पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।   आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ...

पोखरा:    मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समितीका संस्थापक अध्यक्ष स्व. सुदीप गौतमको स्मृतिमा प्रथम वार्षिकीमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्व.गौतमको परिवारको आयोजना तथा नेपाली कांग्रेस माछापुच्छ्रे गाँउपालिका वडा नं ९ को संयोजनमा भएको कार्यत्रममा माछापुच्छ्रे गाँउपालिका ९ नं वडामा रहेको सरस्वती आधारभुत विद्यायमा अध्यनरत एक सय ३० जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको सोही वडाका वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए। स्व गौतम नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य समेत थिए । शैक्षिक सामग्री वितरण कार्यक्रमका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले स्व.सुदिप गौतमले शिक्षा,स्वास्थ्य,पर्यटन तथा राजनीति क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै गौतमले देखेका अधुरा सपना पूरा गर्नका निम्ती पार्टी सदा लागिरहने प्रतिवद्धता जनाए ।  गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले गौतम सामाजिक रुपमा अत्यन्त क्रियाशील व्यक्ति भएको र उहाँको निधनले परिवारले मात्रै नभई सिंगो गाँउपालिकाले भावी अभिभावक गुमाएको बताए ।  गाँउपालिकाले गौतमको जिवनी स्थानीय पाठ्यत्रममा राखेको,शालिक बनाउन आवश्यक बजेट विनियोजन गरेको तथा मर्दी हिमाल पदमार्गमा विद्युतीकरणको कार्य समेत प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिए ।  गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, नेपाली काँग्रेस जिल्ला सभापति किशोरदत्त बराल तथा काँग्रेस माछापुच्छ्रेका सभापति विरेन्द्र गुरुङले स्व.गौतमले एक होनावार कर्मशिल युवा परिवार,नेपाली कांग्रेसले मात्रै नभई सिंगो कास्की जिल्लाको समेत एक नक्षेत्र भएकाले त्यस्तो गुमाउदाको पिडाँ कहिल्यै भुल्न नसकिने बताए ।    स्व गौतमका श्रीमति कविता अर्यालले पतीको सपना साकार पार्ने आफ्नो एक मात्र योजना रहेको बताए ।गौतमका भाई प्रदिप गौतमले आफनो दाईको अधुरा सपनालाई पूरा गराउन आफु लागि रहेको र आगामी दिनमा दाईको सम्झनामा एक प्रतिष्ठान स्थापना गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने बताए ।  कार्यक्रममा आधारभुत विद्यालय तथा मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले गौतम मर्दी हिमाल पदमार्गमा संस्थापक अध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहदा गरेका कार्यहरुको प्रशंसा गर्दै अधुरा रहेका कार्यहरुको पुर्ण गराउन आफुले सहयोग गर्ने बताए ।  गौतमको गत वर्ष मर्दी हिमाल ट्रेक अन्तर्गत पर्ने क्युँ(हाइक्याम्प) मा भीरबाट लडेर निधन भएको थियो । मर्दी हिमालको पर्यटन प्रर्वद्दन,सिधिङ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका साथै विभिन्न विद्यालयमा आर्थिक तथा भौतिक सहयोग विकासमा गौतमले ठूलो योगदान गरेका छन् । 

पोखरा:    मेश्रोम बराह माविकी विद्यार्थी अनिता जैसीले कक्षा १२ को परीक्षामा अन्नपूर्ण गाउँपालिकाबाट सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भएपछि घान्द्रुकमा सम्मानित भएकी छिन् ।   कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित मेश्रोम बराह माविबाट अनिताले कमर्स (म्यानेजमेन्ट) विषयमा गाउँपालिका भित्र नै सर्वोकृष्ट अङ्क लिएर पास भएपछि विद्यालयले नगदसहित सम्मान गरेको छ ।  विद्यालयले अनितालाई नगद १२ हजारसहित सम्मानपत्रले सम्मान गरेको मेश्रोम बराह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले जानकारी दिए ।  राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको कक्षा १२ को परीक्षामा अनिताले ३.३८ जिपीए लिएर गाउँपालिका टप गरेकी थिईन् । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुले गाउँपालिका सर्वोकृष्ट अङ्क लिएर पास भए चार विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् ।  उनले मेश्रोम विद्यालयबाट कक्षा ५, ८, १० र १२ को वार्षिक परीक्षामा गाउँपालिका भित्र सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भए क्रमशः ५, ८, १० र १२ सहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।  अध्यक्ष गुरुङले उत्कृष्ट अङ्क लिएर पास गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्दा अध्ययनमा रुची बढेर जाने विश्वास गरे ।  कार्यक्रममा सम्मानित अनिता जैसीले गाउँकै विद्यालयमा अध्ययन गरेर गाउँपालिकामा नै उत्कृष्ट अङ्क लिएर पास हुँदा खुशी व्यक्त गरिन् । गतवर्ष कक्षा १२ को वार्षिक परीक्षामा मेश्रोम बराहबाट ३३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमा अनिताले गाउँपालिका भित्र नै उत्कृष्ट अङ्क लिएर उत्तिर्ण भएकी हुन् ।  सोही अवसरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांगितिक कार्यक्रम समेत आयोजना गरेका थिए ।  कार्यक्रम कक्षा १२ का विद्यार्थी लक्ष्मी ल्वाइगुनको अध्यक्षता, प्रमिला क्षेत्रीको स्वागत र विद्यार्थी राजेश गुरुङ, स्वेता विकको सञ्चालनमा सम्पन्न भएको थियो ।      

