काठमाडौं: विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, र...

बलेवा:  जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो । यसबीचमा एक किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो ।       जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालीगण्डकी करिडोर) सडक कालोपत्रका लागि रु दुई करोड विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । कुश्मीसेरादेखि जैमिनीधामसम्मको तीन किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको हो । तीन वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्र गर्न लागेको हो ।       सडकको स्तरोन्नति र एक किलोमिटर सडक कालोपत्रका लागि यसअघि रु आठ करोडको लागत अनुमान गरिएको थियो । पहिला दुई वर्षमा रु एक करोडभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष रु दुई करोड ७० लाख खर्च भएको थियो । कोरोना महामारी, बाढीपहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रको काम बीचमै रोकिएको थियो । सङ्घीय सरकारले एउटै योजनामा तीन वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताउनुभयो ।       “करिडोर कालोपत्र हुने चरणमा छ, करिडोरसँग जोडिने यो सडक हामीले तत्काल कालोपत्र गर्दा जैमिनीको लाइफलाइन बन्छ”, शर्माले भन्नुभयो, “हामीले सङ्घ र प्रदेशसँगसमेत बजेट माग गरेका छौँ, अब पुरानो होइन् नयाँ डिपिआर गरेर बाँकी खण्डको काम कालोपत्र गर्छौं ।” सात मिटर चौडाइ सडक, नाली र दुई किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रका लागि रु पाँच करोड लागत अनुमान भए पनि अपुग हुने रकम प्रदेश र सङ्घीय सरकारसँग माग गरिने उपप्रमुख शर्माले बताउनुभयो ।       यो सडक कालोपत्र हुँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग पाँचदेखि सात मिनेटको दुरीमा पालिकामा मुकाम जोडिनेछ । जैमिनी नगरपालिकाभित्रका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न र पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने शर्माले बताउनुभयो 

