काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

चितवन:    पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो ।  चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।  अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गर्नुभयो । यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

पोखरा:   चलचित्र पत्रकार संघ कास्कीले आफ्नो २० औं स्थापना दिवस मनाएको छ । शुक्रबार पैदलयात्रा एवम अनुभव आदानप्रदानको कार्यक्रम आयोजना गरि संघले स्थापना दिवस मनाएको हो । पोखराको ड्यामसाइड देखि रानीवन हुँदै पुम्दिकोट सम्म पैदल यात्रा गरिएको थियो । सो अवसरमा सहभागी पत्रकारले आफ्नो अनुभव साटेका छन । संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघ स्थापना गर्दाको आरोह अवरोहका विषयमा सुनाए । तत्कालिन समयमा पोखरामा रहेर चलचित्र पत्रकारिता गर्न सकस भएको भनाइ उनको थियो । बीट पत्रकारितामा मात्रै लागेर बाच्न सक्ने आधार खडा नभएको उनले बताए । चलचित्र पत्रकारिता लाई बढ्वा दिन यहाँका नाम चलेका मिडियाले स्थान दिनुपर्ने विषयलाई उनले औंल्याएका छन । निवर्तमान अध्यक्ष अरुण गिरीले चलचित्र पत्रकारिता हिजो भन्दा आज बढ्दै गएको बताए । हिजो सिमित स्रोत साधनका बीच पत्रकारिता गर्नुपर्ने बाध्यता थियो भने आज चलचित्रका विषयवस्तुको क्षेत्र समेत फराकिलो हुँदै गएको उनले सुनाए । पोखराको पर्यटनलाई चलचित्र पत्रकारिता माध्यम पनि बढवा दिन सकिने अभिव्यक्ती उनको थियो । गिरीले संघले चलचित्र पत्रकारहरुलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको उल्लेख गरे । अझै पनि काठमाडौं बाहिरका शहरलाई मोफसल भन्ने गरिएको र यसलाई चिर्ने गरि काम गर्नुपर्ने अभिभारा हाम्रो कांधमा रहेको भनाई उनको छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले अग्रजले स्थापना गरेको संघको शाख जोगाउने गरि वर्तमान कार्यसमितिले काम गरिरहेको जनाए । उनले विगतमा भएका कामहरुलाई निरन्तरता दिंदै थप रचनात्मक एवम प्रभावकारी कार्यक्रम संघले गर्ने बताए । पोखरामा चलचित्र पत्रकारितालाई अझ क्रियाशील बनाउन संघ प्रतिबद्ध रहेको धारणा उनको छ । कार्यक्रममा उपस्तिथ सबै पत्रकारले आफ्नो पत्रकारिता जीवनको अनुभव साटेका थिए । पैदलयात्रा पछिको अनुभव आदानप्रदान कार्यक्रम पोखरा २२ पुम्दिभुम्दी कोटको इको भिलेजमा भएको थियो ।

चितवन:    मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ । दिउँसो चार बजेतिर कालीखोला नजिक पहिरो गएकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाउन उपकरणसहितको जनशक्ति पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।  अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो । गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । आज कालीखोला नजिक सुक्खा पहिरो खसेको हो ।

मकवानपुर:     पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नं.को ट्रक शनिवार बिहान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा ना ६ ख ६६६७ नं।को ट्रक चालक चितवन जिल्ला राप्ती नगरपालिका ८ का वर्ष २८ को रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका २ गोर्दीटारका वर्ष २१ को सुमन चेपाङ र ना ६ ख ६३१ नं।को ट्रक सहचालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ का वर्ष २० को अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घाइतेहरू तीन जना सवारी साधनमा च्यापिएको अवस्थामा रहेको बताउनुभयो । साथै दुर्घटनामा परी ना ६ ख ६६६७ नं.को ट्रकमा सवार जिल्ला राप्ती नगरपालिका ३ का वर्ष ३५ को विवेक तामाङ र ना ६ ख ६३१ नं.को ट्रक चालक मनहरी गाउँपालिका ३ का वर्ष ३२ को अर्जुनकुमार प्रजा घाइते भएको र उनीहरूको अवस्था मध्यम रहेको छ । घाइतेहरूको उपचारको लागि भरतपुर पठाइएको जनाइएको छ । ट्रकमा लागेको आगो नियन्त्रणमा लिएर दुवैतर्फ बाटो  सुचारु गरिएको छ ।

काठमाडौं:    मनसुनी वायुको प्रभावले आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं:    ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीलाई पक्राउ गर्न नमिल्ने अन्तरिम आदेशविरुद्ध नेपाल प्रहरीले सर्वोच्च अदालतमा निवेदन दिएको छ । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आज मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिएको हो । आफूहरूलाई पक्रन नमिल्ने भन्दै १७ जनाले यसअघि नै सर्वोच्चबाट अन्तरिम आदेश लिएका कारण प्रहरीलाई यो प्रकरणको अनुसन्धानमा समस्या भइरहेको छ । पक्राउ परेकामध्ये कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अन्तरिम आदेश लिएकै कारण प्रहरीले तत्कालै छाड्नुपरेको थियो । आज महान्यायाधिवक्तामार्फत सर्वोच्चमा निवेदन दिएको र अन्तरिम आदेश खारेज भएमा ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धानलाई अघि बढाउन थप सहज हुने सीआईबीको भनाइ छ ।

काठमाडौं:   नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर–नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला–फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ । यस्तै काठमाडौं–पोखराको २ सय २५ रुपैयाँ,काठमाडौं–धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाडौं–नेपालगञ्जको चार सय ५५, विराटनगर–भैरहवाको चार सय ५०, पोखरा–धनगढीको चार सय ७५ र काठमाडौं–सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ । यस्तै काठमाडौं–भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा–नेपालगञ्जको तीन सय ३०, काठमाडौं–जनकपुरको एक सय ८० र काठमाडौं–भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ । घटेको शुल्क भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणले यसअघि असार ६ गते पनि इन्धन शुल्क घटाएको थियो ।         

पाल्पा:     अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ ।  राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।   आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदो हितको पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ । कालीगण्डकी करिडोर निर्माणका क्रममा जथाभावी फालेका गेग्रानले तल्लो भागमा पर्ने सिद्धार्थ राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण पानी पर्नासाथ समस्या पर्ने गरेको हो । दोभान प्रहरी चौकीका अनुसार राजमार्गको तिनाउ–३, भूतखोलामा रुख ढलेर अवरुद्ध भएको सडक सुरु गरिएको छ ।

काठमाडौं:    निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति ५ वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा संघीय संसद, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपुचुनाव बाहेक कुनै पनि तहमा त्यो कार्यकाल उम्मेदवार हुन नपाउने उल्लेख छ ।