गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम
पाेखरा | पुस २०, २०८०

पोखरा: कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् ।
२१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता भएको हो । पोखराको वगरमा बिहिबार आयोजित खुल्ला प्रतियोगितामा अमरसिं मावि पोखराकी लिनीमा रेग्मी द्धितीय, बेनी सामुदायिक मावि, बेनीका अभिषेक पौडेल तृतीय र जलकुमारी मावि गोरखाका राजेन्द्र वि.क. सान्त्वना हुन सफल भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगिले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया र प्रमाणपत्र पाए ।
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेल, कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले नगद र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै मन्त्रालयका सचिव पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण शुरुमा घर परिवारबाटै सकरात्मक हुनुपर्नेमा जोड दिए । उनले सरकारले सरोकारवालासँग नियमति छलफल गरिएको जानकारी दिए । कास्की नेत्रहिन संघका अध्यक्ष सापकोटाले आगामी वर्ष प्रदेश सरकारकै पहलमा दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले कास्की नेत्रहिन संघको भवनमा रहने गरि प्रदेश स्तरीय ब्रेल प्रेस स्थापना गर्न माग गरे ।
संघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष सुनिता ज्ञवाली, कार्यक्रम संयोजक प्रमोद दाहाल लगायतले बोलेका थिए । प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाका मावि तहका १३ विद्यालयका २३ प्रतियोगिले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरुमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरु अर्जुन सुवेदी, सकुन्तला पंगेनी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा थिए । नेपाल दृष्टिविहिन कल्याण संघ र नेपाल नेत्रहिन संघको स्थापनापछि नेपालमा ब्रेल दिवस मनाउन थालिएको हो ।
पोखरा: पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । दिउँसो १ः५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्नेच्युडको भूकम्प गए...
काठमाडौं: आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलम...
पोखरा: पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गा निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ । निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी क...