गण्डकी:     पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको छ । समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एसियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापानमार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ ।  यसबाट विश्वविद्यालयलाई विश्वव्यापीरूपमा विद्यार्थी, अनुसन्धानकर्ता र शैक्षिक संस्थाबीच कम्प्युटेसनल नेटवर्क स्थापित गर्न बाटो खुलेको छ । यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्तालाई उन्नत अनुसन्धान र शिक्षाको विकासलाई गति दिन आवश्यक पर्ने तथ्याङ्क हासिल गर्न सहज हुने विश्वास लिइएको छ । साथै एनआरइएनमा आबद्धतापछि विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई उनीहरूको आफ्नैबाहेक राष्ट्रिय–अन्तर्राष्ट्रिय भ्रमण गर्दा इडुरोम वाइफाई इन्टरनेट पहुँच रोमिङ सेवा प्राप्त हुनेछ । विश्वविद्यालयमा अनुसन्धान तथा शिक्षा नेटवर्क सञ्चालनका लागि निकट भविष्यमा एक सूचना तथा सञ्चार प्रविधि ९आइसिटी० केन्द्र स्थापना गर्ने पोखरा विश्वविद्यालयको लक्ष्य रहेको उपकुलपति प्रा डा अर्यालले बताउनुुभयो । कार्यक्रममा एनआरइएनका अध्यक्ष अमात्य, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्रा डा अमर नागिला, विज्ञान तथा प्रविधि सङ्कायका निमित्त डीन प्रा डा माधवप्रसाद कोइराला, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा नमराज धामी, एनआरइएनका कार्यकारी निर्देशक डा राजन पराजुलीलगायतले समझदारीसँगै उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्कमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताउनुुभयो ।

काठमाडौं:    नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज (शनिबार) जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्त्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् । विद्यालय शिक्षासम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासङ्घले यही असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो । असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो ।

काठमाडौं: आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।   सरकारले हालै ल्याएको बिद्येयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब सो बिधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।   गत असोज ३ गते देखि देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेपछि राजधानीको दैनिकी अस्तब्यस्त बन्न पुगेको छ ।   यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ ।    जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सवारी आबातजावत रोकिएको थियो ।    उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाड्ने अडान लिएपछि सरकार अप्ठयारोमा परेको छ ।   आज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभावित हुने भएका छन् । 

काठमाडौँ:   शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।    विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।    नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।   नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।   आन्दोलनको पहिलो दिन हिजो  ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।

पोखरा:    शिक्षा सेवी स्व. नारायण सिग्देलको स्मृतिमा पोखरा ८ सिमलचौरमा रहेको श्रीराम आधारभुत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना भएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो । सिग्देलकी श्रीमती हरीमाया सिग्देल र छोरा डा. यज्ञराज सिग्देलले १ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । सोही विद्यालयका सस्थापक प्रधानध्यापक रहेका स्व. नारायण सिग्देले विद्यालयमा ३० वर्ष सम्म अध्यापन गराएका थिए । अक्षयकोषका लागि विद्यालयका प्रधानध्यापक तिर्थराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति चालिसे, पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगाएतलाई हरीमाया सिग्देल र डा.यज्ञराज सिग्देलले १ लाख रुपैयाका चेक हस्तान्तरण गरे । १ लाख रुपैयाबाट आएको व्यजबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने विद्यालयक प्रधानध्यापक न्यौपानेले बताए ।  

