जानकीका विद्यार्थीलाई ईक्रा फाउण्डेशनको सहयोग

पाेखरा | माघ १५, २०८२

जानकीका विद्यार्थीलाई ईक्रा फाउण्डेशनको सहयोग

पोखरा:  जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण गरेको हो ।
    

विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला,इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, प्रधानाध्यापक अर्जुन कडेल लगायतले विद्यार्थीलाई नगद वितरण गर्दै रकमको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । 
    

प्रत्येक कक्षाका दुई जनाका दरले आर्थिक सहयोग गरिएको कार्यक्रममा विद्यार्थीहरुले प्राप्त रकम आवश्यक शैक्षिक सामाग्री खरिदमा लागनी गर्ने विश्वास व्यक्त गरेका थिए । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।
    

सो संस्थाले पोखरा १७ दोविल्लामा मदसा(विद्यालय) संञ्चालनका लागि आवश्यक जग्गा खरिद गरेर भौतिक संरचना निर्माण गरिरहेको छ । विद्यालयमा नेपाली, अग्रेजी सहित मुस्लिम भाषाको पढाई हुने फाउण्डेशनका अध्यक्ष शेर जहारिले जानकारी दिनुभयो ।
    
     
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्