म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका  छन्।   प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन्    सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   भूकम्पमा परी करिब २३० जनाले ज्यान गुमाएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने भएका छन्।    मुख्यमन्त्री रावलले आज सभामुखलाई पत्र पठाउँदै माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाई दिन आग्रह गरेका छन्।   ‘मुख्यमन्त्रीज्यूको पत्र आएको छ, माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाइदिन आग्रह गरिएको छ’ सभामुख भीमबहादुर भण्डारीले भने। उनले त्यसका लागि तयारी सुरु भइसकेको बताए।   नेकपा एमाले संसदीय दलका नेता रावललले पुसको २७ गते नेकपा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र राप्रपाका एक जना गरी २९ सांसदको बहुमत पेस गर्दै शपथ लिएका थिए।    नागरिक उन्मुक्ति पार्टीका कारण मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यमा ढिलाइ भएको हो। उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको छ।    माघ १७ गतेको पेसीमा पनि रेशम चौधरीको मुद्धामा बहस नभएको भन्दै उन्मुक्ति रिसाएको थियो। तर आइतबार रेशम चौधरीको मुद्दाको सुनवाइ भएपछि उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत दिने भएको हो।   विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको छैन। मुख्यमन्त्रीले शपथ खाएका दिन नियुक्त भएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष थापा शर्माले पनि शपथ लिएका थिए।    उनीहरूको मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्रीले विश्वासको मत पाएपछि प्रदेश सरकार विस्तार हुनेछ।   

काठमाडौं:  नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।   संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।   ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’   शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर-पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

काठमाडौं:   प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो । महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।   त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतङ्कवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।   महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

काठमाडौं:  सुन्दर यातायात प्रा.लिले आजदेखि लागू हुने गरी विद्युतीय बस सञ्चालन बन्द गरेको छ।   यातायाले आफ्ना विद्युतीय मेसिन/स्टेसन र विद्युतीय बस सञ्चालन बन्द गरेको हाे।   नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक-पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायाले आजदेखि आफ्नो सेवा बन्द गर्ने चेतवनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो।    कम्पनीका अनुसार गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको थियो तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदैछ।    विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउँ भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ।  कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा लेखिएको छ, 'सरकारको असहयोगका कारणले यो निर्णय लिन बाध्य हुनुपरेकोमा कम्पनी दुःख व्यक्त गर्दछ।'

काठमाडौं:  राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।   सोमबार बिहान बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।   अर्यालले आइतबार नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा देवेन्द्र दाहाल र खिमलाल देवकोटाको समर्थकमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

नेपालगञ्ज:  थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ ।    थारु लेखक सङ्घ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलनको समापन गर्दै थारु लेखक सङ्घका अध्यक्ष डा. कृष्णराज सर्वाहारीले यो सम्मेलनले थारु साहित्यको विकास र जगेर्नाका लागि महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।   दाङ, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु साहित्यकारको अवस्था हेरेर लुम्बिनी प्रदेशमा प्रज्ञा प्रतिष्ठान बन्नु पर्ने आवश्यकता औँल्याउँदै उहाँले केन्द्रको प्रज्ञा प्रतिष्ठानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउनुपर्ने माग गर्नुभयो ।    थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा इतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक सङ्घले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ । ७ औँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो ।    राप्ती सोनारीको विकासकालागि प्राथमिकताहरू, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा र सिकलसेल एनिमियाको कहर: जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो ।    बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारु कला संस्कृति खोजअनुसन्धान कर्ता शेखर दहित, सञ्चारकर्मी तथा वरघर अभियन्ता एकराज चौधरी, सञ्चार कर्मी तथा साहित्यकार नवीन अभिलाषी, साहित्यकार सागर गैह्रे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियन्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारुलगायतले सहजकर्ताको भूमिका निभाउनुभएको थियो ।    कोरोना कहरले यस वर्ष थारु भाषाका नयाँ पुस्तक धेरै प्रकाशित नभए पनि लक्ष्मी रानाले लेख्नुभएको सोरठ र गणेश वर्तमानले लेख्नुभएको ट्वाना उपन्यास र थारु क्यालेण्डर विमोचन गरिएको थियो ।    सम्मेलनमा पूर्व सुनसरी, मोरङदेखि सुदूरपश्चिमको कञ्चनपुरलगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता थियो ।

काठमाडौं:  नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।   बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुरुङले बताए । आमचुनाव पछि एमालेको पहिलोपटक बैठक बस्न लागेको हो ।  

बझाङ : ट्रक र मोटरसाइकल ठोक्किदा एक महिलाको मृत्यु भएको छ ।   धनगढीबाट बझाङ सदरमुकाम चैनपुर आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको सुपप्र ०१०१० प ५३१७ को मोटरसाइकल सोमबार बिहान ९:३० बजेतिर  ठोक्किदा मोटरसाइकलमा सवार दुर्गाथली -३ रकैल घर भइ हाल केदारस्युँ ९ रकैल बस्दै आएकी २५ वर्षीया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो ।    ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    मृतक महिला एक प्राइभेट कम्पनीमा काम गर्ने र फिल्ड कार्यक्रमका लागि बाग्थला जाने क्रममा दुर्घटनामा परेको बुझिएको छ।   मृतक खत्रीका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।