  शान्ति मिशनको यस यात्रामा सन् १९७४ मा युएनइइएफ मिशन सिनाइ (ईजिप्ट) मा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा पुरानो गोरख गण सहभागी भएको थियो । हालसम्म नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घीय ४४ वटा शान्ति मिशनमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका एक लाख ४२ हजार पाँच सय ८५ सकलदर्जा शान्ति मिशनमा सहभागी भएकामा एक हजार नौ सय ८२ महिला सैनिक समावेश रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ । विश्व शान्ति स्थापनाको यस महायज्ञमा हालसम्म ७१ नेपाली सेनाका शान्ति सैनिकले आफ्नो प्राणको आहुती दिएका छन् भने ६८ जना सकलदर्जा घाइते भएका छन् । हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा रहेको छ भने विभिन्न १२ शान्ति मिशनमा नेपाली सेनाका छ हजार १६ जना सकलदर्जा ९चार सय २९ महिलासहित० सहभागी भइरहेका छन् ।  यसैगरी संयुक्त राष्ट्रसङ्घीय शान्ति मिशन मध्य युएनडिओएफ मिशन सिरियामा फोर्स कमाण्डर, युएनआइएफआइएल मिशन लेवनानमा डेपुटी फोर्स कमाण्डर तथा एमआइएनयुएसएमए मिशन माली र युएनएमआइएसएस मिशन दक्षिण सुडानमा सेक्टर कमाण्डरको रुपमा नेपाली सेनाका रथीवृन्द कार्यरत हुनुहुन्छ ।

दोलखाः   बाघको आक्रमणबाट रामेछापको गोकुलगंगामा एकजना गम्भीर घाइते भएका छ्न । गाइते हुनेमा गोकुलगंगा गाउंपालिका वडा नं १ ढांडे निवासि अन्ध्वज कार्कि रहेका छन ।  कार्की पौष १ गते स्थानीय बनमा पत्कार सोर्न जाने क्रममा बाघको आक्रमणमा परेको स्थानीय शिक्षक लोकध्वज कार्कीले बताएका छ्न । घाइतेलाई जिरी अस्पतालमा उपचारका लागि लगिए पनि उपचार सम्भाव नभए पछि सामान्य उपचार पछि थप उपचारको लागि राजधानी रिफर गरीएको छ ।  गौरीशंकर संरक्षण क्षेत्रबाट पछिल्लो समय जंगली जनावार मानव बस्तिमा छिर्ने र आक्रमण गर्ने गरेको छ । गत वर्ष रामेछापको गोलुलगंगा र दोलखाको जिरी नगरपालीकाको केहि ब्यक्ति भालुको आक्रमणमा परेका थिए ।

पोखराः    पोखरा  अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का  प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा सबै कुरा राम्रो छ । प्रतिवेदनको ‘इन्फरमेशन’ छिट्टै प्रकाशन गरिनेछ ।” प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी)मा प्रकाशन गरिनेछ । प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ ।   एरोथाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म सफलतापूर्वक यान्त्रिक परीक्षण उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । क्यानले यही पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । यसको सात महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो ।     पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिनुभयो । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ ।

स्याङ्जाः   स्याङ्जाको वालिङमा आज पर्खालले थिचिँदा एक मजदुरको मृत्यु भएको छ । वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिचिादा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो ।  वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो । 

काठमाडौंः    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले  पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८, डिजेल र मट्टीतेल १ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो ।

काठमाडौं:   सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन गर्ने बताएको हो । फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले उचालेको थियो । 

