वैदेशिक रोजगारीमा ठगी भए तत्काल कारबाही हुन्छ : मन्त्री अर्याल

काठमाडाैं | माघ २२, २०७९

वैदेशिक रोजगारीमा ठगी भए तत्काल कारबाही हुन्छ : मन्त्री अर्याल तस्बिर साभार

काठमाडौं:  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ। 

 

आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो। 

 

उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीलाई सुध्रनको लागि समय दिएको पनि बताउनुभयो। उहाँले सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानुनी कारबाही गर्ने बताउनुभयो। उहाँले मन्त्रालय ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताउनुभयो। 

 

मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गर्नुभएको छ।

 

मन्त्री अर्यालले भन्नुभयो, ‘‘म्यानपावर र व्यवसायीलाई सुध्रिनको लागि समय दिन्छौं। दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ। कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं। वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकलाई ठगी गर्ने म्यानपावर र व्यवसायीलाई कारबाही गर्न कसैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन। म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन। म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानुनले सिधा गएर आक्रमण गर्न दिँदैन। कानुनी रुपमा कारबाही गर्ने हो। त्यसमा मैले काम गरिरहेको छु।’’

 

मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर तीन करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताउनुभयो। उहाँले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्