मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

महोत्तरी:   महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।   लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा सहनीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर अध्यक्ष ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए।    उनले ००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए। उनले भने, '००७ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन्। ०१५ सालको पहिलो निर्वाचित जनप्रतिनिधिसमेत दुई वर्ष पुग्न नपाउँदै अपदस्थ गरिए, थुनामा राखिए र लोकतन्त्र अपहरित गरियो।'   नयाँ संविधान जारी भएपछि वर्षैपिच्छे प्रधानमन्त्री फेरिएको बताउँदै ओलीले भने, 'राजनीतिक स्थायित्व गरी जारी भएको संविधानपछि पनि सात वर्षभित्र सात जना प्रधानमन्त्री फेरिए। हामीले राजनीतिक स्थायीत्वका साथ नयाँ संविधान जारी गर्‍यौँ। तर स्थायीत्व कस्तो भने वर्षमा एउटा प्रधानमन्त्री फेरिने।'   ओलीले आफूहरूले राजनीतिक स्थिरताको सँधै अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताए। उनले भने, 'हाम्रो चाहना प्रयास र खोजी स्थिरता र स्थायीत्वको रह्यो। तर, हाम्रो प्राप्ती भने सँधै अस्थिरता रह्‍यो।'

काठमाडौं: सांसद धनराज गुरुङले सरकारले जनतालाई सेवा दिन कन्जुस्याई गरेको बताएका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद गुरुङले नेताको आचरणकै कारण मुलुक बन्न नसकेको भन्दै नेता नै सच्चिनुपर्ने बताए।    नेताको व्यवहार नसच्चिएसम्म नेपालमा भ्रष्टाचार नरोकिने बताए। उनले सरकारले जनतालाई सेवा दिन सरकारी निकाय गम्भीर नभएको भन्दै उनले सरकारी सुविधा पनि नेताका लागि मात्रै भएको बताए।    उनले भने, 'गरिब जनताको स्वास्थ्य उपचार तथा अरु कुनै कामका लागि आर्थिक सहयोग दिनुपर्‍यो भने सरकारले पालिकाको सिफारिस ल्याउ भन्छ। सिफारिस ल्याए पनि निकासा हुँदैन। तर नेताका लागि कुनै सिफारिस चाहिँदैन सजिलै पाउँछ। यो अवस्था किन ? यसलाई सुधार गर्नुपर्छ।' गोरखापत्र अनलाइन 

काठमाडौं:  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ।    आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो।    उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीलाई सुध्रनको लागि समय दिएको पनि बताउनुभयो। उहाँले सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानुनी कारबाही गर्ने बताउनुभयो। उहाँले मन्त्रालय ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताउनुभयो।    मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गर्नुभएको छ।   मन्त्री अर्यालले भन्नुभयो, ‘‘म्यानपावर र व्यवसायीलाई सुध्रिनको लागि समय दिन्छौं। दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ। कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं। वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकलाई ठगी गर्ने म्यानपावर र व्यवसायीलाई कारबाही गर्न कसैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन। म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन। म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानुनले सिधा गएर आक्रमण गर्न दिँदैन। कानुनी रुपमा कारबाही गर्ने हो। त्यसमा मैले काम गरिरहेको छु।’’   मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर तीन करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताउनुभयो। उहाँले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।   यसअघि शनिबार साँझ बसेको निर्णयक भनिएको बैठक निष्कर्षविहीन भन्दै आज (आइतबार)का लागि तय भएको थियो ।   संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकलगत्तै सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।   पार्टी कार्यालय बसुन्धारामा आइतबार दिउँसो साढे १ बजे सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।   चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाउनुभएको छ । पुनः नागरिकता लिनुभएपछि उहाँ गैरसांसद गृहमन्त्री बन्ने कसरतमा हुनुहुन्छ ।   आजै सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन् ।    प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् भने “नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा दुखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उनले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”   नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर एवम् पूर्व अर्थसचिव राणाको उपचारको क्रममा आज बिहान निधन भएको हो । 

काठमाडौँ:   साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो  खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने  नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।   आजको खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।   यता पहिलो खेलमा भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको भुटान पनि पहिलो जित निकाल्ने योजनमा छ ।भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।   राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्।   नेपाली कांग्रेसले राष्ट्रियसभामा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ।   योसँगै राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध चयन हुने पक्का भएको छ।   उपाध्यक्षको मनोनय आज हुँदैछ। राष्ट्रियसभामा हाल ५८ सांसद छन्। जसमा एमालेबाट १८ र माओवादीबाट १६ सांसद छन्।   नेपाली कांग्रेसका ११, नेकपा एकीकृत  समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका १ र जनमोर्चाको १ सिट  गरी २० सिट रहेको छ। अध्यक्षले मतदान नगर्ने भएकाले बहुमतका लागि २९ सांसद आवश्यक हुन्छ।

काठमाडौं: नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ।     थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ६ बजे राणाको निधन भएको हो। ९५ वर्षीय राणा निमोनिय संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए।    लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए।    नेपाल राष्ट्र बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्। पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए।    १४ वर्षमा मेट्रिक पास गरेका उनी राष्ट्र बैंकको गभर्नरको नियुक्ति हुँदा २९ वर्ष पुगेका थिए। उनले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।   राणाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका दुई छोरा र दुई छोरी छन्।