नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छ : शिक्षामन्त्री खनाल
काठमाडाैं | माघ २२, २०७९
तस्बिर : न्यूज एजेन्सी
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्नुहुँदै शिक्षामन्त्री खानालले सो कुरा बताउनुभएको हो ।
उहाँले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरु नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने भयो । मन्त्री खनालले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

शिक्षामन्त्री खनालले भन्नुभयो, ‘‘हामी नेपाललाई नै यस्तो देश बनाऔँ, जहाँ विदेशमा जुन संख्यामा नेपाली विद्यार्थीहरु पठाउँछौँ, विदेशबाट पनि त्यही सङ्ख्यामा विद्यार्थीहरु नेपाल भित्र्याउने वातावरण बनाऔँ । हाम्रो विद्यालय शिक्षा कसरी सुधार गर्ने ? प्रारम्भिक विद्यालयहरुदेखि नै आधारभूत विद्यालय तहदेखि नै गुणस्तरमा निकै ठूलो समस्या छ, तर नेपालको भौगोलिक बनाबटको फाइदा लिँदै इन्टरनेशनल एजुकेशन हब बन्नसक्छ । त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभइ विदेशी विद्यार्थी भित्र्याउनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’’
मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवद्र्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो ।




पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

