काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:  बङ्गलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मङ्गलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।   ढाकामा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपाल भारतलाई हराएर फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नैपर्ने बाध्यता छ ।   पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएर उपाधि दौड कायम राखेको थियो । नेपाल अहिले दुई खेलबाट तीन अङ्क जोड्दै तेस्रो स्थानमा छ । चार अङ्क बनाएको भारत शीर्ष स्थानमा छ ।   भारतलाई फाइनल पुग्न बराबरी नतिजा पनि प्रयाप्त छ । दोस्रो स्थानमा रहेको आयोजक बङ्गलादेशको पनि चार अङ्क छ । दुवै खेलमा हार खेपेको भुटान अन्तिममा छ । आजै अर्को खेल बङ्गलादेश र भुटानबीच हुनेछ ।   बङ्गलादेश र भुटानको नतिजाले पनि फाइनल पुग्ने समीकरणको तय हुनेछ । चार टोलीबीच राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोलीबीच बिहीबार फाइनल खेल हुनेछ ।

जुम्ला:   जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका  लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान गएको हो । गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रुपमा क्षति पुग्नुका साथै बन्दनाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । टिनले छाएको ढुङ्गा र काठले बनेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा ज्यान गुमाएकी बन्दनाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ ।   सोमबार एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो ।   आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ ।   सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

पोखरा:   जापान स्थित टोवा कर्पोरेशनले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  टोवा कर्पोरेशन र आजीसाई नेपाल एजुकेशन फाउण्डेशनको सहकार्यमा पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।   निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटका सञ्चालक किसान सुनारका अनुसार जापानको टोवा, आसुका जापनीज ल्याङगोइज एण्ड इन्सटिच्युट, निहोङ्गो जापनीज इन्सटिच्युट, टोक्यो इन्सटिच्युट कलेज, उरावा इन्टरनेशल ,कलेज र सिबउरा इन्सटिच्युटमा भाषा अध्ययनका लागि विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् । सञ्चालक सुनारले जापान जाने अधिकांश विद्यार्थीहरु भाषा स्कुल तथा भोकेसनल कलेज वा विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ ।  ‘कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनन्, उनले भने, ‘यही अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।’ विगत दुईवर्षदेखि अध्ययनको शिलशिलामा जापान जान इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सटिच्युटले यस यस वर्ष पनि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो ।  छात्रवृत्ति प्रदान गर्न १८ वर्ष पुगेको हुनुपर्ने, मोटरसाइकलको लाइन्सेस प्राप्त, १२ कक्षा पास गरेको र जापनीज भाषमा एन फाइब पास गरेको विद्यार्थीहरुले छात्रवृत्ति पाउन सक्नेछन् ।  छात्रवृत्ति प्राप्त गर्न फागुन पहिलो सातासम्म पोखरास्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर आवेदन दिन सकिनेछ । निगाताले विगत ११ वर्षदेखि जापानमा विद्यार्थीहरुलाई अध्ययन भिषामा जापानका विभिन्न विश्वविद्यालय तथा स्कुल तथा कलेजमा पठाउने गरेको छ ।   

काठमाडौं : २९ माघमा बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । तर सोमबार केन्द्रीय सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाइएको छ ।   २९ माघदेखि १ फागुनसम्म तय भएको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न २६ फागुनमा सचिवालय बैठक बोलाइएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

पोखरा:    मुस्ताङको लोमान्थाङ गाउँपालिकाद्धारा आयोजित एक हप्ते उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ ।  लोमान्थाङका महिलाहरु तथा महिला जनप्रतिनिधीहरुलाई उद्घोषण शिक्षा दिन र  नेतृत्व  विकासका लागि तालिमको आयोजना गरिएको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिईन । तालिममो समापन कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले तालिममा  सिकेका कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै लोमान्थाङका महिलाहरुको लागि यो तालिम निकै प्रभावकारी भएको बताए ।  कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्घिराम उपाध्यायले महिलाहरुको शसक्तिकरणका लागि यो तालिम निकै उपयोगी भएकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।  लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा भएको  तालिममा प्रशिक्षार्थीहरुले पनि आफ्ना अनुभव र सिकाई बारे मन्तव्य राखेका थिए । सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली र सुस्मा पौडेलले सहजीकरण गरेको तालिमको समापन समारोह लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष  छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो  । यसैवीच एक समारोहका बीच लोमान्थाङ गाउँपालिकाले  दिव्यदिप माध्यमिक विद्यालय लोमान्थाङबाट एसईई परीक्षा उत्तिर्ण गरी  उच्च शिक्षा  अध्ययरत  १६ जना विद्याथीहरुलाई  जनही ५० हजारका दरले छात्रवृति समेत प्रदान गरिएको थियो ।  

पोखरा :अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।   उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिए।   उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहको मुद्दामा सुनुवाइ गर्दै सोमबार प्रत्यर्थी झिकाउने आदेश दिएको हो।   नाबालिगलाई बालयौन दुराचार  गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।   सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। १७ वर्षीया नाबालिग गायिकामाथि जबरजस्ती करणी आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्‍ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो।   सो मुद्दामा अभिनेता शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाइसकेका छन्।   बलात्कार आरोपमा शाह गत फागुन १५ गते पक्राउ परेका थिए। हाल उनी तनहुँ कारागारमा छन्।

जाजरकोट: ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन ।   वि.सं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन ।   सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरू हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पष्टीकरण पेस नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।   यस अवधिमा केही काम भए पनि मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताउनुभयो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो ।   गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले रु ६ लाख रकम नपाएको बताउनुभयो ।   मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैङ्क ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल रु नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो ।

काठमाडौं:  चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ ।   चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको छ । पुसम्म गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ ।   अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।   समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेको छ , पुसम्म २ लाख ७५ हजार ६४३ जना श्रमिक नयाँ भिसा लिएर विदेशमा पुगेका छन् ।   वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।