ट्रक र मोटरसाइकल ठोक्किदा एक महिलाको मृत्यु
धनगढी | माघ २३, २०७९
बझाङ : ट्रक र मोटरसाइकल ठोक्किदा एक महिलाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङ सदरमुकाम चैनपुर आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको सुपप्र ०१०१० प ५३१७ को मोटरसाइकल सोमबार बिहान ९:३० बजेतिर ठोक्किदा मोटरसाइकलमा सवार दुर्गाथली -३ रकैल घर भइ हाल केदारस्युँ ९ रकैल बस्दै आएकी २५ वर्षीया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक महिला एक प्राइभेट कम्पनीमा काम गर्ने र फिल्ड कार्यक्रमका लागि बाग्थला जाने क्रममा दुर्घटनामा परेको बुझिएको छ।
मृतक खत्रीका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