गलकोट: पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ ।  कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुरेण्ट र होटलमा कोदोको परिकार पाक्ने गरेको छ ।  निकै झन्झटिलो बालीका रुपमा रहेको कोदोको महत्व पछिल्लो समय बढ्दै गएको पाइन्छ । कुनै दिन गरिबको खानाको रुपमा चिनिएको कोदोको ढिडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ ।  आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति नागरिक जागरुक देखिन थालेका छन् । कोदोको परिकारको फाइदाका समेत प्रसस्त भएका कारण पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको ढिडो, रोटीलगायतका परिकार बनाएर खाने गरिएको छ भने बागलुङका घरबासले कोदोको सेलरोटीलाई प्रमुख आकर्षक खानाका रुपमा प्रस्तुत गरिरहेका छन् ।  बागलुङका घरबास (होम–स्टे)को आकर्षणसमेत कोदोको परिकार बन्न थालेको छ । पछिल्लो समय होटल, रेष्टुरेण्ट र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गए पछि कोदोको खेतीमा पुनः वृद्धि हुन थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित सामुदायिक घरबास बेलढुङ्गा सामुदायिक घरबास, जैमिनीको मरुनी घरबास र भकुण्डेको अतिथि सत्कार घरबासमा कोदोको सेलरोटी आकर्षक परिकारमध्ये पर्दै आएको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताउनुभयो ।   “चिसो याममा कोदोको ढिडो निकै रुचाइएको परिकारमध्ये पर्दछ, लोकल कुखुराको मासुसँग ढिडो खाने धेरै हुन्छन्”, उहाँले भन्नुभयो, “पाहुनाले ढिडो रुचाउन थालेपछि घरको कोदोले नपुगे खरिद गरेरसमेत ल्याइन्छ, पहिला चामलको भात नै बढी रुचाइएको थियो पछिल्लो समय स्वास्थ्यका लागिसमेत कोदोले फाइदा पुर्याउने भएपछि कोदोको महत्व बढ्यो ।” पहाडी जिल्लाको रुपमा रहेको बागलुङमा सिँचाइ सुविधा नभएका अधिकांश स्थानमा कोदो खेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले समेत महत्वका साथ खेती गर्दै आउनुभएको छ । बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको भिमापोखरा, ढोरपाटन, बडिगाड, निसीखोला, तमानखोला, जैमिनी र बरेङलगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ भने गलकोट, बडिगाड, बलेवा, रेशलगायतको क्षेत्रमा धानखेती बढी मात्रमा हुने गर्दछ ।  “पहिला गरिबले कोदोको परिकार खाने, धनीले चामलको खाना खाने प्रचलन थियो तर अहिले ठीक उल्टो भएको छ, चामल सहज भयो, ढिडो कोदोको परिकार दुर्लभ”, बागलुङको छिस्ती केवैका पूर्णबहादुर पुनले भन्नुभयो, “कोदोको महत्व बढे पनि ज्यालादारीमा काम गर्ने जनशक्ति नभएकाले दुई वर्षदेखि विद्युतीय उपकरणको सहायताले कोदो चुट्दै आएको छु, छिस्तीमा कोदो राम्रो हुन्छ, अहिले होटल तथा रेष्टुरेण्टमा कोदोको परिकार पाक्छ भन्ने सुन्दा अचम्म लाग्छ ।” जिल्लामा धान बालीलाई प्रमुख खेतीको रुपमा मान्दै आए पनि बागलुङमा भने कोदो खेती महत्वपूर्ण अन्न बालीका रुपमा रहेको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले रैथाने बाली कोदो संरक्षण र प्रवद्र्धन गर्न थालेकाले कोदोखेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुभयो ।   यस्तै ग्रामीण पोषण कार्यक्रमअन्तर्गत मुख्यतः कोदो बालीलाई नै विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले कोदो उत्पादन गर्ने किसानलाई यान्त्रीकरणमा समेत सहयोग गर्दै आइरहेको भट्टराईको भनाइ छ ।  कोदो, फापर र सिस्नोमा आइरल, मिनिरल बढी पाइने भएकाले ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो ।  जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनमा कोदो खेती गरिने भए पनि पछिल्लो समय केही जग्गा बाँझो राखिँदै आइएको छ । रैथानै बाली प्रवद्र्धन र कोदोको महत्व बढ्दै जाँदा क्रमशः बाँझो जग्गामा समेत कोदो खेती विस्तारमा सहयोग पुग्ने कृषि ज्ञान केन्द्रको भनाइ छ ।     पछिल्लो समय कोदोको माग सहर बजारमा समेत  हुँदा कोदो किसानसमेत उत्साहित भएका छन् । हाइबिड धान, गहुँ, मकै भित्र्याउने किसनाले कोदो भने परम्परागत बीउ लगाउने गरेका छन् तर कृषि ज्ञान केन्द्र कार्यालयले कोदोको बढी उब्जनी हुने बीउ वितरण गर्दै आएको छ । अहिले राम्रो कोदो उत्पादन हुने क्षेत्रका किसानलाई नगद अनुदानमा कोदोको बीउ, तरकारी, र फलफूलका बीउ दिने कृषि ज्ञान केन्द्र बागलुङको योजना बर्सेनि वृद्धि हुँदै गइरहेको छ ।

काठमाडौं:   राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ ।  पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ ।  पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ ।  त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई को ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।  कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह र विषय कोड अनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था मिलाइएको छ । सिटिइभिटीले पनि रजिस्ट्रेशन फारम भर्न आह्वान गरेको छ ।

काठमाडौं:  पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आँफुले देशको लागि विश्वकप जित्ने ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरिएको थियो । रोनाल्डोले सामाजिक सञ्जालमार्फत पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताएका हुन् । ‘मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा संघर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिन ।’ उनले भनेका छन्, ‘तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।’ उनले अगाडि भनेका छन्, ‘मेरोबारे धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ । तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि परिवर्तन भएको छैन ।’ ‘म यसको लागि लडेँ । मैले यो सपनाको लागि कडा संघर्ष गरे । मैले १६ वर्ष भन्दा बढी सधैं महान खेलाडीहरूको साथ र लाखौं पोर्चुगिजहरूको समर्थनमा राष्ट्रिय टोलीबाट खेले । विश्वकपको पाँचै संस्करण खेल्दै गोल पनि गर्न सफल भए । विश्वकप जित्ने त्यो सपनालाई कहिल्यै छोडिन । दुःखको कुरा हाम्रो यात्रा सकिएको छ । म सँधै सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्कने छैन । अहिलेको लागि धेरै भन्नु छैन । धन्यवाद पोर्चुगल ।’ उनले लेखेका छन् । रोनाल्डो पोर्चुगलबाट सर्वाधिक खेल खेल्ने खेलाडीसँगै सर्वाधिक गोलकर्तासमेत हुन् । उनी पोर्चुगलका लागि मात्रै नभई राष्ट्रिय टोलीबाट पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट १९६ खेलमा ११९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । मोरक्कोविरुद्ध मैदान उत्रिएपछि उनले राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने कुवेतकाबदर अल्मोटावासँगको कीर्तिमानलाई बराबरी गरेका छन् । यस विश्वकपमा रोनोल्डोले एक गोल मात्रै सफल भए । उनले पाँचपटक विश्वकप खेल्दा ८ गोल गरेका छन् ।