काठमाडौं:    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ ।  विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ। यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका  विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पूरानो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसलाई पोखराको गौरवको विषय भएको बताएका छन् ।  पृथ्वीनारायण क्याम्पसको ६४ औं वार्षिकोत्सवको समारोहलाई सम्बोधन गर्दै मेयर आचार्यले यस्तो अभिव्यक्ति दिएका हुन् ।  उनले पृथ्वीनारायण क्याम्पसमा पोखराका केही क्याम्पस गाभेर विश्वविद्यालय बनाउने लक्ष्य सफल नभए पनि क्याम्पस विश्वविद्यालय सरह नै रहेको बताए ।    ‘पोखराको पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय सरहको रुपमा रहेको छ, क्याम्पसलाई पोखराको गौरवको विषयमा अगाडि बढाउनुपर्छ’, मेयर आचार्यले भने, ‘पोखरा भन्दा बित्तिकै पृथ्वीनारायण क्याम्पसको नाम आउँछ, कतिले यसलाई ध्यान दिदैनन्, सबैले ध्यान दिने गरी समाजको सबै क्षेत्रमा पुग्ने गरी क्याम्पसको विकासमा सधै साथ रहनेछ ।’ महानगरको कार्यक्षेत्रमा विद्यालय बाहेक कलेजहरुमा काम गर्न नमिल्ने बताउँदै मेयर आचार्यले अध्ययन अनुसन्धानमा सहकार्य गर्न नीति तथा कार्यक्रममा बजेट बिनियोजित गरेको बताए ।  उनले पृथ्वीनारायण क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा स्पष्ट रहन आवश्यक रहेको बताए । ‘पोखरामा दुईवटा विश्वविद्यालय स्थापना भइसकेका छन्, अन्य क्याम्पसले भन्दा पिएन क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा क्याम्पस स्पष्ट हुन आवश्यक ।’ उनले भने ।  क्याम्पसबाट पास भएकाले विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञान मात्र हुने भएकाले प्रयोगात्मक ज्ञान कम हुँदा दक्ष जनशक्ति उत्पादनमा असर परेकाले यसमा पनि क्याम्पसले दिन आवश्यक रहेको मेयर आचार्यले बताए । आफुले प्राप्त गरेको सफलताको पहिलो खुड्लिा क्याम्पस भएकाले क्याम्पस प्रति सधै ऋणी रहेको मेयर आचार्यको भनाई छ ।  यस्तै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.सरोज कोइरालाले नेपाल सरकारले त्रिविका शिक्षक ÷कर्मचारीको तलब बाहेक अन्य शिर्षकमा अनुदान रकम नदिँदा त्रिविलाई आर्थिक भार परिरहेको बताए ।  ‘नेपाल सरकारले त्रिविका शिक्षक÷कर्मचारीको तलव बाहेक निवृत्तिभरण,सञ्चयकोष र दक्षता अभिवृद्धि भत्ता शिर्षकमा कुनैपनि अनुदान दिँदैन’, कोइरालाले भने, ‘यही शिर्षकमा सरकारबाट प्राप्त हुने सुविधा नआउँदा त्रिविलाई वार्षिक करिव ४/५ अर्बको आर्थिक भार परिरहेको छ ।’ उनले त्रि।विबाट यस क्यामपसमा स्वीकृत केन्द्रीय दरबन्दीमा कार्यरत शिक्षक÷कर्मचारीको तलबभत्त मात्र अनुदान स्वरुप आउने र आन्तरिक स्रोतबाट नियुक्त भएका शिक्षक कर्मचारीहरुलाई आन्तरिक स्रोतबाट नै व्यवस्थाप मिलाउनुपर्ने समस्या रहेको सुनाए ।    क्यूएए प्राप्त शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसमा गत आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको तथ्याङ्क अनुसार स्नातक र स्नातकोत्तर तहमा ११ हजार ६ सय ८४ जना विद्यार्थीहरु रहेको क्याम्पसले जनाएको छ ।  वार्षिकोत्सवको अवसरमा आयोजित कविता लेखन प्रतियोगितामा सागर पनेरु प्रथम, गीता आचार्य द्धितीय र शारदा आचार्य तृतीय भएकी थिईन् । उनीहरुलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो ।  यस्तै वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडको CSR अन्तर्गतको छात्रवृत्ति संजिव जि।टी, मुक्तिध्वज सूर्यकुमारी जोशी जेहेन्दार शिक्षा पुरस्कार विनिता बराल, बालगोपाल÷भागिरथी अमात्य छात्रवृत्ति कोष पुरस्कार, एमएडका संदिप बस्याल र क्षितिज थापा र एमतर्फ मंदिप श्रेष्ठ र समिरा बाटाजुलाई प्रदान गरिएको छ ।  यस्तै कृष्ण भारती छात्रवृत्ति कोष पुरस्कार स्नातक तहमा अध्ययनरत आयुष भट्टराई र टिकाकुमारी क्षेत्री, स्नातकोत्तर तहतर्फ बिमल पराजुली र अनिषा रिमाल र डिल्लु प्रसाद सापकोटा स्मृति पुरस्कारबाट मानविकी स्नातकोत्तर तर्फ विशाल रेग्मी र मिलनकुमारी नेपालीलाई प्रदान गरिएको थियो ।