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका प्रवक्ता बोधराज रेग्मीले अबको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुक्ने छुट नभएको बताएका छन् । पोखरामा संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।  उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएपनि वा प्रतिपक्षमा बसेपनि संसद पुगेका २० जना माननीयहरुले जनमतको कदर गर्दै देश र जनताका पक्षमा काम गर्नुहुनेछ । हामी देश र जनताकै निम्ति राजनीतिमा होमिएका हौँ ।हामीलाई चुक्ने छुट छैन ।’ गण्डकी प्रदेशबाट प्रत्यक्षमा सिट प्राप्त नगरेपनि समानुपातिक बाट २ सिट पाएको र उहाँहरू गण्डकी प्रदेश केन्द्रीत रहने उनको भनाइ थियो । आगामी दिनमा गण्डकी प्रदेश समितिले छिटै नै गण्डकी प्रदेशका ११ वटै जिल्लामा वडा तहसम्म तहगत समिति निर्माण गर्ने , जनताका गुनासा हरेक पार्टी कार्यालयमा टिपाउन सकिने, सरकारी कार्यालयहरुमा नियमित रुपमा अनुगमन हुने,  जनताका स–साना मुद्दालाई समेत समाधान गर्ने लगायतका कामहरू गरिने  प्रवक्ता रेग्मीले जानकारी दिए ।

झापाः    झापा बिर्तामोडका योगश मगरलाई भ्वाइस अफ नेपाल सिजन ४ को विजेता बनाउन उनका साथीहरु एकजुट भएका छन् ।  भ्वाइस अफ नेपाल सिजन ४ को टप ८ मा पर्न सफल झापा बिर्तामोडका  मगरलाई जिताउन उनका साथीहरु एकजुट भएका हुन् ।  झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै स्थानीय युवाहरुले समिति बनाएरै अभियान सञ्चालन गरिरहेको छन् । बिर्तामोडमा योगेश मगरको सांगीतिक समूह हो, पन्छी एण्ड द सन ब्रस्ट ब्याण्ड । उनी त्यस ब्याण्डका गायक हुन्, यसै कारण पनि योगेश मगरलाई ‘पन्छी’को उपनामले पनि चिनिन्छ । उनकै ब्याण्डका सदस्यहरु मिलेर अहिले योगेश मगर जिताउ अभियानमा लागेका छन् । १७ सदस्यीय अभियानको संयोजकमा राहुल राई रहेका छन् । समितिको सदस्यमा प्रकाश तामाङ, जितेन पाँचकोटी, हिलिहाङ इजम, अपेक्षा राई, आर्यन बराइली, आशा गुरुङ, आदर्श खाती, नाम्ग्येल तामाङ, नसिब मगर, सेवासी मगर, प्रभाष मगर, किरण गुरुङ, खुम खड्का, रमेश शेर्पा, योगेश लिम्बू र योगेन्द्र थापा रहेका छन् । योगेशले टप १० मा आशिष रायामाझीलाई इलिमिनेट गरेका थिए ।  कोच प्रमोद खरेलको समूहमा रहेका योगेशले ब्लाइन्ड अडिसनमा सुरुको १ मिनेटभित्रै चारै जना कोचको कुर्सी घुमाएर थिए । भ्वाइस अफ नेपाल सिजन ४ का सम्भावित विजेता योगेशको पूख्र्यौली घर कुम्मायक गाउँपालिकाको यासोक पाँचथर हो भने हाल बिर्तामोडमा बस्दै आएका छन् । भ्वाइस अफ नेपालका प्रतियोगीमध्ये कम उमेरका योगेशलाई जिताउन झापाका विभिन्न स्थानमा अभियानले कार्यक्रम गर्दै आएको छ ।  भर्सटाइल गायक योगेश मगर फ्यान फलोइङ बढेर अहिले नै सेलिब्रेटी बनिसकेका छन् । उनलाई भोट गर्नका लागि खल्ती एप डाउनलोड गरी प्रमोद खरेललाई सेलेक्ट गर्नुपर्छ । उनको भोटिङ कोड १२ रहेको छ । बिर्तामोडका युवा जुटेर यसअघि नेपाल आइडलमा राम लिम्बूलाई जिताएका थिए भने अर्को सिजनमा नाम्ग्येल तामाङ रनरअप भएका थिए । अभियानका अगुवा प्रकाश लिङदेनले बिर्तामोडका युवाले अभिभावकत्व भूमिका निर्वाह गर्दै आएको सुनाए ।