पोखराः   गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले   विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताए ।   जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको क्वालिटीमा शङ्का गर्ने ठाउँ नै छैन् । शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा प्राविधिक र सिपमुलक शिक्षा  दिन आग्र्रह गरे ।   क्याम्पसका पूर्व अध्यक्ष तथा सल्लाहकार परशुराम बरालले क्याम्पसले देखेका सपना साकार बनाउन  र रूपान्तरणका लागि पुराना चिज छोडेर नयाँ कार्यक्रम लागु गर्न नेतृत्व सक्षम हुनुपर्ने धारणा राखे ।  जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन सरोकारवालाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा उपप्राध्यापक देविलाल शर्मा तिमिल्सिनाले प्रस्तुति राखेका थिए भने प्रा.डा.इन्द्रप्रसाद तिवारीले टिप्पणी गरेका थिए ।  क्याम्पस प्रमुख लोकराज भण्डारीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।    पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ५० हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर विएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको भण्डारीले उल्लेख गरे । विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ ।  क्याम्पस प्रमुख भण्डारीले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २४ करोड ९६ लाख ४० हजार ५ सय ५५ रुपैयाँ ७५ पैसाको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।   वार्षिकोत्सव कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार दामोदर चालिसे, सिनेटर मात्रिकाराज घिमिरे, पूर्व क्यामम्स प्रमुख विरञ्जी गौतम, सन्तोष अधिकारी, वेदहरि तिमिल्सिना,   विद्यार्थी संघसंगठनका प्रतिनिधि कमला परियार, सागर पौडेल, सागरप्रसाद शर्मा, निर्भिकविक्रम पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्मअनुसार अगडि बढ्न जोड दिएका थिए ।   अध्यक्ष तारा गिरीले आफू र धर्मपत्नी ज्ञानु गिरीको नामबाट स्थापना गरेको ‘ज्ञानतारा अक्षय कोष’ बाट उत्कृष्ट कार्यसम्पादन गरेका उपप्राध्यापक नारायणप्रसाद अधिकारी र कर्मचारी देवी पनेरुलाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्पान गरेका थिए । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट मङ्गलबहादुर गुरुङ सम्मानित भएका छन् । सृजना विकास केन्द्रले स्थापना गरेको ‘सृजना विकास केन्द्र उत्कृष्ट पुरस्कार’ केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याएकी छात्रा दावा साङ्मो शेर्पालाई हस्तान्तरण गरेका थिए ।  क्याम्पसमा विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिवल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, शिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।  प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठहरिएको छ ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बीरबहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । धन्यवाद ज्ञापन सञ्चालक समितिका सदस्य नम्रता बरालले गरेकी थिइन । सहायक क्याम्पस प्रमुख रमेशबहादुर खड्का र शिलु चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । 

कर्णाली:  चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु पनि देख्न मुस्किल हुन्छ । ती जिल्लाका ग्रामीण बस्तीमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र भेटिन्छन् । चिसो याममा अचानक गाउँमा केही त्यस्ता केही घटना परिहाले भने उनीहरुले ठूलो समस्या भोग्नुपर्दछ । माथिल्लो कर्णालीका कालीकोट, हुम्ला, मुगु, डोल्पा र जाजरकोटका युवा तथा जाँगरिला सबै पुरुषहरु पैसा कमाउन बाहिरिएका छन् । सामान्यतः वर्षैपिच्छे कात्तिक महिनादेखि मजदूरीका लागि घर छोड्ने युवा यो वर्ष चुनावका कारण अलि ढिला विदेशिएका छन् । चुनावअघि युवालाई विदेसिन दिने छैनौँ भन्ने चर्का भाषणहरु सबै दलका उम्मेदवार गरे । उनीहरुलाई ती उम्मेदवारहरुले केही आशावादी पनि बनाए । केही हुन्छ भन्ने आशामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुसङ्ख्यक युवाहरुले भोट पनि हाले । भनेजस्तो तुरुन्तै केही हुन सम्भव थिएन ।   जितेका उम्मेदवारहरुले दिएको कोरा आश्वासनले गास, बास र कपासको प्रबन्ध नहुने देखिएपछि घर खर्चका लागि गाउँमै बसेर केही गर्न सक्ने अवस्था नदेखेपछि कतिपय युवा खाडी मुलुक जान काठमाडौँ हानिए भने धेरै युवाहरु भारतीय भूमिमा रोजगारीका लागि हिँडेका छन् । ‘गाउँमै बस्ने मन त थियो नि तर के गर्नु, भनेजस्तो केही काम पाइँदैन’, मुगु सोरु गाउँपालिकाका दले बुढाले भने, ‘मातृभूमि छोड्ने रहर त कसलाई हुन्छ र ! बाध्यताले नै मानिसलाई परदेशी बनाउँदो रहेछ ।’ सबै राजनीतिक दलहरुले चुनावका बेला युवा रोजगारीलाई महत्व दिएर आफ्ना घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेकै थिए र यो चुनावमा पनि त्यो देखियो । दल तथा उम्मेदवारले युवाहरुको रोजगारी सुनिश्चितका लागि नभई भोट तान्नका लागि ती प्रतिवद्धता एवं घोषणापत्र ल्याएको तिला गाउँपालिका–४ जुम्लाका युवा कृष्णबहादुर शाहीले बताउँछन् । ‘गाउँमा रोजागरी नभएपछि अब मजदुरीका लागि भारत जाँदैछौँ’, उनले भने, ‘हामी युवा केवल कसैलाई सत्तामा पुर्‍याउने भर्‍याङ मात्र बनिरहेका छौँ ।’ शाही जस्तै मजदुरीका लागि हजारौँ युवा कालापहाड लागेका छन् । जीविकोपार्जन गर्ने आधारभूत आवश्यकताबाट विमुख भएका यहाँका युवा रोजगारी गर्न पाँचरछ महिनाका लागि भए पनि वर्षैपिच्छे भारतीय भूमिमा जानुपर्ने बाध्यता छ । राजनीतिमा साधनका रुपमा प्रयोग भइरहने अवस्थाबाट युवा बाहिर निस्कनु पर्दछ । त्यही अवस्थाबाट रहिरहे उनीहरु माथि नउठ्ने चन्दननाथ नगरपालिका–८ जुम्लाका धर्मसिंह कठायत बताउँछन् । उनी भन्छन्, ‘चुनावका बेला मात्र रोजागरी र विकासका कुरा गर्ने नेताको क्षणिक आशय मात्र चुनाव जित्ने हो भन्ने कुरा हामी युवाले बेलैमा बुझ्नुपर्दछ ।’ युवा नेत्री लक्ष्मीकन्या बुढा जित्ने र जिताउने समयमा दिइने कोरा आश्वासन दीर्घकालीन समस्या समाधानको मुद्दा नभएको बताउँछन् । उनले भने, ‘मूलतः राज्य र त्यसको नेतृत्व गर्ने सरकारले मुलुकको समग्र समस्याको हल हुने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति अनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने बलियो संयन्त्र निर्माण गर्नुपर्दछ । कृषिमा नयाँ प्रविधि र त्यसप्रतिको आकर्षण बढ्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्दछ । यसले आत्मनिर्भर समाज बन्न सहयोग पुग्नेछ ।’ कर्णालीका वामपन्थी बुद्धिजीवी तथा पुराना कृषक रामकृष्ण बुढ्थापाले तीनवटै सरकार हुँदा पनि युवा विदेसिनुपर्ने बाध्यता आइलाग्नु मुलुकको नेतृत्वको ठूलो कमजोरी रहेको टिप्पणी गरे । ‘युवालाई श्रम र सहकारीसँग नजोडेसम्म आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सक्दैन’, बुढ्थापाले भने, ‘यसमा सरकारको नीति र त्यसको प्रभावकारी कार्यान्वयनमा भर पर्दछ ।’ कर्णालीको कृषि, पर्यटन, जडीबुटी क्षेत्रले यहाँका बेरोजगार युवालाई रोजागरी दिन सक्ने भन्दै यसको लागि सरकारले दूरगामी योजना तथा कार्यक्रम ल्याएर त्यसको प्रभावकारितामा जोड दिनुपर्ने उनको भनाइ छ । सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाका दले विकले जुनसुकै पार्टी तथा तिनका उम्मेदवारहरुले चुनाव जित्नका लागि गलत आश्वासन दिने गरेको बताए । चुनावमा हरेकको घरमा पसेर नमस्कार गर्दै उम्मेदवारहरुले भन्दै आएका छन्, ‘हामीलाई जिताउनुस् बेरोजगारी समस्या हटाइन्छिौँ । कोही विदेश जानुपर्दैन । हजुरहरुको समाजमा भएका सबै समस्या हल गर्छौं ।’ चुनाव जिते वा हारेपछि भने ती उम्मेदवारहरु कहिल्यै पनि गाउँ नफर्केको उनले सुनाए । नयाँले गर्छन् कि भन्ने आशले जिताए पनि कालापहाड जाने समस्या कहिल्यै नछुटेको उनको भनाइ छ । सबै नेताले गरिब, दलित र सोझासिधा नागरिकको भोट लिएर आफ्नै दुनो सोझ्याउने काम गरेको विकले दुःखेसो पोखे । चुनावमा मतदान गरेर मजदूरीका लागि कर्णाली प्रदेशका पहाडी जिल्लाहरुबाट दिनहुँ युवाको ठूलो लर्को भारततिर लाग्ने गरेको छ । उत्पादनशील जनशक्ति गाउँमा देखिदैन । गाउँमा रहेका अशक्त, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका पनि उच्च हिमाली भेगमा बढ्दै गएको जाडोले घरबाहिर आउन सक्ने अवस्था हुँदैन । अशिक्षित, पढ्दापढ्दै अध्ययन छाडेका र उच्च शिक्षासम्म अध्ययन गरेका पनि रोजगारी नपाएर बसेका हजारौँ युवालाई स्वदेशी श्रम बजारमा काम पाइन्छ भन्नेमा विश्वास छैन । उनीहरु कति त खाडी मुलुकमा गइसकेका छन् भने बाँकी सबै कामका लागि कालापहाडमा । युवा विदेसिने सङ्ख्या बढ्दै जाँदा गाउँका खेतबारीसमेत बाँझिएका छन् । जमिन बाँझिदा अन्न उत्पादन हुन छोडेको छ । हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर गाउँहरु पछिल्लो समयमा आयातमुखी बन्दै गएका छन् । यसले गर्दा धान, मकै, कोदो, जौ, चिनो, कागुनो, उवा, मार्से, लट्टे, भट्टजस्ता रैथानी अन्नबाली लोप हुने अवस्थामा छन् । उत्पादनशील जनशक्ति देश बाहिर जाने प्रवृत्ति बढेपछि एक दशकयता कर्णालीमा रैथाने बालीको उत्पादनमा निकै ह्रास आएको छ ।

काठमाडौं:   निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको पत्र लेखेका संघीय संसद सचिवालयका महासचिव भरत गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ दिएका छन्। सर्वोच्च प्रशासनले महाभियोग निष्क्रिय हुने गौतमको पत्रमाथि प्रश्न उठाउँदै कुन कानूनमा टेकेर पत्र लेखिएको हो भनेर सोधेको थियो। सर्वोच्चको फुलकोर्टले पत्र पठाएलगत्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि महाभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ। संसद सचिवालयले सर्वोच्च प्रशासनलाई पठाएको पत्रमा फुलकोर्टको प्रश्नको जवाफ संवैधानिक इजलासमा जवाफ दिने क्रममा पठाउने उल्लेख छ। सर्वोच्चले संसद सचिवालयलाई राणाको महाभियोग निष्क्रिय भएको विषयमा ७ दिन भित्र जवाफ दिन आदेश दिएको छ। उक्त आदेश अनुसार फुलकोर्टलाई पनि जवाफ पठाउने सचिवालयका महासचिव भरत गौतमले पत्रमार्फत् नै सर्वोच्चलाई जानकारी दिएका छन्।

काठमाडौं:  साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो । यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १ अर्ब १० करोड ३४ लाख रूपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँ बराबरको ५२९ कित्ता सेयर कारोबार भएको छ ।  आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने सुमिट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यता नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज पनि १० प्रतिशतले घट्न पुगेको छ । 

कैलाली:  कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । वि.सं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो ।  सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए । कालोपत्र गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने उनले बताए । सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको मल्लले जानकारी दिए । विसं २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एकरएक मिटर सोल्जर ९ग्रावेल० सडक निर्माण गरिसक्नु पर्नेछ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ ।